महेन्द्र सिंह मंगलबार, भाद्र २९, २०७८

बाँके । राष्ट्रिय निकुञ्ज बाँके क्षेत्रमा रातको समयमा पैदल साइकल मोटरसाइकलमा यात्रा गर्न रोक लगाइएको छ ।

पूर्व पश्चिम राजमार्ग अन्तर्गत् निकुञ्जको कोहलपुर-शिवखोला सडकखण्डमा अर्को सूचना जारी नहुँदासम्म मंगलबार ७ बजेदेखि विहान ६ बजेसम्म पैदल, साइकल र मोटरसाइकलमा यात्रा गर्न बन्द गरिएको बाँके प्रशासनले जनाएको छ ।

त्यस्तै अन्य समयमा पनि निकुञ्जद्वारा तय गरिएको व्यवस्था अनुसार सुरक्षित यात्रा गर्न भनिएको छ । केही दिन यता निकुञ्जको सिक्टा-कुसुम सडकखण्डमा पाटेबाघको चहलपहल बढिरहेकाले सुरक्षित साथ बस्न प्रशासनले आग्रह गरेको छ ।

यसैगरी बाघ बस्तीमा पस्न सक्ने र आक्रमण गर्ने जोखिम रहेकाले आम नागरिकको सुरक्षाका लागि निकुञ्जमा तैनाथ अर्जुनबाण गणका सुरक्षाकर्मी, नेपाल प्रहरी र हात्ती सहितको प्राविधिक टोलीबाट नियमितरुपमा पाटेबाघको निगरानी गरिँदै आएको जिल्ला प्रशासन बाँकेले जनाएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]