Sidha Patra बिहिबार, भाद्र २४, २०७८

कैलाली । व्यापारीसँग धम्काएर पैसा लिएको आरोपमा कञ्चनपुरमा दुई जना पत्रकार पक्राउ परेका छन् । नाइस टेलिभिजका रिपोर्टर वताउने गोबिन्द बिसी र सन्तोष भट्टलाई व्यापारीसँग बार्गेनिङ गरेर २५ हजार रुपैया लिएको आरोपमा कञ्चनपुर प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुले महेन्द्रनगरको साई मोवाईल केयरका सञ्चालक अवदेश श्रीवास्तवलाई धम्काएर २५ हजार रुपैया लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

त्यस्तै उनीहरुले मोवाईल ग्यालरीबाट पैसा नदिएरै दुई ओटा पावर बैंक समेत लगेको प्रहरीले जनाएको छ । ‘व्यापारीले बताएपछि हामीले उहाँलाई नियन्त्रणमा लिएका हौं ’ , जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सिद्धराज न्यौपाले बताए ’ पसल दर्ता भए/नभएको छानबिन गर्न आएको भन्दै उनीहरुले पैसा मागेको प्रहरीले जनाएको छ ।उनीहरुले बार्गेनिङ्ग सहित रकम लिएको सिसिटिभि क्यामेरामा समेत कैद भएको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]