Sidha Patra आइतबार, भाद्र २०, २०७८

काठमाडौं । संसदको शिक्षा तथा स्वास्थ्य समितिले सामुदायिक विद्यालयमा अध्ययन गरेका विद्यार्थीलाई चिकित्सा शिक्षा आयोगले दिने छात्रवृत्ति उपलब्ध गराउन निर्देशन दिएको छ ।

आइतबार बसेको समितिको बैठकले आयोगलाई चिकित्सा शिक्षा ऐनले व्यवस्था गरेअनुसार छात्रवृत्ति उपलब्ध गराउन निर्देशन दिएको हो ।

समितिकी सभापति जयपुरी घर्तीले चिकित्सा शिक्षा ऐनले व्यवस्था गरे अनुसार आयोगले सामुदायिक विद्यालयमा अध्ययन गरेका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न निर्देशन दिएकी हुन् ।

आयोगका उपाध्यक्ष डा श्रीकृष्ण गिरीले ऐन अनुसार विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराइएको बताए । उनले भने ‘ऐनले व्यवस्था गरे अनुरुप नै छात्रवृत्ति प्रदान गरिएको छ ।’ ऐनले कक्षा ६ देखि १० कक्षासम्म सामुदायिक विद्यालयमा अध्ययन गरेका हुनुपर्ने व्यवस्था गरेको छ ।

पूर्व शिक्षामन्त्री एवं समिति सदस्य गिरिराजमणि पोखरेलले छुट्र्याएको सिट र उत्तीर्ण संख्याबिच धेरै अन्तर देखिएकोले गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने बताए ।

चिकित्सा शिक्षा आयोगले वार्षिक विभिन्न २९ समूहमा २ हजार १७२ जनालाई छात्रवृत्ति प्रदान गर्दै आएको छ । आयोगले कुल सिट संख्या ८ हजार २५१ जना रहेको छ । आयोगले एकीकृत प्रवेश परीक्षामा उत्तीर्ण भएका विद्यार्थीलाई मेरिटका आधारमा छात्रवृत्ति प्रदान गर्दै आएको छ ।अनलाइनखबर

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]