सागर थापा आइतबार, भाद्र १३, २०७८

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेमा एसपी श्याम कृष्ण अधिकारी आएको २ महिनामा चोरी तस्करी नियन्त्रणमा १ करोड ४० लाख राजस्व राज्यलाई उपलब्ध भएको र दोषी नउम्कियोस् र निर्दोषले अनाहकमा कहिल्यै पनि सजाय नपाओस् भन्ने सोचका साथ काम गर्ने एसपी अधिकारीले बाँकेमा सक्रियता बढाएका छन् ।

नेपाल प्रहरीमा अब्बल प्रहरी अधिकारीको छवि बनाएका एसपी अधिकारीले बाँकेमा अपराधी पक्राउ गर्नेदेखि अन्य सफलता हासिल गर्ने प्रयासमा छन् । गलत कार्य गर्ने जो कोही भएपनि कसैलाई नछोड्ने एसपी अधिकारी बाँकेमा आएदेखि राम्रो कार्यको सुरुवात गर्दै आएका छन् । बाँके प्रहरी प्रमुखको कमाण्ड सम्हालेको दुई महिना नपुग्दै उनले अपराधीदेखि सजाय पाएर फरार अभियुक्तहरुलाई धमाधम पक्राउ गर्दै आएका छन् । एसपी अधिकारीले भारतबाट अवैध रुपमा बाँके ल्याउने तस्करीका सामाग्री बरामदका साथै तस्करहरुलाई समेत पक्राउ गर्दै आएका छन् ।

एसपी अधिकारीको कमान्डले बाँकेको कोहलपुर हत्या (बलाइन्ड मर्डर)जस्ता जघन्य अपराध गर्ने अपराधीलाई छोटो समयमै पत्ता लगाएर पक्राउ गर्न सफल भएका छन् । चाहे हतियारधारी अपराधी हुन् यात जंगली जनावरका अङ्ग तस्करहरु हुन् उनले हतियार र जनावरका अङ्ग सहित अपराधीलाई पक्राउ गर्न सफल बनेका छन् ।

एसपी अधिकारीले लागू औषध निस्तेज पार्न सबै प्रहरी कार्यालयलाई कडा आदेश दिएपश्चात् लागू औषध बरामद देखि कारोबारी र प्रयोगकर्ता धमाधम पक्राउ पर्दै आएका छन् । यतिमात्रै हैन, नेपालगन्जबाट चोरी भएका मोटरसाइकलहरु फेला पारी एसपी अधिकारीले सम्बन्धित सवारीधनीलाई बुझाउँदै आएका छन् । आफ्नो कार्यकाल बाँकेलाई अपराध मुक्त पार्ने सोच बनाएका एसपी अधिकारीले भर्खरै मात्र सन्ते भन्ने बसन्त रावतसहित तीन जनालाई पक्राउ गर्न सफल भएका छन् । एसपी अधिकारी आएदेखी बाँकेमा अपराधी पक्राउ होस् चाहे अवैध सामाग्री बरामद होस् ,बाँके प्रहरीले हरदिन सफल काम गर्दै गएको छ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]