Sidha Patra बिहिबार, साउन २८, २०७८

बुटवल । कुलप्रसाद केसी नेतृत्वको लुम्बिनी प्रदेश सरकारले क्यान्सर, मिर्गौला प्रत्यारोपण र मुटुको भल्भ फेर्नुपर्ने बिरामीहरुलाई उपचारका लागि दुई लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ ।

नवनियुक्त मुख्यमन्त्री केसीको अध्यक्षतामा बसेको पहिलो मन्त्रिपरिषद् बैठकले क्यान्सर, मिर्गौला प्रत्यारोपण र मुटुको भल्भ फेर्नुपर्ने बिरामीलाई हाल पाइरहेको सुविधाका अतिरिक्त प्रदेश सरकारको तर्फबाट थप दुई लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो ।

बैठकले मातृ मृत्युदर कम गर्न लुम्बिनी प्रदेशका स्थानीय तहको मागको आधारमा एक एक वटा पोर्टेवल अल्ट्रासाउन्ड मेसिनसहित तालिमप्राप्त नर्सको उपलब्ध गराउने निर्णय पनि गरेको मन्त्री कृष्णध्वज खड्काले जानकारी दिए ।

मन्त्रिपरिषद बैठकले लुम्बिनी प्रदेश सरकार (कार्यसम्पादन पहिलो संशोधन) नियमावली २०७८ स्वीकृत गरेको छ ।

यस्तै कोभिड १९ का बिरामीको तत्काल उद्दार गर्न हटलाइन र सवारी साधन एम्बुलेन्सको व्यवस्था गर्ने र सो को खर्च प्रदेश सरकारले व्यहोर्ने निर्णय पनि गरेको छ । यसैगरी कोरोना प्रभावित क्षेत्रमा घुम्ती शिविरमार्फत एन्टिजेन टेष्टको व्यवस्था गरी कोभिड प्रभावितको उपचार र उद्दार गर्ने पनि निर्णय गरेको छ । यसैगरी कोभिड १९ विरुद्धको खोप वितरण प्रणालीलाई प्रभावकारी बनाई प्रदेशबासी जनतालाई खोपको सुनिश्चिता गर्न विशेष व्यवस्था गर्ने निर्णय भएको मन्त्री खड्काले बताए ।

बैठकले सरकारको प्रवक्तामा कृष्णध्वज खड्कालाई चयन गरेको छ । यसैगरी मुख्यमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा अम्मरबहादुर डाँगीलाई नियुक्त गर्ने निर्णय भएको सरकारका प्रवक्ता खड्काले बताए । नेकपा एमालेका तत्कालिन सांसद डाँगीले गत वैशाखमा पदबाट राजीनामा दिएका थिए । अनलाइन खबरबाट

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]