
Rus
jmb
Gsbus
Rg-9
gms
Ddh
Ppu
Bpb
jms
smb
sks
Asm
Sys
Ssbus

cks
Rys
Ln2
Asm
bmj
Ssb
Tsb
Ln7
Sbs
bml
Dps
Hl1
Gg5
kbs
Ln8
Gsb
Usb
Gg1
Ln9
Ln3

Sml
Nps
Rgu
Jab
Sbs
Gg4
Ksb
Gg2
Jpb
Bpb
Gjl
ptl
Gg6
Rss
Gg3
Snk
Sab
काठमाडौं । २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) नतिजा प्रकाशन भएको छ । राष्ट्रिय परीक्षा बोर्डले शनिबार एसईईको नतिजा सार्वजनिक गरेहको हो । कोरोना महामारीका कारण भौतिक रुपमा परीक्षा गराउन सम्भव नभएपछि एसईईको नतिजा आन्तरिक मूल्याङ्कन मार्फत गरिएको थियो ।
विद्यालयको आन्तरिक मूल्यांकनलाई नै प्रमाणीकरण गरेर नतिजा सार्वजनिक गरिएको हो । विद्यालयको प्रमाणीकरणलाई विश्लेषण गर्न बोर्डले आवश्यक नठानेकाले जीपीएमा हेरफेर नगरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। त्यस्तै नतिजा हेर्नको लागि एसईई लेखेर एक स्पेस दिएर सिम्बोल नम्बर लेखि ३४९४९, ३१००३ र ३५००१ मा एसएमएस गर्न सकिने छ ।
त्यस्तैगरी अन्य विभिन्न माध्यमहरुबाट पनि नतिजा हेर्न सकिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । जसमा बोर्डको वेबसाइट र आईभीआर प्रयोग गर्न सकिने छ ।
त्यसका लागि www.see.gov.np, www.neb.gov.np, www.theconnectplus.com, www.see.edusanjal.com, www.see.ntc.net.np मा गएर त्यहाँ दिएको निर्देशन अनुसार नतिजा हेर्न सकिने छ ।
