
Ppu
Rg-9
Sys
Ssbus
jms
Asm
smb
Gsbus
gms
jmb
Bpb

Tsb
Ln2
Ln3
cks
Ln1
Asm
Usb
Hl1
Gg5
Ln9
Sbs
bmj
Ln7
Rys
kbs
Ssb
Gg1
Dps
Gsb
Ln8

Sml
Snk
Rgu
Nps
Jpb
Rss
Sab
ptl
Jab
Ksb
Sbs
Gg3
Gjl
Bpb
Gg2
Gg4
Gg6
बर्दिया । प्रहरीले गत आर्थिक वर्षमा लागू औषध कारोबारको मुद्दामा २७ मुद्दा दर्ता गरी ३८ जनालाई नियन्त्रणमा लिएर मुद्दा चलाएको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी प्रमुख एसपी ईश्वर कार्कीले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०७७/२०७८ मा दर्ता भएका लागू औषध कारोवारका मुद्दामा ३८ जनालाई नियन्त्रणमा लिएको हो ।
प्रहरीले गत आर्थिक वर्षमा गाँजा ४ किलो १ सय ५३ ग्राम, चरेश ५ किलो ६ सय ९६ ग्राम, अफिम २६ किलो ५ सय ग्राम, ब्राउन सुगर ५७ ग्राम ८० मिलिग्राम, नाईट्रोभ्याट ट्याबलेट ७ सय ४८ वटा नियन्त्रणमा लिएको जनाएको छ ।
बर्दिया प्रहरीले चालु आर्थिक वर्षको १५ दिन मै १९ नाईट्रोभ्याट ट्याबलेट, बा्राउन सुगर २ ग्राम २ सय ८० मिलिग्राम सहित ४ वटा मुद्दामा ६ जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।
एसपी कार्कीले लागूऔषध समाजलाई अध्यारो तिर धकेल्ने भएकोले बर्दिया प्रहरीले विषेश प्राथामिकतामा राखेर यसको निस्तेज र निर्मूल पार्न विषेश अभियान सञ्चालन गर्दै आएको एसपी कार्कीले बताए ।
