टेकबहादुर पुन शुक्रबार, साउन ०८, २०७८

दाङ । लमही नगरपालिकाले आर्थिक बर्ष २०७७/७८ मा कुल बजेटको ५८.१९ प्रतिशत रकम विभिन्न योजनामा खर्च गर्न सफल भएको छ ।

आर्थिक बर्ष २०७७/७८ को चालू र पुजिगत गरि ९९ करोड ७ लाख ४८ हजार २ सय ९६ रूपैया मध्यबाट ५७ करोड ६६ लाख ५ सय ६७ रूपैया ८३ पैशा खर्च गर्न सफल भएको हो ।

लमही नगरपालिकाले बिहिबार आयोजना गरेको सार्बजनिक सुनुवाई कार्यक्रममा बार्षिक प्रगती बिवरण प्रस्तुत गर्दै प्रमुख प्रशासकिय अधिकृत गेहेन्द्र बहादुर डाँगीले ८ करोड ४१ लाख ५४ हजार ९ सय २९ रूपैया ३० पैशा राजस्व सँकलन गर्न सफल भएको जानकारी दिए ।

लमही नगरपालिकाले आर्थिक बर्ष २०७७/७८ मा ११ करोड ६२ लाख ५० हजार रूपैया राजस्व सँकलन गर्ने लक्ष्य लिएको थियो । सँकलित राजस्व लक्ष्यको ७२.३९१ प्रतिसत हो । लमही नगरपालिकाले नदिजन्य पदार्थ उत्खनन्को टेण्डर आह्वान गर्न नसक्दा लक्ष्य अनुसारको सतप्रतिसत राजस्व सँकलनमा चुकेको हो । नगरपालिकाले सबैभन्दा बढी प्राकृतिक स्रोत (नदिजन्य पदार्थ) मा मात्र ६ करोड राजस्व सँकलन गर्ने लक्ष्य लिएको थियो । तर नदिजन्य पदार्थ उत्खनन्का लागि समयमा टेण्डर आह्वान गर्न नसक्दा लक्ष्यमा पुग्न भने सकेन । नगरपालिकाले लक्ष्यको २५ प्रतिसत अर्थात १ करोड ५० लाख ४४ हजार ९ सय ७९ रूपैया मात्र राजस्व सँकलन गरेको छ ।

नगरपालिकाले पुर्बाधार तर्फ ३५ ओटा ठेक्का प्रक्रियाबाट र २ सय १५ ओटा टोलबिकाश सँस्थाबाट सम्पन्न गरेको छ । जसमध्य ६ किलोमिटर लामो सडक कालोपत्रे गर्न सफल भएको छ । त्यस्तै २९ किलोमिटर सडक ग्राभेल, साढे ६ किलोमिटर पक्कि नाला, २८ ओटा कल्भर्ट, एउटा पुल लगायतका थुप्रै योजनाहरु सम्पन्न गरेको छ । नगरपालिकाले स्वास्थ्य, शिक्षा, कृषि, पशुसेवा, महिला तथा बालबालिका, कोभिड-१९, बिपद, सुचना तथा सञ्चार, प्रधानमन्त्री रोजगार, नेपाल शहरी, मुख्यमन्त्री ग्रामिण, लघु उद्दम, भुमि समस्या लगायतका क्षेत्रमा थुप्रै कार्यक्रम सम्पन्न गरेको छ ।

अन्य बर्षहरुमा भन्दा उल्लेख्य नगरबासी उपस्थित भएको सार्बजनिक सुनुवाई कार्यक्रममा नगरबासीले राखेका जिज्ञासा मेटाउदै लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसीले समग्रमा लमही नगरपालिका समृद्द उन्मुख रहेको बताए । नगरबासीको सुझाबलाई आत्मसात गर्दै आगामी बर्षमा अझै सक्रिय रुपमा प्रस्तुत हुने प्रतिबद्दता ब्यक्त गरे । योजना सम्झौता र निकासामा झन्झटिलो भएको नगरबासीको गुणासा प्रती मेयर केसीले सबैभन्दा ग्राभेलमा समस्या भएको महसुस गर्दै अबको योजना सम्पन्न गर्नका निम्ति असोजबाटै नदिजन्य पदार्थको ठेक्का आह्वान गर्ने र काममा सहज वातावरण श्रृजना गर्ने प्रतिबद्दता ब्यक्त गरे । नगरबासीका गुणासा र सुझाबलाई आत्मसात गर्दै सोही अनुरुप अबको योजना तथा कार्यक्रम सम्पन्न गर्ने पनि बताए ।

कार्यक्रमका प्रमुख अतिथी प्रदेश सभा सदस्य रेवती रमण शर्माले देशको समृद्दीका लागि ३ वट‌ै तहहरुले उल्लेख्य काम गरेको बताए । जनप्रतिनिधि बनेर आईसकेपछि देशमा समृद्दीका बाटाहरु खुलेको र सबैको सहकार्यमा विभिन्न क्षेत्रमा उल्लेख्य कामहरु सम्पन्न गर्न सकेको प्रती खुसी ब्यक्त गरे । लमही नगरपालिकाका प्रमुख कुल बहादुर केसीको अध्यक्षता तथा प्रदेश सभा सदस्य रेवती रमण शर्माको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रदेश सभा सदस्य सरस्वती गौतम, उपप्रमुख देबका बेलबासे लगायतका बक्ताले बोलेका थिए । प्रमुख प्रशासकिय अधिकृत गेहेन्द्र बहादुर डाँगीको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सहजिकरण पत्रबार किरण बिक्रम शाहले गरेका थिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]