
Gisld
Gmk
Pbu
Rbs
mbd
Mbdvs
Anm
Sds
Ksm

Sbs
nsb
Rgu
Bbu
Rsb
Tsm
Ksm
Hal
Rgu
Bbbpu
Gst
Ggd
Asm
Sls
Wsp
Pvg
Ssm
Vor
Rgs

Rmb
Jmb
sab
Pls
Bml
Syp
Abd
Ptm
Rpp
Gsb
Jmb
Mks
bbt
दाङ । लमही नगरपालिकाले आर्थिक बर्ष २०७७/७८ मा कुल बजेटको ५८.१९ प्रतिशत रकम विभिन्न योजनामा खर्च गर्न सफल भएको छ ।
आर्थिक बर्ष २०७७/७८ को चालू र पुजिगत गरि ९९ करोड ७ लाख ४८ हजार २ सय ९६ रूपैया मध्यबाट ५७ करोड ६६ लाख ५ सय ६७ रूपैया ८३ पैशा खर्च गर्न सफल भएको हो ।
लमही नगरपालिकाले बिहिबार आयोजना गरेको सार्बजनिक सुनुवाई कार्यक्रममा बार्षिक प्रगती बिवरण प्रस्तुत गर्दै प्रमुख प्रशासकिय अधिकृत गेहेन्द्र बहादुर डाँगीले ८ करोड ४१ लाख ५४ हजार ९ सय २९ रूपैया ३० पैशा राजस्व सँकलन गर्न सफल भएको जानकारी दिए ।
लमही नगरपालिकाले आर्थिक बर्ष २०७७/७८ मा ११ करोड ६२ लाख ५० हजार रूपैया राजस्व सँकलन गर्ने लक्ष्य लिएको थियो । सँकलित राजस्व लक्ष्यको ७२.३९१ प्रतिसत हो । लमही नगरपालिकाले नदिजन्य पदार्थ उत्खनन्को टेण्डर आह्वान गर्न नसक्दा लक्ष्य अनुसारको सतप्रतिसत राजस्व सँकलनमा चुकेको हो । नगरपालिकाले सबैभन्दा बढी प्राकृतिक स्रोत (नदिजन्य पदार्थ) मा मात्र ६ करोड राजस्व सँकलन गर्ने लक्ष्य लिएको थियो । तर नदिजन्य पदार्थ उत्खनन्का लागि समयमा टेण्डर आह्वान गर्न नसक्दा लक्ष्यमा पुग्न भने सकेन । नगरपालिकाले लक्ष्यको २५ प्रतिसत अर्थात १ करोड ५० लाख ४४ हजार ९ सय ७९ रूपैया मात्र राजस्व सँकलन गरेको छ ।
नगरपालिकाले पुर्बाधार तर्फ ३५ ओटा ठेक्का प्रक्रियाबाट र २ सय १५ ओटा टोलबिकाश सँस्थाबाट सम्पन्न गरेको छ । जसमध्य ६ किलोमिटर लामो सडक कालोपत्रे गर्न सफल भएको छ । त्यस्तै २९ किलोमिटर सडक ग्राभेल, साढे ६ किलोमिटर पक्कि नाला, २८ ओटा कल्भर्ट, एउटा पुल लगायतका थुप्रै योजनाहरु सम्पन्न गरेको छ । नगरपालिकाले स्वास्थ्य, शिक्षा, कृषि, पशुसेवा, महिला तथा बालबालिका, कोभिड-१९, बिपद, सुचना तथा सञ्चार, प्रधानमन्त्री रोजगार, नेपाल शहरी, मुख्यमन्त्री ग्रामिण, लघु उद्दम, भुमि समस्या लगायतका क्षेत्रमा थुप्रै कार्यक्रम सम्पन्न गरेको छ ।
अन्य बर्षहरुमा भन्दा उल्लेख्य नगरबासी उपस्थित भएको सार्बजनिक सुनुवाई कार्यक्रममा नगरबासीले राखेका जिज्ञासा मेटाउदै लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसीले समग्रमा लमही नगरपालिका समृद्द उन्मुख रहेको बताए । नगरबासीको सुझाबलाई आत्मसात गर्दै आगामी बर्षमा अझै सक्रिय रुपमा प्रस्तुत हुने प्रतिबद्दता ब्यक्त गरे । योजना सम्झौता र निकासामा झन्झटिलो भएको नगरबासीको गुणासा प्रती मेयर केसीले सबैभन्दा ग्राभेलमा समस्या भएको महसुस गर्दै अबको योजना सम्पन्न गर्नका निम्ति असोजबाटै नदिजन्य पदार्थको ठेक्का आह्वान गर्ने र काममा सहज वातावरण श्रृजना गर्ने प्रतिबद्दता ब्यक्त गरे । नगरबासीका गुणासा र सुझाबलाई आत्मसात गर्दै सोही अनुरुप अबको योजना तथा कार्यक्रम सम्पन्न गर्ने पनि बताए ।
कार्यक्रमका प्रमुख अतिथी प्रदेश सभा सदस्य रेवती रमण शर्माले देशको समृद्दीका लागि ३ वटै तहहरुले उल्लेख्य काम गरेको बताए । जनप्रतिनिधि बनेर आईसकेपछि देशमा समृद्दीका बाटाहरु खुलेको र सबैको सहकार्यमा विभिन्न क्षेत्रमा उल्लेख्य कामहरु सम्पन्न गर्न सकेको प्रती खुसी ब्यक्त गरे । लमही नगरपालिकाका प्रमुख कुल बहादुर केसीको अध्यक्षता तथा प्रदेश सभा सदस्य रेवती रमण शर्माको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रदेश सभा सदस्य सरस्वती गौतम, उपप्रमुख देबका बेलबासे लगायतका बक्ताले बोलेका थिए । प्रमुख प्रशासकिय अधिकृत गेहेन्द्र बहादुर डाँगीको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सहजिकरण पत्रबार किरण बिक्रम शाहले गरेका थिए ।

