शिबराज पन्थी/गढवा आइतबार, साउन ०३, २०७८

दाङ । देउखुरीको गढवा उद्योग बाणिज्य संघले आफ्नो कार्यक्षेत्र गढवा र राजपुर गाउँपालिका क्षेत्रभरका ब्यवसायिहरुलाई कर बुझाउन आन्तरिक राजश्व कार्यालय तुलसीपुरमा धाउनु नपर्ने गरि शिविर संचालन गर्न थालेको संघका अध्यक्ष खिमबहादुर बुढामगरले जानकारी दिनु भयो । त्यस्तै संघको हालै सम्पन्न बैठकले राजपुरको गंगदी र जंग्रहवा,गढवाको सभाहल,कालाकाटे चोंक र पचहिया बजारमा यहि साउन ८ गतेदेखि १० गतेसम्म कर शिविर संचालन गर्ने निर्णय गरेको संघले जनाएको छ ।

यस्तै कोभिड महामारीको चपेटामा परेका ब्यवसायिहरुलाई नेपाल सरकारले यसबर्ष आयकरमा ९० प्रतिशत छुट दिने भएको छ । सोही बमोजिम गढवा उद्योग बाणिज्य संघले पनि नयाँ ब्यवसाय दर्तामा ५० प्रतिशत छुट गरि ६ सय ५५ कायम गरेको छ भने नविकरणमा केहि प्रतिशत छुट गरि रु २ सय कायम गरेको छ ।

त्यसैगरी करचुक्ताका लागि १ सय कायम गरिएको र कर चुक्ता  ल्याउनका लागि मोबाइल नम्बर र इमेल आइडी अनिवार्य गरेको छ । इमेल आइडी भएमा अनलाईनकै माध्यमबाट गढवामै कर चुक्ता निकाल्न सकिने ब्यवस्था कर कार्यालयले गरिदिएको संघले जनाएको छ । यसबर्षदेखि गढवा उद्योग बाणिज्य संघले दाङ जिल्ला उद्योग बाणिज्यले जस्तै ब्यवसायिक सुरक्षा कोष स्थापना गर्ने निर्णय गरि सकेको संघका अध्यक्ष बुढा मगरले जानकारी दिनु भयो ।

यसैगरी कर शिविर संचालन गर्दा सबै ब्यवसायिहरुबाट रु १ सय लिइने र जिल्ला उद्योग बाणिज्य संघ, निवर्तमान अध्यक्ष रविलाल आचार्य लगायत कार्यसमितिका केहि साथीहरुबाट झण्डै ९२ हजार रुपियाँ बोलकबोल भै सकेको संघले जनाएको छ । शुरक्षा कोष स्थापना गरि कार्यबिधि बनाएर अलग बैंकमा खाता संचालन गरिने र ब्यवसायीहरुलाई भैपरिआइपर्ने प्रकोपका समस्याहरुमा सहयोग गरिने संघले अबधारणा बनाएको बताइएको छ ।

त्यस्तै संघको बैठकले कोभिड महामारीको चपेटामा परेका ब्यवसायिहरुलाई सटर भाडामा छुट दिन गाउँपालिका,जनता माबि र अन्य सरोकारवाला निकायहरुलाई सार्वजनिक रुपमा अनुरोध गर्ने निर्णय समेत गरेको अध्यक्ष खिमबहादुर बुढा मगरले जानकारी दिनु भएको छ । संघले गढवा र राजपुरका मुख्य बजार क्षेत्रहरुमा सडक बत्ति र गढवा बजार क्षेत्रमा सिसी टिभी क्यामरा जडानका लागि सरकारका निकायसंग समन्वय गर्ने र अनुरोध समेत गर्ने निर्णय गरेको छ भने कार्यक्षेत्रका बजार क्षेत्रहरुमा ब्यवसायिहरुको सुरक्षाको प्रत्याभूत हुनेगरि इलाका प्रहरी कार्यालयलाई मोवाइल गस्ति बढाउन अनुरोध समेत गरेको संघका बाणिज्य उपाध्यक्ष ओंमप्रकाश बस्यालले जानकारी दिनु भएको हो ।

यसैगरी कर शिविर यहि साउन ८ गते बिहान १० देखी १२ बजेसम्म राजपुरको जंग्रहवा चौंकमा तथा दिउसो १ देखि ५.३० बजेसम्म गंगदीमा, ९ गते शनिवारका दिन संघको सभाहल गढवामा बिहान ११ देखि साढे ५ बजेसम्म र १० गते बिहान ९ देखी २ बजेसम्म कालाकाटे तथा ३ बजेदेखि ५.३० बजेसम्म पचहियाको पुतलीबजारमा संचालन गरिने कार्यतालिका तयार भै जिम्मेवारी समेत बाँडफाँड भएको संघले जनाएको छ । कर बुझाउन आँउदा ब्यवसायिहरुले अन्तशुःल्कमा दर्ता गरेको भए सो को सक्कल,आयकर मात्र भएमा पान नम्बरको प्रमाण वा गतबर्ष कर बुझाएको प्रमाण ल्याउनुपर्ने बताइएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]