
nsm
ssbus
Ssbus
Ssbus
Gsl
Sssbus1
Sssbus1
Pbu
Ssbus
tssbus

Tsm
Rgu
Wsp
Pvg
Sbs
Asm
Hal
Rgs
Bbbpu
Sls
nsb
Ssm
Vor
Gst
Bbu
Ksm
Rsb
Ggd
Rgu

Bml
Rmb
Jmb
Abd
Jmb
Ptm
Pls
Syp
Gsb
Rpp
Mks
sab
bbt
दाङ । देउखुरीको गढवा उद्योग बाणिज्य संघले आफ्नो कार्यक्षेत्र गढवा र राजपुर गाउँपालिका क्षेत्रभरका ब्यवसायिहरुलाई कर बुझाउन आन्तरिक राजश्व कार्यालय तुलसीपुरमा धाउनु नपर्ने गरि शिविर संचालन गर्न थालेको संघका अध्यक्ष खिमबहादुर बुढामगरले जानकारी दिनु भयो । त्यस्तै संघको हालै सम्पन्न बैठकले राजपुरको गंगदी र जंग्रहवा,गढवाको सभाहल,कालाकाटे चोंक र पचहिया बजारमा यहि साउन ८ गतेदेखि १० गतेसम्म कर शिविर संचालन गर्ने निर्णय गरेको संघले जनाएको छ ।
यस्तै कोभिड महामारीको चपेटामा परेका ब्यवसायिहरुलाई नेपाल सरकारले यसबर्ष आयकरमा ९० प्रतिशत छुट दिने भएको छ । सोही बमोजिम गढवा उद्योग बाणिज्य संघले पनि नयाँ ब्यवसाय दर्तामा ५० प्रतिशत छुट गरि ६ सय ५५ कायम गरेको छ भने नविकरणमा केहि प्रतिशत छुट गरि रु २ सय कायम गरेको छ ।
त्यसैगरी करचुक्ताका लागि १ सय कायम गरिएको र कर चुक्ता ल्याउनका लागि मोबाइल नम्बर र इमेल आइडी अनिवार्य गरेको छ । इमेल आइडी भएमा अनलाईनकै माध्यमबाट गढवामै कर चुक्ता निकाल्न सकिने ब्यवस्था कर कार्यालयले गरिदिएको संघले जनाएको छ । यसबर्षदेखि गढवा उद्योग बाणिज्य संघले दाङ जिल्ला उद्योग बाणिज्यले जस्तै ब्यवसायिक सुरक्षा कोष स्थापना गर्ने निर्णय गरि सकेको संघका अध्यक्ष बुढा मगरले जानकारी दिनु भयो ।
यसैगरी कर शिविर संचालन गर्दा सबै ब्यवसायिहरुबाट रु १ सय लिइने र जिल्ला उद्योग बाणिज्य संघ, निवर्तमान अध्यक्ष रविलाल आचार्य लगायत कार्यसमितिका केहि साथीहरुबाट झण्डै ९२ हजार रुपियाँ बोलकबोल भै सकेको संघले जनाएको छ । शुरक्षा कोष स्थापना गरि कार्यबिधि बनाएर अलग बैंकमा खाता संचालन गरिने र ब्यवसायीहरुलाई भैपरिआइपर्ने प्रकोपका समस्याहरुमा सहयोग गरिने संघले अबधारणा बनाएको बताइएको छ ।
त्यस्तै संघको बैठकले कोभिड महामारीको चपेटामा परेका ब्यवसायिहरुलाई सटर भाडामा छुट दिन गाउँपालिका,जनता माबि र अन्य सरोकारवाला निकायहरुलाई सार्वजनिक रुपमा अनुरोध गर्ने निर्णय समेत गरेको अध्यक्ष खिमबहादुर बुढा मगरले जानकारी दिनु भएको छ । संघले गढवा र राजपुरका मुख्य बजार क्षेत्रहरुमा सडक बत्ति र गढवा बजार क्षेत्रमा सिसी टिभी क्यामरा जडानका लागि सरकारका निकायसंग समन्वय गर्ने र अनुरोध समेत गर्ने निर्णय गरेको छ भने कार्यक्षेत्रका बजार क्षेत्रहरुमा ब्यवसायिहरुको सुरक्षाको प्रत्याभूत हुनेगरि इलाका प्रहरी कार्यालयलाई मोवाइल गस्ति बढाउन अनुरोध समेत गरेको संघका बाणिज्य उपाध्यक्ष ओंमप्रकाश बस्यालले जानकारी दिनु भएको हो ।
यसैगरी कर शिविर यहि साउन ८ गते बिहान १० देखी १२ बजेसम्म राजपुरको जंग्रहवा चौंकमा तथा दिउसो १ देखि ५.३० बजेसम्म गंगदीमा, ९ गते शनिवारका दिन संघको सभाहल गढवामा बिहान ११ देखि साढे ५ बजेसम्म र १० गते बिहान ९ देखी २ बजेसम्म कालाकाटे तथा ३ बजेदेखि ५.३० बजेसम्म पचहियाको पुतलीबजारमा संचालन गरिने कार्यतालिका तयार भै जिम्मेवारी समेत बाँडफाँड भएको संघले जनाएको छ । कर बुझाउन आँउदा ब्यवसायिहरुले अन्तशुःल्कमा दर्ता गरेको भए सो को सक्कल,आयकर मात्र भएमा पान नम्बरको प्रमाण वा गतबर्ष कर बुझाएको प्रमाण ल्याउनुपर्ने बताइएको छ ।
