
dpm
Sdc
Snmbs
Mbf
Dbc
Ges
snmbs
rgs
Snmbs
Amb
Pbu
Gesld
Dpm


दाङ । दाङका प्रमुख जिल्ला अधिकारी रामवहादुर कुरुम्बाङले प्रत्येक शुक्रबार लमहीमा पुगेर आफूले सेवा प्रदान गर्ने बताएका छन् । शुक्रवार लमहीमा कार्यकक्ष स्थापना गरी प्रमुख जिल्ला अधिकारीको रुपमा सेवाको शुरुवात गरेका थिए । दाङको भु–बनोटलाई हेरेर सबै क्षेत्रमा प्रमुख जिल्ला अधिकारीको उपस्थिती गराउने उद्देश्यले काम थालिएको उनको भनाई छ ।
‘दाङको भु–बनोट हेर्दा तीन वटा उपत्यका जस्तो मानियो’, उनले भने ‘तुलसीपुर, घोराही र देउखुरी, यी तीनवटै क्षेत्रमा रहेर जनताको सेवामा लाग्नु पर्ने आबश्यकता देखेरे योजना बनाएको हुँ ।’
प्रमुख जिल्ला अधिकारीले सुरक्षा व्यवस्था, विपद व्यवस्थापन, विवाद निरुपण, तीन तहका सरकारबीचको समन्वय लगायतको काम प्राथमिकतामा राख्दै विकास निर्माणका कामलाई समयमै सम्पन्न गर्न पहल थाल्ने प्रतिबद्धता जनाए ।
दाङमा अबैध क्रसरको समस्या यथावत रहेको भन्दै अबैध उत्खनन रोक्न आफ्नो क्षेत्रबाट पहल थाल्ने भन्दै यसमा सबैको सहयोग आवश्यक रहेको उनको भनाई थियो । यस्तै घोराही–तुलसीपुर चार लाइन सडकखण्डको कार्य प्रगित सन्तोषजनक नभएकोले त्यता तर्फ समेत आफ्नो पहल जारी रहने बताए ।
देउखुरी क्षेत्र त्यसै माथि पनि राप्ती पारीको क्षेत्रमा सामान्य नागरिकले समेत सेवाको प्रत्याभुती हुने गरी सेवा दिन आफु लागि रहेको कुरुम्बाङको भनाई छ । नागरिकताको समस्या उस्तै रहेको भन्दै नेपालीले नागरिकता पाउनुपर्ने भन्दै उनले नेपालीले नागरिकता पाउने विषय अधिकारको विषय समेत रहेको बताए ।
त्यस्तै देउखुरीमा स्थायी राजधानी ल्याउने कार्यपनि उत्तिकै प्रथामितामा रहेकाले बुटवलमा रहेका मन्त्रालय स्थायी राजधानी सार्ने विषयमा आफ्नो तर्फबाट गर्नुपर्ने सहजीकरण पनि जारी रहेको उनको भनाइ थियो । ईलाका प्रशासन कार्यालय लमहीमा पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी कुरुम्बाङले पत्रकारलाई आवश्यक पर्ने सूचना सहजै उपलव्ध गराइने समेत प्रतिबद्धता जनाए ।
‘यहाँहरुको आवश्यक पर्ने र दिन मिल्ने सूचना पाउनुहुन्छ र दिनुपर्छ’, उनले भने । ईलाका प्रशासन कार्यालय लमहीका प्रमुख प्रेम खवासको अध्यक्षतामा भएको पत्रकार भेटघाटमा देउखुरी क्षेत्रका पत्रकारको सहभागिता रहेको थियो ।
