
Rus
Ddh
Rg-9
Gsbus
Ssbus
Asm
sks
jmb
gms
smb
Bpb
Sys
jms
Ppu

Dps
cks
Ln2
Ln3
Ln7
bmj
Ln9
Gg1
kbs
bml
Asm
Sbs
Hl1
Gg5
Ssb
Rys
Ln1
Ln8
Tsb
Usb

Rss
Gg6
Jab
Jpb
Sab
Gg3
Sbs
Rgu
Bpb
Sml
Gg2
Ksb
Gg4
Gjl
ptl
Nps
Snk
काठमाडौं । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्य सामान्य दरमा घटाएको छ । मूल्यवृद्धिको विषयलाई लिएर आन्दोलनरत संयुक्त विद्यार्थी संगठनसँगको वार्तापछि मूल्य घटाइएको हो ।
नेपाल विद्यार्थी संघ, अनेरास्ववियु क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल छैटौं मूल्यवृद्धि विरुद्ध आन्दोलित छन् । निगम सञ्चालक समितिको निर्णय बमोजिम बुधबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल तथा डिजलरमट्टीतेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर एक रुपैयाँ मूल्य घटाइएको निगमले जनाएको छ ।
अब पेट्रोल प्रतिलिटर १२८ र डिजल तथा मट्टीतेलको मूल्य १११ रुपैयाँ कायम गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य निरन्तर बढिरहेको र सोको कारणले निगमको लागत बढिरहेकोले निगमको आर्थिक स्थिति उकास्न पेट्रोलियम पदार्थको मूल्यलाई समायोजन गर्दै लानुपर्ने बाध्यतालाई सबै पक्षले बुझ्नुपर्ने निगमले जनाएको छ ।
