Sidha Patra बुधबार, आषाढ ३०, २०७८

काठमाडौं । दोब्बर कर असुल्न खोजेको भन्दै ठेकदारहरूले लमही नगरपालिकामा तालाबन्दी गरेका छन् । तालाबन्दीका कारण कर्मचारीहरु भित्रै थुनिएका छन् ।

लमही नगरपालिकाका वडा नम्बर ६, ७ र ८ नम्बर वडाका सडक ग्राभेल गर्ने योजना अनुसार ठेक्का दिएको थियो । ठेकेदारहरुले रोल्पा, प्युठान लगायतका सप्लायर्सबाट ढुंगागिट्टी किनेर बाटो ग्राभेल गरेका थिए ।

त्यसको भ्याट बिल उनीहरुले नगरपालिकासमक्ष पेश गरे पनि कर्मचारीहरुले नगरपालिकाकै भ्याट बिल हुनुपर्ने भनेपछि तालाबन्दी गरिएको एकजना ठेकदारले बताए ।

उनले भने, ‘राप्ती नदीको बगरबाट माल उठाउँदा प्रहरीले पक्रिन्छ भनेर हामीले रोल्पाको एक सप्लायर्सले डम्पिङ गरेर राखेको माल किनेर काम पूरा गर्यौं तर अहिले लमही नगरपालिकाकै भ्याट बिल चाहिन्छ भनेर डबल कर असुल्न खोजिएको छ ।’ उनले यो काममा करिब ५०–६० लाख खर्च भएको पनि बताए ।

यता लमही नगरपालिकाका मेयर कुलबहादुर केसीले हाम्रा योजनामा अरुका भ्याटबिल किनिदिनुपर्छ भन्ने ठेकदारको माग स्वीकार्न नसकिने बताए ।

लमही नगरपालिकाका प्रवक्ता बिमबहादुर केसीले लमही नगरपालिका भित्रका योजनामा बाहिरका पालिकाको भ्याट बिल प्रयोग गरिएकाले स्वीकार्न नसकिएको बताए ।अनलाइन खबरबाट

हाम्रो टीम

संचालक: मेगमन बुढा
संपादक:कृष्ण जि.एम
निर्देशक:भानु जोशी
क्राईमबिट प्रमुख:सागर थापा
जिल्ला ब्युरो:टेकबहादुर पुन
प्रमुख सम्बाददाताहरु:शिवराज पन्थी,सुशीला (ओली)गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु:टोपेन्द्र खनाल,इराधा झाक्री मगर,शिव बस्नेत,प्राविधिक: मिना थापा,सल्लाहकारहरु:बिपुल पोख्रेल,उदय जि.एम

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधापत्र डटकम
# दर्ता नं. :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८४९८८७५१४
# इमेल :- [email protected]