घनश्याम अस्तित्व मंगलबार, बैशाख ०२, २०७७

कमरेड,
अँझै चुनाव आएकाे छैन
बिर्सेर पनि नफर्कनुहाेला – हाम्राे गाउँतिर ।

चुनाव अघि
तपाई आउँदा जस्ताे छैन बाटाे
उसै सालकाे बर्षातले बगायाे कालाेपत्रे
काँडा बढी माटाे कम छ,
भाेककाे क्यान्सर र गरिवीकाे पहाडले थिँचिएर
यही समय थला परेकाे छ रामे माइलाे,
राजधानी झरेपछि, टिभिमा हरबखत देख्छु
दाेब्बर बढेकाे छ – तपाईकाे ताैल
कसले बाेकेर घुमाउँला तपाईलाई – हाम्राे गाउँ
कमरेड, अँझै चुनाव आएकाे छैन
बिर्सेर पनि नफर्कनुहाेला – हाम्राे गाउँतिर ।

कमरेड,
बजारमा के जाति ‘लकडाउन’ छ रे
नुन-तेल, बेसार र चामलले
गाउँ अाउँने बाटाे नै बिर्सिए
कसरी टक्र्याउँला हजुरलाई – लाेकल कुखुरा र बियर
कमरेड, साबुन पनि आएकाे छैन गाउँमा
धुलाे-माटाे र गाेबरसंग खेल्ने हाम्रा हातहरू
‘काेराेना’ भन्दा पनि बढी खतरनाक छन्
उभिएर नजिकै कसरी भनुला ‘लालसलाम’
र, कसरी मिलाउला जाेडजाेडले हात
कमरेड, अँझै चुनाव आएकाे छैन
बिर्सेर पनि नफर्कनुहाेला – हाम्राे गाउँतिर ।

कमरेड,
चुनावताका भन्नुहुन्थ्याे
गाउँगाउँमा सिंहदरबार आउछन्
म त यहाँ हरबखत मैमत्त भएर हिँडिरहेका
सिंह र साँढेहरू मात्रै देख्छु
इन्टरनेटकै गति नाघेर फैलेथ्याे
तपाईकाे ‘फ्रि वाइफाइ’काे भाषण
यदि त्यस्ताे हुन्थ्याे हाे त
याे संकटकाे समयमा – म कसरी हेर्दाे हुँ
साउदी र कतारमा
भाेकले तड्पिरहेका दाजु र भाईकाे अनुहार
कमरेड, अँझै चुनाव आएकाे छैन
बिर्सेर पनि नफर्कनुहाेला – हाम्राे गाउँतिर ।

कमरेड, तपाईं अाउनु पनि हामीलाई – अाँधी अाए जस्ताे हुन्छ
कमरेड, तपाईं आउनु पनि हामीलाई – अर्काे महामारी आए जस्ताे हुन्छ
कमरेड, अँझै चुनाव आएकाे छैन
बिर्सेर पनि नफर्कनुहाेला – हाम्राे गाउँतिर ।

कबि घनश्याम ‘अस्तित्व’उदाहरण समूह, नेपालका अभियन्ता समेत हुनुहुन्छ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]