
Ppu
Bpb
Gsbus
jmb
Asm
Ssbus
gms
smb
jms
Sys
Rg-9

Ln8
Ln1
Gg5
Hl1
Dps
Ssb
Asm
Ln9
Ln3
kbs
Gg1
cks
Rys
bmj
Ln7
Ln2
Tsb
Usb
Sbs
Gsb

Ksb
Gg2
Jab
Sab
Gg4
Rgu
Jpb
Gg6
Snk
Gg3
Sml
Bpb
ptl
Gjl
Nps
Rss
Sbs
डोटी । डोटी जिल्लाको बडीकेदार गाउँपालिकाको देउली-रिसेडी सडकखण्डमा काम गरिरहेको डोजरमा अज्ञात व्यक्तिद्वारा आगजनी गरिएकाे छ । मिलन कन्ट्रक्सनको बा २ क ८५२१ नम्बरको डोजर सोमवार राती करिब १२ बजेतिर आगजनी भएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ ।
त्यस्तै डोजर पूर्ण रूपमा जलेर नष्ट भएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका सहायक सूचना अधिकारी रवीन्द्र चन्दका अनुसार डोजर चालक भरतबहादुर बमले डोजर आगजनी भएको खबर गरेपछि इलाका प्रहरी कार्यालय बिपिनगरका प्रहरी निरीक्षक मोहन साउद नेतृत्वको प्रहरी टोली घटना स्थलमा पुगेको थियो । डोजरमा कसले र किन आगो लगाएको हो केही जानकारी आएको छैन । उक्त आगलागीको अनुसन्धान जारी राखिएको डोटी प्रहरीले जनाएको छ ।
