
Gsl
tssbus
Ssbus
Sssbus1
ssbus
Ssbus
Pbu
nsm
Sssbus1
Ssbus

Rgs
Ggd
Rgu
Vor
Bbbpu
nsb
Hal
Gst
Asm
Sbs
Pvg
Sls
Tsm
Rsb
Ksm
Ssm
Wsp
Bbu
Rgu

Gsb
Bml
Abd
Ptm
Jmb
Pls
bbt
Mks
Rmb
Jmb
sab
Rpp
Syp
दाङ । शिक्षा क्षेत्रलाई बिशेष फोकस गर्दै कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र पुर्वाधार–गढवा गाउँपालिकाको समृद्धिको आधार भन्ने मूल नाराकासाथ देउखुरी स्थित गढवा गाउँपालिकाले चालु आर्थिक बर्षको निती तथा कार्यक्रम सार्वजनिक गरी बजेट माथी छलफल सुरु गरेको छ ।
गाउपालिकाका अध्यक्ष सहजराम यादवको अध्यक्षतामा सुरु भएको बजेट अधिवेशनमा उपाध्यक्ष शान्ती चौधरीले बजेट प्रस्तुत गर्नुभएको थियो भने प्रबक्ता बाबुराम अधिकारीले आर्थिक बिधेयक र बिनियोजन प्रस्तुत गर्नुभएको थियो ।
नबौं गाउँसभाको निरन्तरता बिच लेखा समितिका संयोजक गोबिन्द कुमार ओलीले लेखा समितिको प्रतिवेदन सभामा प्रस्तुत गर्नुभएको छ । गढवा गाउँपालिकाले संघीय सरकारबाट समानीकरण, शसर्त, पूजिगत र राजश्व बाँडफाड बाट ४७ करोड ४५ ला ५२ हजार, प्रदेश सरकारबाट प्राप्त ससर्त, बिशेष अनुदान, समपुरक, राज श्वबाडफाँड र समानिकरण गरी ९ करोड ३५ लाख ५५ हजार ६ सय ५२ तथा गाउँपालिकाको आन्तरीक ५ करोड २५ ला गरि कुल ६२ करोड ६ लाख १० हजार ६ सय ५२ रुपियाँको बजेट सभामा बिनियोजन तथा बाँडफाडका लागि पेश भएको छ ।
गढवा गाउँपालिकाले शिक्षा क्षेत्रलाई बिशेष फोकस गर्दै पालिकाभरका सरकारी बिद्यालयहरुमा कार्यरत निजी शिक्षकहरुको ब्यवस्थापन गरि कक्षा १ देखि १० सम्म निःशुल्क शिक्षा प्रदान गर्ने, संघीय सरकारको अवधारणा अनुरुप न्यूनतम पारिश्रमिक १५ हजार पुर्याउन वालविकास सहजकर्ता र बिद्यालय कर्मचारीहरुको नपुग तलब बयवस्थापन गर्ने, प्राबिधीक शिक्षालाई बिशेष फोकस गर्ने र शिक्षक बिद्यार्थी अनुपातमा दरबन्दी मिलान र सबै बिद्यालयहरुमा संचार प्रबिधिको बिकास गर्ने निती तथा कार्यक्रम ल्याएको छ ।
त्यस्तै एक वडा एक नमूना बिद्यालय, आधारभूत तहमा अगे्रजी माध्यमको बिकास, प्रारम्भिक कक्षामा रमाइलो पढाई दिगो सिकाइ, शैक्षिक संस्थाहरुको भौतिक तथा सामाजिक बिकास, बिद्यालयहरुमा बिज्ञान प्रयोगशाला,इ–लाइबे्ररीको ब्यवस्थापन, छात्रबृत्ति तथा पोषण कार्यक्रमको निरन्तरता, सुचना प्रबिधि र वालमैत्री तथा मावि तहसम्म बिपन्न सिमान्तकृत बिद्यार्थी सहयोग कार्यक्रम संचालन गर्ने लगायतका निती तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्रस्तुत बजेटमाथी दफावार छलफल गरि मंगलवार सम्म बजेट बे्रकडाउनको टुंगो लाग्ने गाउँपालिकाले जनाएको छ ।
