ओमप्रकाश गुप्ता/भालुवाङ शुक्रबार, आषाढ ११, २०७८

दाङ । राप्ती गाउँपालिकाको आठौं गाउँसभा विहिवार देखि गाउँपालिकाको सभाहलमा सुरु भएको छ । सभामा गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीद्वाराले आर्थिक वर्ष २०७८।०७९ को निति तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।

अध्यक्ष सुवेदीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कृषि पेशालाई आर्थिक विकासको मेरुदण्डको रुपमा विकास गर्दै कृषि क्षेत्रलाई आधुनिकिकरण, व्यवसायीकरण तथा यान्त्रिकरणमा जोड दिदै रोजगारी र आयस्त र वृद्धि गरी राप्ती गाउँपालिकालाई कृषि क्षेत्रको अब्बल गाउँपालिका बनाउने कार्यक्रमलाई अगाडी सारिएको छ ।

त्यस्तै सेवा प्रदायकको मुस्कान सहितको सेवाः सेवाग्राहीलाई पुग्छ टेवा, भन्ने भावनालाई आत्मसात गर्दै सबै प्रकारका समुदाय तह र क्षमता भएका ब्यक्तिलाई कुनै विभेद नगरी सेवा प्रभाव गर्ने, गाउँपालिका भित्रका जनतालाई शुद्ध, स्वच्छ र सफा खानेपानीको उपलब्धता गराउने कार्यका लागि खानेपानी, सरसफाइ तथा स्वच्छता योजना बनाउने कार्यलाई आगामी आर्थिक वर्षमा सम्पन्न गर्ने, राप्ती चक्रपथ राप्ती गाउँपालिकाको गौरबको बहुवर्षिय योजना भएकोले आगामी आ.व. का लागि स्तरोन्नती तथा कालोपत्र गर्ने कार्यलाई निरन्तरता दिने नीति तथा कार्यक्रममा समेटेको छ ।

त्यस्तै सहकारी क्षेत्रको नियमन, विकास तथा प्रर्वधनका लागि आवश्यक पहल गरिने, सौन्दर्यता र स्वच्छता राख्ने अटो भिलेज निर्माण गर्ने कार्यलाई प्रदेश सरकार सँगको सहकार्य र समन्यवयमा अघि बढाईने, गाउँपालिका रोजगार सेवा केन्द्रमा सूचीकृत बरोजगारीहरुलाई न्यूनतम रोजगारीको प्रत्याभुति गर्नका लागि संघीय कार्यक्रम उपनत्व कायम गरी समुदायको विकास सँग बेरोजगारी न्यूनीकरण गरिने, पर्यटकीय क्षेत्रहरुको पहिचान गरी पर्यटकीय पुर्वाधारहरुको निर्माण तथा सुदृढिकरण गर्दै लग्ने, हरियाली प्रबर्द्धन, प्राकृतिक स्वच्छता तथा सुन्दरता कायम गर्ने कार्यलाई प्राथमिकता दिईने कार्यक्रममा रहेको छ ।

गाउँपलिकाको अधिकार क्षेत्रभित्र रहेका विषयमा न्याय सम्पादन गर्दा छिटो छरिटो र प्रभावकारी विधि अपनाईने छ । यसका लागि ईजलास कक्ष, उजुरी प्रशासक लगाएत अन्य कर्मचारीको व्यवस्था गरिने, लैङ्गिक समानता र सामाजिक समावेशी र समानुपातिक प्रतिनिधित्व सम्बन्धी विषयहरुलाई सम्बोधन गर्ने गरी विभिन्न कार्यक्रम सञ्चालन गरिने लगायतका दर्जनौ कार्यक्रमलाई अगाडी सारेको छ ।

सभामा आर्थिक वर्ष २०७८। ०७९ को राप्ती गाउँपालिकाको प्रस्तावति बजेट तथा कार्यक्रम उपाध्यक्ष जगदम्वाकुमारी चौधरीले प्रस्तुत गरेकी छिन् । प्रस्तुत नीति तथा कार्यक्रम र प्रस्तावित ६० करोड ३४ लाख १३ हजार ४४८ को यस आर्थिक वर्षको बजेट सर्बसम्मत रुपमा पास भएको छ । आगामी आठौं गाउँसभाको दोस्रो बैठक असार २६ गते बस्ने प्रवक्ता विद्याशरण चौधरीले जानकारी दिएका छन् ।

आर्थिक वर्ष २०७८।०७९ को निति तथा कार्यक्रमकाे पूर्णपाठ

आदरणिय राप्ती गाउँपालिका निवासी आमाबुवा, दाजुभाई तथा दिदिबहिनीहरु १० लुम्बिनी प्रदेशको राजधानीको रुपमा चिनिएको राप्ती उपत्यका भित्रको यस गाउँपालिकाको तर्फबाट आर्थिक वर्ष २०७८र०७९ को नीति तथा कार्यक्रम प्रस्तुत गर्न यो सभामा उपस्तथित भएको छु । यस गाउँपालिका भित्र प्रदेश राजधानीका पूर्वाधार बन्ने क्रम सुरु भई सकेको छ । लुम्बिनी प्रदेशका केही मन्त्रालय तथा मुख्य कार्यालयहरु आउने क्रम जारी छ । राप्ती गाउँपालिका क्षेत्र प्रदेश राजधानीको केन्द्र बनिरहेको अवस्थामा सो कार्यलाई मुर्त रुप दिनुहुने प्रदेश सरकारका समानीय मुख्यमन्त्री ज्यूको मन्त्रीपरिषद्, प्रदेश सभासद, राजनिति दल, नागरिक समाज सबैमा हार्दिक आभार व्यक्त गर्दछु । यस्ले राप्ती गाउँपालिकाको विकास र समृद्धिको ढोका खोल्ने छ भने प्रदेश सरकार सँगको सहकार्यमा गरिने व्यवस्थित बसोबास, आधुनिक शहरीकरण र अन्य सेवा सुविधा विस्तारले गर्दा भविष्यमा यो गाउँपालिका एक व्यवस्थित, सभ्य, सुसस्कृत शहरको रुपमा विकास हुने छ ।

२० कोभिड(१९ नामको कोरना भाइरसबाट सिर्जित विश्वव्यापी महामारीका कारण उत्पन्न असहज परिस्थिति र बन्दाबन्दी बिच यस गरिमामय सभा समक्ष आ।व २०७८र७९ को नीति कार्यक्रम प्रस्तुत गरिरहँदा जनताको जीवन रक्षा आर्थिक, सामाजिक जीवनको सुरक्षाको प्रश्नले अत्यन्तै गंभीर भएको छु । यस अवसरमा नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक बनाउनका लागि विभिन्न कालखण्डका ऐतिहाँसिक बलीदानीपुर्ण आन्दोलन, शशस्त्र आन्दोलन, मधेश तथा थरुहत लगाएतका आन्दोलनमा अमुल्य जीवन उत्सर्ग गर्नुहुने ज्ञात अज्ञात शहिदहरुको त्याग र वलिदानको उच्च सम्मान गर्दै शहिदहरुप्रति हार्दिक श्रदान्जली अर्पण गर्न चाहान्छु। राजनीतिक तथा सामाजिक आन्दोलनका घाइते योद्धा, बेपत्ता नागरिकहरु तथा राजनैतिक आन्दोलनका अग्रज योद्धाहरु प्रति म उच्च सम्मान व्यक्त गर्न चाहान्छु ।

३० संवैधानिक प्रावधान बमोजिम संघीयताको आधारभुत अंगको रुपमा स्थानीय सरकारको रुपमा चार वर्षको अवधि सफल भएको अनुभुति गरेको छु। यो सफलता प्राप्तीका लागि सहयोग गर्ने, सुझाव तथा मार्गदर्शन दिनुहुने, खवरदारी गर्नुहुने सम्पुर्ण जनप्रतिनिधि मित्रहरु, संघ, प्रदेश, राजनीतिक दल, कर्मचारी, शिक्षक, समाजसेवी, बुद्धिजिवि, साझेदार तथा सहयात्री सम्पुर्ण सरकारी तथा गैरसरकारी संघ(संस्था, स्वास्थ्यकर्मी संचारकर्मी पत्रकार, सुरक्षाकर्मी लगाएत सम्पुर्ण बुवाआमा(दाजुभाई तथा दिदिबहिनिहरु प्रति हार्दिक आभार प्रकट गर्न चाहान्छु।

४० राप्ती गाउँपालिका सहमती, सहकार्य र सहभागिताको भावनालाई आत्मसात गर्दै आर्थिक(सामाजिक विकास, सार्वजनिक सेवा प्रवाह, पुर्वाधार विकास, वातावरण संरक्षण, आर्थिक अनुशासन तथा सुशासन प्रबर्द्धनका कार्यक्रमहरुलाई उच्च प्राथमिकतामा राख्दै सुन्दर र समुन्नत राप्तीको पहिचान स्थापित गर्न प्रतिवद्ध रहेको छ ।

५० नेपाल सरकारले अबलम्बन गरेको रणनीति तथा निर्णयका आधारमा संघीय सरकार, प्रदेश सरकार, अन्य स्थानीय तह तथा विभिन्न संघसंस्थाहरु संग समन्वय र सहकार्य गरी अहोरात्र रुपमा स्वास्थ्यकर्मी,राष्ट्रसेवक कर्मचारी तथा जनप्रतिनिधि खटिई कोभिड(१९ को दोस्रो भेरियन्टको प्रभाव न्यूनीकरण गर्न विभिन्न पहल गरिएको छ । यस कार्यमा उच्च नैतिक चरित्रका साथ अहोरात्र खटिरहने स्थायी सरकारको रुपमा सेवा प्रदान गर्नुभएका राष्ट्रसेवक कर्मचारी तथा स्वास्थ्यकर्मी प्रति सम्मान गर्दै उहाँहरुको त्याग र लगनशिलताको कदर गर्दछु ।

६० आर्थिक वर्ष २०७८र०७९ का लागि नीति तथा कार्यक्रम तयार गर्दा नेपालको संविधानको मर्म र भावना, संघीय तथा प्रादेशिक सरकारका मार्गदर्शन, स्थानीय सरकार संचालन ऐन(२०७४, दिगो विकास लक्ष, वेजिङ कार्यमञ्चका प्रतिवद्धता र पन्ध्रौं आवधिक योजनाको आधारपत्र, राप्ती गाउँ कार्यपालिका तथा गाउँसभा बाट पारित ऐन, नियमावली तथा कार्यविधिहरु, स्थानीय तहको योजना तथा बजेट तर्जुमा दिग्दर्शन, २०७५, जस्ता प्रचलित कानून र मापदण्डलाई मूल आधार मानिएको छ।

७० यस महामारीको संक्रमण, रोकथाम, नियन्त्रण र उपचारको कार्यमा गाउँपालिकाबासीले दिएको साथ, सहयोग र अगाध मायाबाट प्रेरित भई स्वस्थ, सुरक्षित, सम्भावनायुक्त तथा जीवन्त गाउँपलिकाको रुपमा अगाडी बढाई गाउँपलिकाको गौरवलाई उच्च राख्ने गरी आव २०७८र७९ को नीति तथा कार्यक्रम प्रस्तुत गर्न पाउँदा गौरव महशुस गरेको छु ।
आगामी आ।व। २०७८र०७९ को नीति तथा कार्यक्रम निम्न अनुसार रहेका छन ।

सुशासन तथा संस्थागत विकासः१। सेवा प्रदायकको मुस्कान सहितको सेवाः सेवाग्राहीलाई पुग्छ टेवा, भन्ने भावनालाई आत्मसात गर्दै सबै प्रकारका समुदाय तह र क्षमता भएका ब्यक्तिलाई कुनै विभेद नगरी सेवा प्रभाव गरिनेछ । २। सार्वजनिक सेवा प्रवाहमा विद्युतिय प्रविधिको अवलम्वन गरि द्रुत सेवा र प्रभावकारी अभिलेख व्यवस्थापनमा जोड दिइनेछ। गाउँपालिका तथा सम्पुर्ण वडा कार्यालयहरुमा भ्(ल्भतधयचपष्लन मार्फत सुचना आदान प्रदान गर्ने प्रणालीको विकास गरि गुणस्तर सुधारमा जोड दिईनेछ।३। इलष्लिभ क्थकतझ बाट व्यक्तिगत घटना दर्ता गर्न शुरुवात गरिनेछ । घटना घटेको ३५ दिनभित्र अनिवार्य रुपमा घटना दर्ता गर्ने गरि कार्ययोजना अगाडि बढाईनेछ ।

४। नागरिक वडापत्र सार्वजनिक सुनुवाई, सामाजिक परिक्षण तथा नागरिक सन्तुष्टी सर्भेक्षणबाट प्राप्त सुझावलाई सेवा प्रवाहमा सुधारको सुचकको विकास गरिने छ ।५। हाल बैंकिङ प्रणालीबाट प्रदान गरिदै आएको सामाजिक सुरक्षा भत्तालाई अझ प्रभावकारी बनाईने छ ।६। आवश्यकताको पहिचान गरि नागरिकका लागि सिलाईकटाई, हस्तकला, लघुउद्मम संचालन, कुकिङ, मोबाईल तथा कम्युटर मर्मत, मोटरसाईकल मर्मत, सिकर्मी, डकर्मी लगाएतका सीपमुलक तथा स्वरोजगारमुलक तालिम संचालन गरिनेछ। ७। राप्ती गाउँपालिकाको सार्वजनिक खरिद भ्(द्यष्ममष्लन र भ्( त्भलमभचष्लन मार्फत गरिनेछ ।

सामाजिक विकास तर्फ शिक्षा युवा तथा खेलकुद क्षेत्रको नीति १। संघिय सरकार, प्रादेशिक सरकारको शिक्षा, युवा तथा खेलकुद सम्बन्धी नीतिहरुको कार्यान्वयम गर्ने र ती नीतिले पर्याप्त संबोधन नगर्ने अवस्था सिर्जना भएकोमा गाउँ कार्यपालिकाले थप छात्रवृति कोष, पोसाक तथा पाठ्यपुस्तक अनुदान, तालिम, स्थानीय शिक्षक अनुदान, पाठ्क्रम निर्माण, बैकल्पिक सिकाई प्रवर्धन, विद्याधी प्रतिभा पहिचान जस्ता कार्यक्रम लागु गरिने छ । २। आधारभुत तहसम्मको शिक्षा निःशुल्क गर्ने गरी यस अघि भएको निर्णयको कार्यान्वयन गर्ने तथा माध्यमिक तहसम्मको शिक्षा क्रमश निःशुल्क गर्ने नीति अवलम्बन गरिने छ ।
३। बालमैत्री, अपाङ्गमैत्री तथा भूकम्प प्रतिरोधी विद्यालय भवन, शौचालय निर्माण कार्यलाई निरन्तरता दिने नीति अबलम्बन गरिनेछ । ४। विश्वभर फैलिएको कोरोनाको प्रभावबाट शिक्षा क्षेत्रमा भएको क्षतिलाई न्यूनिकरण गर्न वैकल्पिक प्रणाली मार्फत शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गर्ने तथा अतिरिक्त कक्षा सञ्चालन गर्ने नीति अबलम्बन गरिनेछ ।

५। सामुदायिक तथा संस्थागत विद्यालयमा कार्यरत शिक्षकहरुका लागि अनलाइन अफलाइन विषयगत तालिम कार्यशाला आयोजना गर्ने तथा बालविकास केन्द्रका सहयोगी कार्यकर्ताहरुको क्षमता विकास कार्यक्रम सञ्चालन गर्ने नीति अबलम्बन गरिनेछ ।
६। विषयगत उपलब्धी तथा कार्यसम्पादनको आधारमा शिक्षक कर्मचारी, विधार्थीहरुलाई पुरस्कृत तथा अभिभावकलाई सम्मान गरिनेछ भने विद्यालयमा अनियमितता गर्ने तथा आचरण विपरितका कार्य गर्ने शिक्षक तथा कर्मचारी नीति अवलम्बन गरिनेछ । ७। विद्यार्थीमा भएको अन्तरनिहित प्रतिभा प्रस्फुटन गराउने गरी कार्यक्रम सञ्चालन गर्ने नीति अवलम्बन गरिनेछ।
८। अति विपन्न र अभिभावक गुमाएका बालबालिकाहरुलाई पोशाक तथा स्टेशनरीको व्यवस्था गर्ने नीति अवलम्बन गरिनेछ ।
९। आधारभुत तहको परीक्षालाई व्यवस्थित सञ्चालन तथा व्यवस्थापन गरिनेछ । माध्यमिक तहमा सञ्चालन हुने परीक्षाहरुको प्रभावकारी अनुगमन तथा मूल्याङ्कन गर्ने नीति अवलम्बन गरिनेछ । १०। स्थानीय पाठ्यक्रम कक्षा १(८ मा क्रमश कार्यान्वयन गर्ने नीति अवलम्बन गरिनेछ ।
११। विज्ञान विषय लिई कक्षा १२ उर्तिण गरीव जेहेन्दार विद्यार्थीहरुलाई एम।बि।बि।एस।र ईन्जिनियरिङर कृषि विज्ञान अध्ययनका लागि अध्ययन प्रश्चात २ वर्ष यस पालिकामा सेवा गर्ने गरी उच्च शिक्षा अध्ययन छात्रवृत्ति उपलब्ध गराईनेछ ।
१२। संस्थागत विद्यालयहरुलाई कोभिड(१९ राहत स्वरुप नविकरण शुल्कमा ५० ५ छुट दिईनेछ ।

१३। गाउँपालिकाभित्र विभिन्न खेलकुद प्रतियोगिताहरुको आयोजना गरिनेछ । पालिकाभित्र रहेका खेलकुद मैदानहरुको विकास तथा मर्मत सम्भार गरिनेछ । खेल प्रशिक्षण सम्बन्धी कार्यक्रम विभिन्न खेलकुद संघ संगठनहरुको सहकार्यमा सञ्चालन गर्ने नीति अवलम्बन गरिनेछ ।
१४। युवा लक्षित तालिम तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गरी रोजगारी अवसर सिर्जना र प्रोत्साहन गर्ने नीति अवलम्बन गरिनेछ । १५। युवा लक्षित व्यावसायमूलक तालिम कार्यक्रम सञ्चालन गरी स्वरोजगार सिर्जना गर्ने नीति अवलम्बन गरिनेछ ।
१६। युवा लक्षित कार्यक्रम सञ्चालनको लागि प्राविधिक शिक्षा उपलब्ध गराउने विद्यालयहरुसँग सहकार्य गर्ने नीति अवलम्बन गरिनेछ ।

१७। गरिब जेहेन्दार र दलित विद्यार्थीका लागि शहिद श्रीनारायण चौधरी उच्च शिक्षा अध्ययन छात्रवृत्ति कार्यक्रम सञ्चालन गरिनेछ यो कार्यक्रम ऐरावती आर्दश बहुमुखी क्याम्पस सँगको सहकार्यमा गरिनेछ । स्वास्थ्य क्षेत्रको नीति १। प्राथमिक स्वास्थ्य सेवा जनताको मौलिक अधिकार भएकोले विभिन्न उपचारात्मक, प्रवर्धनात्मक र प्रतिकारात्मक कार्यक्रमहरु प्रभावकारी रुपमा सञ्चालन गरी गुणस्तरीय सेवा प्रदान गर्ने नीति अवलम्बन गरिनेछ ।
२। कोभिड(१९ रोगको विभिन्न भेरियन्टहरुको संक्रमण नियन्त्रण तथा रोकथामका लागि विभिन्न उपायहरुको अबलम्बन गरिनेछ ।

३। एस विए तालिम प्राप्त स्वास्थ्यकर्मीबाट गर्भ जाँच र स्वास्थ्य संस्थामा प्रसुति गराउन जोड दिइ संस्थागत प्रसुतिलाई प्रोत्साहन गर्दै शुन्यहोम डेलिभरी घोषणा गर्दै जाने कार्यक्रमलाई प्रभावकारी बनाउन स्वास्थ्य संस्थामा प्रसुति भएकालाई प्रोत्साहन स्वरुप उपाध्यक्ष कोसेली कार्यक्रमबाट आवश्यक सामग्री प्रदान गर्ने गरिनेछ ।
४। गाउँपालिकाका सबै वडामा सञ्चालनमा रहेका स्वास्थ्य संस्थाहरुबाट प्रभावकारी आधारभूत स्वास्थ्य सेवा प्रदान गरिनेछ । ५। निजीस्तरमा सञ्चालित स्वास्थ्य संस्थाहरुको प्रचलित ऐन नियम अनुसार कार्यविधि बनाई संस्थादर्ता तथा नविकरण गर्ने नियमन गरिनेछ ।

६। स्वास्थ्य संस्थाको निःशुल्क औषधी उपचारका लागि सुचिकृत औषधीहरुको अभाव हुन नदिने नीति अबलम्बन गरिनेछ । ७। निःशुल्क स्वास्थ्य शिविर, खोप क्लिनिक, गाउँघर क्लिनिकलाई थप प्रभावकारी रुपमा सञ्चालन गरी स्वास्थ्य सूचकमा वृद्धि गरिनेछ र पूर्ण खोपलाई निरन्तरता दिने नीति अबलम्बन गरिनेछ । ८। गाउँपालिकाभित्र बढ्दो क्रममा रहेको क्षयरोग प्रकोपलाई नियन्त्रण गर्न क्षयरोग मैत्री कार्यक्रम र सामुदायिक डट्स कार्यक्रमलाई निरन्तरता प्रदान गरिनेछ ।

९। एच आई भि एडस, औलो, झाडापखला, निमोनिया, कुष्टरोग, हात्तिपाइले जस्ता सरुवा रोग तथा नसर्ने रोग, किशोराकिशोरी प्रजनन स्वास्थ्य, बाल स्वास्थ्य, परिवार नियोजन, वातावरणीय सरसफाई सम्बन्धी चेतनामूलक कार्यक्रम सञ्चालन तथा प्रशारण गरी समुदायको स्वास्थ्य स्थितिमा सुधार गरिनेछ । १०। महिला स्वास्थ्य स्वयसेविका तथा स्वास्थ्य आमा समूहको कार्यलाई प्रभावकारी बनाउन महिला स्वास्थ्य स्वयमसेविका र स्वास्थ्य आमा समूहलाई प्रोत्साहन गर्ने र ६० वर्ष माथिका स्वास्थ्य स्वयम सेविकाहरुलाई स(सम्मान विदा दिने नीति अबलम्बन गरिनेछ । ११। परिवार नियोजनको साधन प्रयोगदर बढाउन महिला स्वास्थ्य स्वयसेविका संघ संस्था र सरोकारवाला निकायहरु बीच अभिमुखिकरण कार्यक्रम सञ्चालन गरी अभिलेख प्रतिवेदनलाई व्यवस्थित गर्ने नीति अबलम्बन गरिनेछ ।

१२। गाउँपालिका अन्तरगतका सबै स्वास्थ्य चौकी तथा सामुदायिक स्वास्थ्य इकाइहरुको कार्य प्रगतिको अभिलेख व्यवस्थित गरी म्ज्क्ष्क्(द्द प्रणालीलाई प्रभावकारी रुपमा प्रयोग गर्ने गरिनेछ ।
१३। सम्पूर्ण बालबालिकाहरुको उमेर अनुसारको पोषण बारे जानकारी पाउन वृद्धि अनुगमन न्चयधतज ःयलष्तयचष्लन गरी उनीहरुलाई बालभिटा, भिटामिन ए, जुकाको औषधी आवश्यकता अनुसार वितरण गर्ने र लक्षित समुहलाई अभिमुखिकरण गर्ने कार्यलाई निरन्तरता दिने नीति अबलम्बन गरिनेछ ।

१४। कोभिड(१९ लगायतका विभिन्न कारणबाट मानसिक स्वास्थ्य समस्यामा परेका नागरिकलाई मनो परामर्श तथा मानसिक स्वास्थ्यमा सुधार गर्ने नीति अवलम्बन गरिनेछ ।१५। एम्बुलेन्स सेवालाई प्रभावकारी बनाउन एम्बुलेन्सहरुको भाडादरमा एकरुपता ल्याई गाउँपालिका क्षेत्रभित्रका सरकारी स्वास्थ्य संस्थाद्धारा सञ्चालित एम्बुलेन्सलाई सरकारी स्वास्थ्य संस्थामा प्रसुति गराउँदा एम्बुलेन्स भाडामा छुटको व्यवस्था गरिनेछ । १६। गाउँपालिका स्तरीय स्वास्थ्य नीति, २०७७ पारित भएको सन्दर्भमा सो नीतिमा उल्लेख भएका विषयहरु क्रमशः कार्यान्वयन गरिने छ ।

१७। अग्रपङ्तिमा रहेर कार्य गर्ने विद्यालयका शिक्षक, कर्मचारीहरुलाई यथाशिघ्र कोभिड (१९ विरुद्धको खोप लगाउन आवश्यक पहल गरिनेछ ।
महिला, बालबालिका, जेष्ठ नागरिक,अपाङ्गता, लैंगिक समानता र सामाजिक समावेशीकरण
१। लैङ्गिक समानता र सामाजिक समावेशी र समानुपातिक प्रतिनिधित्व सम्बन्धी विषयहरुलाई सम्बोधन गर्ने गरी विभिन्न कार्यक्रम सञ्चालन गरिनेछ । २। समाजमा रहेका हरेक प्रकारका विभेद, कुरिति तथा गलत प्रचलनहरुलाई अन्त्य गर्न जनचेतना मुलक कार्यक्रम सञ्चालन गरिने छ ।
३। ज्येष्ठ नागरिकहरुमा रहेको ज्ञान, सीप र अनुभवहरुलाई युवा पुस्तामा स्थानानतरणका लागि कार्यक्रम सञ्चालन गरिनेछ। जेष्ठ नागरिकहरुको आवश्यकता पहिचान गरी सहयोग सामाग्री प्रदान गरिनेछ ।

४। बालविवाह तथा लागु पदार्थ दुर्व्यसनी न्यूनिकरण सम्बन्धी सचेतना अभिवृद्धि कार्यक्रम सञ्चालन गरिनेछ। ५। जेष्ठ नागरिकहरुका लागि स्हारसुसारका सञ्चालन भएको दिवा सेवा केन्द्र प्रभावकारी रुपमा सञ्चालन गरिनेछ ।६। घरेलु तथा लैङ्गिक हिंसामा परेका व्यक्तिहरुका सेफ हाउस कार्यक्रम सञ्चालन गरिनेछ । ७। असहाय, अभिभावक विहिन तथा सडक मानवमुक्त गाउँपालिका घोषणा भई सकेको सन्दर्भमा त्यस्ता व्यक्तिहरुको संरक्षण र हेरचाहका लागि आवश्यक पर्ने जनशक्ति व्यवस्थापनका लागि स्रोत उपलब्ध गराईनेछ।

८। वडास्तरिय बाल कल्ब, बाल सञ्जाल गठन गरी क्षमता विकासका कार्यक्रम सञ्चालन गरिनेछ ।
९। ज्येष्ठ नागरिक, अशक्त र अपाङ्गहरुको घरमै पुगेर स्वास्थ्य जाँच तथा स्वास्थ्य परामर्श सेवा प्रदान गर्ने व्यवस्था मिलाईनेछ । १०। कोभिड(१९ रोगका कारण मृत्यू भएका ब्यक्तिको परिवारलाई राहत स्वरुप प्रति व्यक्ति रु। १५०००र( उपलब्ध गराईनेछ । खानेपानी, सरसफाई तथा स्वच्छता सम्बन्धी नीति
१। गाउँपालिकाभित्रका जनतालाई शुद्ध, स्वच्छ र सफा खानेपानीको उपलब्धता गराउने कार्यका लागि खानेपानी, सरसफाइ तथा स्वच्छता योजना ९ध्बकज एबिल० बनाउने कार्यलाई आगामी आर्थिक वर्षमा सम्पन्न गरिनेछ ।

२। पानी सुद्धिकरण तथा हातधुने सम्बन्धी कार्यक्रम सञ्चालन गर्ने नीति अबलम्बन गरिनेछ ।३। सेनेटरी प्याड निर्माण सम्बन्धी तालिम सञ्चलान गर्ने नीति अबलम्बन गरिनेछ । ४। महिनावारी स्वच्छता कार्यक्रम सञ्चालन गर्ने नीति अबलम्बन गरिनेछ
५। खानेपानीको सुविधा नपुगेका वडा तथा वस्तिहरुमा खानेपानी सुविधा उपलब्ध गराउन पहल गरिनेछ । पुर्वाधार विकास तर्फ १। राप्ती चक्रपथ राप्ती गाउँपालिकाको गौरबको बहुवर्षिय योजना भएकोले आगामी आ।व। का लागि स्तरोन्नती तथा कालोपत्र गर्ने कार्यलाई निरन्तरता दिइएको छ ।
२। गाउँपालिकाको गौरवका योजनाको रुपमा रहेको पत्थरगढवा सानो नदी पुल तथा दोलैखोला पुल कोरोना महामारी को दोस्रो लहरले गर्दा समयमै सम्पन्न हुन नसकेकाले आगामी आ।व। को पहिलो चौमासिक भित्र सम्पन्न गरिनेछ ।

३। गाउँपालिकाको प्रशासकिय भवन निर्माण कार्यलाई आगामी आ।व। भित्र सम्पन्न गरिनेछ ।
४। हेभि इक्वपमेन्ट प्रयोग हुने तथा जटिल प्रकृतिका कार्यहरु ९भवन निर्माण, कालोपत्रे, पुल तथा कलभर्ट० उपभोक्ता समितिबाट गराउन नहुने नीति अवलम्बन गरिनेछ । ५। उपभोक्ता समितिबाट सञ्चालन हुने योजनाको समेत मर्मत सम्भारको कम्तिमा १ वर्षको दायित्व लिने नीति अवलम्बन गरिनेछ । ६। उपभोक्ता समितिबाट सम्झौता गर्ने म्याद बढीमा चैत्र मसान्तसम्म कायम गरिनेछ ।
७। उपभोक्ता समितिबाट हुने कार्यहरुमा योजना सञ्चालनको विषयमा वडा कार्यालयलाई जिम्मेवार बनाईनेछ ।

८। निर्माण कार्यलाई गुणस्तरिय तथा व्यवस्थित बनाउनका लागि कर्मचारीसहित ल्यावको व्यवस्था गरिने तथा उपभोक्ता समिति, ठेक्का प्रणाली लगायतका माध्यमबाट भए गरेका आयोजनाहरुको गुणस्तर परिक्षणको व्यवस्था मिलाइनेछ ।
९। निर्माण कार्यलाई गुणस्तरिय बनाउन १० लाख भन्दा माथिका योजनाहरु अवस्था हेरी टेन्टर प्रक्रियाबाट सञ्चालन गरिनेछ । १०। राप्ती गाउँपालिकामा रहेका सम्पुर्ण खेतियोग्य जमिनमा सिचाई सेवा पुर्या्उन पुराना बोरीङहरुको मर्मत सुधार, प्रगन्ना सिचाई आयोजनाको नहरवाट खेतियोग्य जमिन सम्मका सिंचाई नहरहरु निर्माण गर्न पहल गरिनेछ ।

११। भवन निर्माण कार्यलाई ब्यवस्थीत बनाउन नेपाल सरकार शहरी विकास मन्त्रायबाट स्वीकृत “बस्ती विकास, शहरी योजना तथा भवन निर्माण सम्बन्धी आधारभुत निर्माण मापदण्ड, २०७२” कार्यान्यनमा ल्याईनेछ । १२। विद्युत नपुगेको बस्तीहरुमा विद्युत विस्तार कार्यलाई प्राथमिकता दिनका लागि प्रदेश सरकार संघीय सरकारसँग पहल गरिनेछ । १३। पूर्वाधार विकासलाई दिगो बनाउन र विकास आयोजना प्रति जनताको अपन्वत्वबोध गराउन १५ प्रतिशत श्रममा आधारित जनसहभागीका अनिवार्य गरिनेछ ।

१४। आगामि आ।ब। देखि निर्माण सम्पन्न भएका वडा कार्यालयको कामकारबाहि आफ्नो भवन बाट हुने व्यवस्था गरीने छ र वडा नं। ४ र ९ को भवन निर्माण आगामि आ।व। मा सम्पन्न गरीने छ ।
१५। कार्य सम्पादन तथा कार्यबोझको साथै अतिरिक्त समय काम गर्ने तथा फिल्डजानु पर्ने कर्मचारिहरुको लागी प्रोत्साहनको ब्यवस्था गरीने छ । १६। वजार व्यवस्थापन, हाट वजार संचालन, कालोबजारी नियन्त्रण तथा अत्यावश्यक वस्तु तथा सेवाको उपलब्धताका लागि स्थानीय सरोकारवाला सर्वपक्षिय प्रतिनिधि सम्मिलित समिति गठन गरि अनुगमन र नियमनलाई निरन्तरता दिईनेछ ।
१७। कृषि, खानेपानी तथा सरसफाई, गरिबी न्युनिकरण, साना सिँचाई, लिफ्ट सिँचाई, थोपा सिँचाई, रोजगारमुलक उद्यमको विकास, वस्तिसम्म सडक विस्तार तथा स्तरोन्नतीकरण लगायत पर्यटन प्रवर्द्धनका कार्यक्रमहरुमा साझेदारी नीति अवलम्वन गर्दै पुर्वाधार विकासलाई जोड दिईनेछ।
१८। वस्तीहरुमा विद्युत विस्तार तथा सडक वत्ती विस्तारको लागि आवश्यक कार्यक्रम संचालन गरिनेछ।

आर्थिक विकास तर्फ १। कृषि पेशालाई आर्थिक विकासको मेरुदण्डको रुपमा विकास गर्दै कृषि क्षेत्रलाई आधुनिकिकरण ,व्यवसायीकरण तथा यान्त्रिकरण मा जोड दिदै रोजगारी र आयस्तर वृद्बि गरी राप्ती गाउँपालिकालाई कृषि क्षेत्रको अब्बल गाउँपालिका बनाईनेछ। २। अर्गानिक खेतीमा जोड दिई विस्तारै बिषादि मुक्त क्षेत्र बनाउने । ३। किसानको समस्या समाधान तथा किसानहरुलाई आफै रोग किरा पहिचान तथा नियन्त्रणका लागि घुम्ती बालि उपचार शिविर संचालन गरिने छ ।
४। कृषि क्षेत्रको विकासका लागि वैज्ञानिक र व्यवसायिक खेति प्रणालि अवलम्बन गरिनेछ। माटो परिक्षणका आधारमा पकेट क्षेत्र तथा कृषि व्लक निर्धारण गरि कृषिलाई विविधिकरण र व्यवसायिकरण गर्ने कार्यको शुभारम्भ भएको अवस्थामा यसलाई प्रभावकारी बनाउँदै लगिनेछ। भुल्केलाई स्थानीय कुखुरा र वडा नं ६, ७ र ८ लाई बंगुर उत्पादनको विशेष क्षेत्र तोकि कार्यक्रम संचालन गरिनेछ। ५। राप्ती गाउँपालिका भित्रका साना तथा मझौला किसानहरुको स्तरउन्नती तथा व्यवसायिकरण गरि क्षेत्र विस्तारका लागि पकेट विकास कार्यक्रम संचालन गरिनेछ।

६। कृषक समुह ,फर्म तथा सहकारीमा आवद्ब ,व्यवसायी कृषकहरुलाई उन्नत विऊ विजन,कृषि औजार,घाँस बिउ,आलु तथा तरकारीको बिउ आदिमा अनुदान दिई प्रोत्साहन गरिने ।
७। गाउँपालिकामा बेमौसमी तरकारी खेतीमा प्रोत्साहन गरी आयस्तर बढाई जिवन स्तरोन्नती गर्ने ।
८। यस गाउँपालिकाका किसान तथा कृषि क्षेत्रको वास्तविक अवस्था अध्ययनको लागि तथ्यांक संकलन तथा किसान सूचिकरण जस्ता कार्यक्रम संचालन गरि थप प्रभावकारी सेवा प्रदान गरिनेछ।
९। पशुपन्छीपालनलाई आर्थिक विकासको मेरुदण्डको रुपमा विकास गर्ने पशुपन्छीको नश्ल सुधार , पौष्टिक दाना र आहराको ब्यवस्था पशुपन्छी स्वास्थ सेवा एवम् उत्पादित पशुजन्य पदार्थको बजारीकरण यी चार पक्षलाई समानन्तर रुपमा अघि बढाई एकीकृत रुपमा सेवा प्रदान गर्ने गरि कार्यक्रम आयोजनाहरु तर्जुमा गरि संचालन गरिनेछ ।
१०। राप्ति गाउँपालिकालाई क्रमस स् अण्डा ,दुध र मासुमा आत्मनिर्भर बनाउन अगामी आ।व।०७८र०७९ मा पशुपन्छीपालन क्षेत्रलाई व्यवसायीकरण गर्ने निती अवलम्वन गरिनेछ ।साथै राप्ती गाउँ पालिकाको वडा नं ५ सिँग्ङेमा स्मार्ट कृषि तथा पशुपन्क्षी पालनका कार्यक्रमलाई प्रदेश सरकारको सहकार्यमा स्मार्ट कृषि तथा पशुपन्क्षी कार्यक्रम संचालन गरिनेछ।

११। राप्ती गाउँपालिका क्षेत्र भित्रका पशुपन्छी तथा मत्स्य पालक किसान, व्यवसायिक किसान
,सहकारी,समुहहरुको समस्यालाई संकलन गरि मासिक रुपमा अनलाईन वा प्रत्यक्ष माध्यमबाट विशेषज्ञ सेवा प्रदान गरिनेछ। १२। राप्ती गाउँपालिकाको दुर्गम क्षेत्रमा उपचार सेवालाई सहज बनाउनकोलागि पशु स्वास्थ शिविर राखिने छ।
१३। यस गाउँपालिका भित्र व्यासायिक पशुपन्छी तथा मत्स्य पालन गर्ने किसानहरुलाई प्रोत्साहन गर्नका लागि लागत साझेदारी कार्यक्रम गरिनेछ ।
१४। पशुपन्छीहरुमा रोग निदान गर्नेका लागि आ।व ०७८र७९ बाट आधारभुत ल्याव संचालन गरिनेछ।

सहकारी तर्फ

१। सहकारी क्षेत्रको नियमन, विकास तथा प्रर्वधनका लागि आवश्यक पहल गरिने छ । २। राप्ती गाँउपालिका भित्र भएका सहकारीहरुलाई राष्ट्रीय तथा अन्तराष्ट्रिय सहकारी दिवस तथा सहकारी शिक्षा तथा अनुगमन मुल्यांकन गराई सहकारी विकासमाप्रर्वधनगर्ने निति अवलम्बन गरिनेछ ।
३। सहकारी मार्फत कृषि ब्यवसायिकरण गर्ने नितिलाई प्रथामिकता दिइनेछ । ४। राप्ती गाँउपालिका भित्र भएका सहकारीहरुलाइ कोपोमिस सम्बन्धी तालिम दिई कोपोमिस प्रणालीमा समावेश गरिनेछ।

उद्योग तथा बाणिज्य

१। सौन्दर्यता र स्वच्छता राख्ने अटो भिलेज निर्माण गर्ने कार्यलाई प्रदेश सरकार सँगको सहकार्य र समन्यवयमा अघि बढाईनेछ। २। गाँउपालिका भित्रका बजार क्षेत्रमा जैविक तथा अजैविक फोहोरमैला ब्यवस्थापन गर्न फोहोरमैला व्यवस्थापन कार्यविधि तयार गरि फोहोर व्यवस्थापनका ठोस कार्य अघि वढाइनेछ। ३। राप्ती गाँउपालिका भित्रका बासिन्दाहरुलाई आत्मनिर्भर बनाउन साना तथा घरेलु उद्योगहरु तथा व्यवसायहरु जस्तै च्याउँ खेती कोशेली सामाग्री मह अचार आदि उत्पादन गरि हाट बजार तथा कोशेली घर निर्माण मार्फत व्यवस्थित बजारिकरण गराईनेछ। ४। गाउँपालिका भित्रका विभिन्न वडाहरुमा हाटबजार निर्माण को लागि संम्भाब्यता अध्ययन गरि स्थलको छनौट गरिनेछ । ५। उद्योग वाणिज्य र गाउँपालिकाको सुमधुर सम्बन्ध कायम गर्दै अगाडि बढिने छ ।

रोजगार तर्फ

१। गाउँपालिका रोजगार सेवा केन्द्रमा सूचीकृत बरोजगारीहरुलाई न्यूनतम रोजगारीको प्रत्याभुति गर्नका लागि संघीय कार्यक्रम उपनत्व कायम गरी समुदायको विकास सँग बेरोजगारी न्यूनीकरण गरिनेछ । २। निजी, सहकारी, गैह्रसहकारी क्षेत्र तथा अन्य सरोकारवाला निकाय सँग समन्वय र सहकार्यमा आन्तरिक रोजगारी सिर्जनामा जोड दिईनेछ । ३। रोजगार सेवा केन्द्रमा सूचीकृत बरोजगारहरुलाई पालिकास्तरीय आयोजनाहरुमा परिचालन गर्ने सम्बन्धमा आवश्यक व्यवस्था गरिनेछ ।

कला संस्कृति तथा पर्यटन प्रवर्धन

१। पर्यटकीय क्षेत्रहरुको पहिचान गरी पर्यटकीय पुर्वाधारहरुको निर्माण तथा सुदृढिकरण गर्दै लगिने छ । २। यस क्षेत्रमा रहेको धार्मिक तथा पर्यटकीय स्थलहरु खडकेश्वरी मन्दिर, हर्सेडाडा, देविकोट मन्दिर, र देवीकोट मस्जीद खौराह बाबा मन्दिर ,र बसन्तापुरको स्विजरल्याण्ड पार्क निर्मार्ण तथा ब्यस्थापनको लागि निरन्तरता दिइने छ ।
३। राप्ती गाँउपालिका भित्र रहेका मौलिक कला संस्कृती जातिय पहिचान र जिवनशैलीको संरक्षण तथा प्रवर्द्बन गर्न होमस्टे सहयोग तथा कला संस्कृती संरक्षण कार्यक्रम संचालन गरिनेछ । ४। राप्ती गाउँपालिकाभित्र विभिन्न जाती जनजातीले बोल्ने भाषा, चलि आएका परम्परा, पर्व, संस्कृति, भेषभुषा तथा धर्मको संरक्षण विकास र पुस्तान्तरणका कार्यक्रम सञ्चालन गर्ने नीति अबलम्बन गरिनेछ ।
५। राप्ती गाउँपालिकाभित्र ऐतिहासिक तथा पुरातात्वविक सम्पदाहरुको संरक्षण सम्बर्धन तथा प्रबर्धन गरी आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आकर्षण गर्ने नीति अवलम्बन गरिनेछ । ६। थारु, मगर, गुरुङ लगायतका जनजातीहरुको कला संस्कृतिको संरक्षण र विकासका लागि विशेष कार्यक्रमहरु सञ्चालन गर्ने र थारु समुदायको कला संस्कृति झल्किने डकुमेन्टरी निर्माण गर्ने नीति अबलम्बन गरिनेछ । ७। पाखापानीमा हरित उद्यान पार्क निर्माण गर्न प्रदेश सरकार सँग सहकार्य गरिनेछ ।

वन वातावरण तथा विपद व्यवस्थापन तर्फ

१। हरियाली प्रबर्द्धन, प्राकृतिक स्वच्छता तथा सुन्दरता कायम गर्ने कार्यलाई प्राथमिकता दिईनेछ ।
२। नयाँ सडक ट्रयाक संचालन गर्दा सार्वजनिक तथा वन क्षेत्रहरुमा वृक्षारोपणलाई अनिवार्य गरिनेछ ।
३। सुरक्षित नागरिक आवास कार्यक्रम, जनता आवास कार्यक्रम जस्ता कार्यक्रममा साझेदारी गरी आगोलागी, हुरी तथा विपद् बाट हुने क्षती न्यूनिकरण गरिनेछ । ४। जलचर तथा जलाधार संरक्षण सम्बन्धी कार्यलाई निरन्तरता दिईनेछ ।५। गाउँपालिका स्तरिय विपद प्रतिकार्य योजना अनुरुप विपद् व्यवस्थापन कार्य अगाडी बढाईनेछ । ६। विपद तथा प्रकोप प्रभावितहरुलाई तत्काल उद्दारका लागि त्तच्त् ९त्तगष्अप च्भकउयलकभ त्भबm० प्रत्येक वडामा गठन गरिनेछ। ७। चरिचरन व्यवस्थापन, डढेलो तथा प्रकोप नियन्त्रणका लागि वन संरक्षण सम्बन्धि कार्यक्रम बनाई लागु गरिनेछ। ८। धुवाँमुक्त घर बनाउनका लागि सुधारिएको चुल्हो, क्ष्लमगअतष्यल चुल्हो प्रयोग गर्ने कार्यलाई संस्थागत साझेदारीमा विस्तार गरिनेछ । ९। फोहोरमैला व्यवस्थापन कार्यलाई प्रदेश सरकार समेतको सहकार्यमा अघि बढाईने छ । १०। नदिजन्य पदार्थको व्यवस्थित र सुरक्षित प्रयोगको व्यवस्था मिलाईनेछ । ११। नदी, खोला छेउका खाली जमिनमा बगर तरकारी खेती तथा विभिन्न जातका बोटविरुवा वृक्षारोपण गरिनेछ ।
न्यायीक समिति तर्फ

१। गाउँपलिकाको अधिकार क्षेत्रभित्र रहेका विषयमा न्याय सम्पादन गर्दा छिटो छरिटो र प्रभावकारी विधि अपनाईने छ । यसका लागि ईजलास कक्ष,उजुरी प्रशासक लगाएत अन्य कर्मचारीको व्यवस्था गरिनेछ ।२। वडागत रुपमा मेलमिलापकर्ता सूचीकृत गरी वडा स्तरबाटै मिलमिलाप मार्फत विवादको समाधान गर्न जोड दिईनेछ । अन्त्यमा राप्ती गाउँपालिका आफुले तए गरेका नीति तथा कार्यक्रमको कार्यान्वयनमा प्रतिबद्ध छ । नीति तथा कार्यक्रमले उल्लेख गरेका विषयहरुमा यथासम्भव बजेट व्यवस्थापन गरिनेछ । बजेट तथा कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वयन गर्न गाउँपालिकाको थप पहल, अन्य राजनीति दल, बुद्धिजीवि, संचार जगत तथा नागरिक समाज सबैले रचनात्मक सहयोग गर्नुपर्दछ । यस गाउँपालिका भित्र संचालन हुने हरेक क्रियाकलापहरुमा यहाँहरु सबैको सार्थक सहभागिता तथा कार्यान्वयनमा तत्परताले नै सवृद्धि राप्ती बनाउने अपेक्षा सहित यहाँहरु प्रति हार्दिक आभार प्रकट गर्दै विदा हुन्छु ।
धन्यवाद ।

नुमानन्द सुवेदी
अध्यक्ष राप्ती गाउँपालिका,मसुरिया देउखुरी दाङ

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]