
Ssbus
tssbus
Sssbus1
Gsl
ssbus
Ssbus
Pbu
nsm
Ssbus
Sssbus1

Pvg
Gst
Sbs
Rgs
Bbbpu
Asm
Sls
Rgu
Rgu
Ggd
Vor
Wsp
Ksm
Rsb
Hal
Tsm
Ssm
nsb
Bbu

Pls
Jmb
Bml
Rmb
Rpp
Mks
Gsb
Ptm
sab
Syp
bbt
Abd
Jmb
दाङ । शिक्षा क्षेत्रलाई बिशेष फोकस गर्दै कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र पुर्वाधार गढवा गाउँपालिकाको समृद्धिको आधार भन्ने मूल नाराकासाथ देउखुरी स्थित बिहिवार गढवा गाउँपालिकाले चालु आर्थिक बर्षको निती तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
गाउपालिकाका अध्यक्ष सहजराम यादवले नबौं गाउँसभामा निति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । गाउँपालिकाले पालिकाभरका सरकारी बिद्यालयहरुमा कार्यरत निजी शिक्षकहरुको ब्यवस्थापन गरि कक्षा १ देखि १० सम्म निःशुल्क शिक्षा प्रदान गर्ने,संघीय सरकारको अवधारणा अनुरुप न्यूनतम पारिश्रमिक १५ हजार पुर्याउन वालविकास सहजकर्ता र बिद्यालय कर्मचारीहरुको नपुग तलब बयवस्थापन गर्ने, प्राबिधीक शिक्षालाई बिशेष फोकस गर्ने र शिक्षक बिद्यार्थी अनुपातमा दरबन्दी मिलान र सबै बिद्यालयहरुमा संचार प्रबिधिको बिकास गर्ने निती तथा कार्यक्रम ल्याएको छ ।
त्यस्तै एक वडा एक नमून बिद्यालय,आधारभूत तहमा अगे्रजी माध्यमको बिकास, प्रारम्भिक कक्षामा रमाइलो पढाई दिगो सिकाइ, शैक्षिक संस्थाहरुको भौतिक तथा सामाजिक बिकास, बिद्यालयहरुमा बिज्ञान प्रयोगशाला,इ–लाइबे्ररीको ब्यवस्थापन, छात्रबृत्ति तथा पोषण कार्यक्रमको निरन्तरता,सुचना प्रबिधि र वालमैत्री तथा मावि तहसम्म बिपन्न सिमान्तकृत बिद्यार्थी सहयोग कार्यक्रम संचालन गर्ने लगायतका निती तथा कार्यक्रम सार्वजनिक गरेको छ । यसैगरी संघीय र प्रदेश सरकारबाट प्राप्त ससर्त, समपुरक लगायत आन्तरीक कुल ६२ करोड ६ लाख १० हजार ६ सय ५२ रुपियाँको बजेट समेत सभामा पेश भएको छ । बजेट बाँडफाँड हुन भने बाँकी रहेको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाको बिकास र समृद्धिका लागि आर्थिक बिकास,सामाजिक बिकास, भौतिक पुर्वाधार बिकास, वन वातावरण र बिपद् ब्यवस्थापन, भू संरक्षण उपयोग र संस्थागत बिकास तथा सुशासन कायम गर्न बिभिन्न रणनिती र कार्यनितीका साथ पञ्चबर्षिय आवाधिक योजना निर्माण गरि कार्यान्वयन तर्फ लैजाने निति कार्यक्रममा उल्लेख छ । भूमीहिन, दलित, सुकुम्बासी हरुलाई लगत लिई जग्गाको मालिक बनाउने,छाडा पशुचौपाया नियन्त्रण गर्न गौशालालाई प्रभावकारी ढंगले संचालनमा ल्याउने, गाउँपालिकाका मुख्य–मुख्य सडकहरु कालोपत्रे सुरु गर्ने, नयाँ शहर कार्यक्रमलाई अगाडी बढाउन संघ र प्रदेशसंग थप समन्वय सहकार्य गर्ने र सर्पदंश उपचार केन्द्रमा सेना सहितको प्रभावकारी सेवा संचालनमा पहल गर्ने निति तथा कार्यक्रम ल्याएको छ ।
प्रस्तुत निती कार्यक्रममा कोभिड–१९ रोकथाम तथा प्रतिकार्यकालागि अक्सिजन सहितको आयसुलेशन र खोपको ब्यवस्थापनमा पहल गर्ने, पर्यटन बिकास तर्फ होमस्टे सहितको नमूना गाउँ निर्माण, धान खोला, जंगलकुटी, कोइलाबासको रामजानकी, कन्दरा, हंसेश्वर, कोटही, कालिमन्दीर, कुलपानी र कोटियामाई जस्ता ऐतिहासीक, धार्मिक, पर्यटकीय र पुरातात्विक महत्वका स्थलहरुको बिकास र संरक्षणमा जोड दिने, प्रगन्ना तथा बड्कापथ सिंचाई आयोजनाको निर्माण कार्यलाई सहज बनाउने, दशवटा जटील रोग लागेका नागरिकलाई उपचार सहयोगमा निरन्तरता दिने, आकस्मिक सेवा सहितको १५ शैयाको अस्पताल स्थापनामा जोड दिने, स्वास्थ्य चौकीहरुमा एमबिबिएस डाक्टरको ब्यवस्थापनमा पहल गर्ने, सुत्केरी पोषण भत्तालाई निरन्तरता दिने, स्वास्थ्य कर्मिलाई प्रोत्साहन तथा क्षमता अभिबृद्धि,आमा समूह र स्वयंसेविकाहरुलाई क्षमता बिकास र प्रोत्साहन, स्वास्थ्य चौकी नभएका वडाहरुमा स्वास्थ्यचौकी निर्माण र स्वास्थ्य संस्थाहरुमा गुणस्तरिय स्वास्थ्यसेवा लगायतका महत्वपुर्ण निति कार्यक्रमहरु तय गरिएको गाउँपालिकाले जनाएको छ ।
यसैगरि वन, वातावरण र विपद् ब्यवस्थापनको कार्यलाई प्रभावकारीता दिने, लैगिक समानता र सामाजिक समावेशीकरणका बिभिन्न कार्यक्रम संचालन गर्ने,महिलाहरुका लागि सेफ हाउस बनाउन पहल गर्ने, मुक्त कम्लरीहरुका लागि रोजगार प्रबर्धनका तालिमहरु संचालन गर्ने, महिला, वालवालीका, दलित, अपांगता तथा जेष्ठ नागरिककालागि बिशेष प्याकेजका कार्यक्रमलाई निरन्तरता दिने, गाउँ यातायात गुरुयोजनालाई कार्यान्वयनमा लैजाने, अनुगमन र नियमन तथा सेवाप्रबाहलाई प्रभावकारीता दिने र अधुरा क्रमागत बिकास योजनाहरुलाई निरन्तरता दिने निती कार्यक्रममा उल्लेख गरिएको छ ।
त्यसैगरी प्रधानमन्त्री रोजगार कार्यक्रम र मुख्यमन्त्री ग्रामिण बिकास कार्यक्रम मार्फत बेरोजगार तथा बिपन्न सिमान्तकृत समुदायलाई रोजगार मूलक कार्यक्रम संचालन गर्ने, कृषि तथा पशुपालन तर्फ कृषियोग्य जमिनको खण्डिकरणमा बन्देज गर्ने, जग्गा बाँझो राख्न नदिने, पशु हाटबजार र पशुजन्य उत्पादनको बजारिकरणमा पहल गर्ने, कृषि उपज संकलन केन्द्र र शित भण्डारको ब्यवस्थापन गर्ने, सबै वडाहरुमा ब्यवसायिक तथा कृषिमैत्रि कार्यक्रम संचालन गर्ने, कृषमा यान्त्रीकरण र आधुनिकीकरण गर्ने, उन्नत पशुपालन र पशु नश्ल सुधारका कार्यक्रम संचालन गर्ने, पशुस्वास्थ्य शिविर, पशुबिमा, तरकारी खेति प्रबर्धन अनुदान, रेशम खेति प्रबर्धन,माछापालन र अग्र्यानिक खेति प्रबर्धन लगायतका निति कार्यक्रमहरु ल्याइएको पालिकाले जनाएको छ ।
यस्तै गढवा गाउँपालिकाले पठनपाठन, बिद्यार्थी संख्या, अतिरिक्त कृयाकलाप र सबै हिसाबले उत्कृष्ट स्थानमा छानीएका सरस्वती प्राबि सुपैला,नमूना आधारभूत कक्रहवा र जनता माध्यमिक बिद्यालय कालाकाटे गरि तिन तहका तिन बिद्यालयहरुलाई जनही एक एक लाख पुरस्कार प्रदान गरि सम्मान गरेको छ । गाउँसभाको बन्दशत्र असार २० देखि सुरु गर्नेगरि स्थगित गरिएको छ ।
