
Msbus
Rgp
Ksbus
Ksbus
Ggp
Sdc
Ggp
Asbus
Lnp

दाङ । लमही नगरपालिकाले आगामी आर्थिक बर्षको लागि एक अर्व ८ करोड बढीको बजेट प्रस्तुत गरेको छ । उप–प्रमुख देवका बेल्वासेले संघिय वित्तिय समानिकरण अनुदान, संघिय राजश्व वाँडफाँड, प्रदेश वित्तिय समानिकरण अनुदान, प्रदेश सवारी कर वाँडफाँड, आन्तरिक आय लगायत गरी एक अर्व ८ करोड ४२ लाख ३८ हजार ६ सय ७ रुपैयाँको बजेट प्रस्तुत गर्नु भएको हो ।
संघिय वित्तिय समानिकरण अनुदान १५ करोड ११ लाख, संघिय राजश्व वाँडफाँड अनुदान ११ करोड १५ लाख ६७ हजार, संघिय शसर्त अनुदान २८ करोड ८० लाख, संघिय बिशेष अनुदान ८३ लाख, प्रदेश वित्तिय समानकिरण अनुदान ७१ लख ५७ हजार, प्रदेश सवारी साधन कर वाडफाँड अनुदान २ करोड ६९ लाख ९१ हजार ५ सय ७८, प्रदेश सरकार रोयल्टी ४० हजार २९, प्रदेश सशर्त अनुदान एक करोड १५ लाख ४४ हजार, प्रदेश सरकार बिशेष अनुदान ७० लाख, प्रदेश सरकार समपुरक अनुदान २ करोड, आन्तरिक आय ३४ करोड ४३ लाख ५० हजार, लमही अस्पतालको आन्तरिक आय २ करोड ८१ लख ८९ हजार र बैंक मौज्दात ८ करोड गरी जम्मा एक अर्व ८ करोठ ४२ लाख ३८ हजार ६ सय ७ रुपैयाँको बजेट प्रस्तुत गरिएको छ ।
त्यस्तै स्वास्थ्य सेवालाई व्यवस्थित तथा सुदृढिकरण गर्दै सर्वसुलभ स्वास्थ्य सेवा उपलब्ध गराउन ८ करोड ८९ लाख बजेट विनियोजन भएको छ । लमही अस्पतालको पूर्वाधार र जनशक्ति व्यवस्थापनको लागी ५ करोड १० लाख बजेट विनियोजन गरिएको छ । नगरको शिक्षा क्षेत्रमा कुल १६ करोड ७३ लाख २३ हजार बजेट विनियोजन गरिएको छ ।
यस्तै कोरोनाका कारण सृजना भएको असहज परिस्थितीलाई मध्यनजर गर्दै शैक्षिक गुणस्तर सुधार र बैकल्पिक प्रणालीबाट विद्यार्थीहरुको सिकाई सहजीकरण गर्न २५ लाख बजेट छुट्याइएको छ भने
पर्यटकीय क्षेत्रको विकास र पूर्वाधार निर्माणमा ३ करोड ४५ लाख बजेट छ ।
त्यस्तै विपद व्यवस्थापनको लागि एक करोड ६० लाख, आश्रय घर निर्माणको लागी ५० लाख, नगर आपतकालिन कार्य सञ्चालन केन्द्र सञ्चालन गर्न बजेटले सम्वोधन गरेको छ । यस्तै वातावरण सरसफाई तथा विपद व्यवस्थापन शाखाको लागी एक करोड ४३ लाख ९० हजार बजेट विनियोजन गरिएको छ । भौतिक पूर्वाधार विकासका लागी १४ करोड ३७ लाख ५० हजार, जनता संग मेयर कार्यक्रमको लागी एक करोड, जनता संग उपमेयर कार्यक्रको लागी ५० लाख बजेट विनियोजन गरिएको छ । वडा तर्फका योजनाको लागी ९ करोड विनियोजन गरिएको छ ।
