
Pbu
Gisld
Mbdvs
Rbs
mbd
Sds

Tsm
Vor
Rgu
Rgu
Sls
Rgs
Asm
Rsb
Ggd
Pvg
Bbbpu
Hal
Ssm
Wsp
Bbu
Ksm
Gst
Sbs
nsb

Pls
Bml
sab
Rmb
Mks
Syp
Gsb
Abd
bbt
Jmb
Jmb
Rpp
Ptm
दाङ । कैलाली निवासी सिला चौधरी चितवनमा मज्दुरी गर्छिन् । उनको काखमा सानो बच्चापनि छ । देशमा लकडाउन भएपछी उनी सँगै अन्य १५ जना समस्यामा परे । लकडाउन खुल्ने अाशमा केही दिन उनिहरु उतै बसे ।
तर, लकडाउन खुल्नुको साटो झन एक हप्ता थपियो । देशमा कोरोनाको संक्रमण बढ्दै जाँदा लकडाउन खुल्ने अाश पनि मय्रो । कैलाली सम्म पुग्नलाई उनिहरुले अाफ्नो ठेकेदारलाई अनुरोध गरे । सहयोग गर्नुको साटो ठेकेदार झन काम गरेको पैशा नै भुक्तानी नगरी फरार भए । कैलाली सम्म पुग्नलाई न उनिहरु सँग पैशा छ न गाडीको ब्यबस्था नै! अन्त्यमा उनिहरु जसरी भएपनि घर पुग्ने अठोट सहित पैदल यात्रा सुरु गरे । भोकै प्यासै यो चर्को धुपमा काखमा बच्चा बोकी पैदल यात्रा गर्दै अाईतबार लमही अाए पुगेका उनिहरुलाई गन्तब्यमा पुय्राईएको छ ।
देउखुरी उद्योग बाणिज्य संघका अध्यक्ष रत्न प्रसाद श्रेष्ठले अाफ्नै खर्चमा गाडीको ब्यबस्था गरि अाफ्नो क्षत्राधिकारको सिमाना सम्म पठाएका हुन् ।उनिहरु संगै सोही गाडीमा सल्यानबाट बर्दिया जाने अन्य ५ जना सहित २० जनालाई पठाईएको हो । उनिहरुको मर्मलाई अात्मसाथ गर्दै अध्यक्ष श्रेष्ठले लमहीमा नास्ता पानी खुवाएर मास्क बितरण गर्दै गन्तव्य मा पुय्राएका हुन् । त्यसो त अध्यक्ष श्रेष्ठले दैनिक जसो पैदल यात्रीलाई नास्ता पानी खुवाउँदै टाढा सम्म जाने यात्रुको लागि गाडीको ब्यबस्था गरि गन्तब्य सम्म पुय्राउदै अाएका छन् ।
अापतकालिन अबस्थामा मानबिय सेवानै धर्म हो भन्दै उनी चोकमा बसेर सबै पैदल यात्रुहरु संग दुख सुख साट्ने गर्छन् । उनी भन्छन् मरेर लानु केही छैन, यो अापतकालिन अबस्थामा सबैले सक्दो सहयोग गरौँ । यतिमात्र होईन लमही नगरपालिका अन्तर्गतका अति बिपन्न तथा दैनिक मजदुरी गरि साँझ बिहान छाक टार्ने परिवारको पहिचान गर्दै उनले खाद्यान्न समेत बितरण गर्दै अाईरहेका छन् ।
