टेक बहादुर पुन आइतबार, चैत्र ३०, २०७६

दाङ । कैलाली निवासी सिला चौधरी चितवनमा मज्दुरी गर्छिन् । उनको काखमा सानो बच्चापनि छ । देशमा लकडाउन भएपछी उनी सँगै अन्य १५ जना समस्यामा परे । लकडाउन खुल्ने अाशमा केही दिन उनिहरु उतै बसे ।
तर, लकडाउन खुल्नुको साटो झन एक हप्ता थपियो । देशमा कोरोनाको संक्रमण बढ्दै जाँदा लकडाउन खुल्ने अाश पनि मय्रो । कैलाली सम्म पुग्नलाई उनिहरुले अाफ्नो ठेकेदारलाई अनुरोध गरे । सहयोग गर्नुको साटो ठेकेदार झन काम गरेको पैशा नै भुक्तानी नगरी फरार भए । कैलाली सम्म पुग्नलाई न उनिहरु सँग पैशा छ न गाडीको ब्यबस्था नै! अन्त्यमा उनिहरु जसरी भएपनि घर पुग्ने अठोट सहित पैदल यात्रा सुरु गरे । भोकै प्यासै यो चर्को धुपमा काखमा बच्चा बोकी पैदल यात्रा गर्दै अाईतबार लमही अाए पुगेका उनिहरुलाई गन्तब्यमा पुय्राईएको छ ।
देउखुरी उद्योग बाणिज्य संघका अध्यक्ष रत्न प्रसाद श्रेष्ठले अाफ्नै खर्चमा गाडीको ब्यबस्था गरि अाफ्नो क्षत्राधिकारको सिमाना सम्म पठाएका हुन् ।उनिहरु संगै सोही गाडीमा सल्यानबाट बर्दिया जाने अन्य ५ जना सहित २० जनालाई पठाईएको हो । उनिहरुको मर्मलाई अात्मसाथ गर्दै अध्यक्ष श्रेष्ठले लमहीमा नास्ता पानी खुवाएर मास्क बितरण गर्दै गन्तव्य मा पुय्राएका हुन् । त्यसो त अध्यक्ष श्रेष्ठले दैनिक जसो पैदल यात्रीलाई नास्ता पानी खुवाउँदै टाढा सम्म जाने यात्रुको लागि गाडीको ब्यबस्था गरि गन्तब्य सम्म पुय्राउदै अाएका छन् । अापतकालिन अबस्थामा मानबिय सेवानै धर्म हो भन्दै उनी चोकमा बसेर सबै पैदल यात्रुहरु संग दुख सुख साट्ने गर्छन् । उनी भन्छन् मरेर लानु केही छैन, यो अापतकालिन अबस्थामा सबैले सक्दो सहयोग गरौँ । यतिमात्र होईन लमही नगरपालिका अन्तर्गतका अति बिपन्न तथा दैनिक मजदुरी गरि साँझ बिहान छाक टार्ने परिवारको पहिचान गर्दै उनले खाद्यान्न समेत बितरण गर्दै अाईरहेका छन् ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]