
Asbus
Ggp
Lnp
Ksbus
Sdc
Ggp
Ksbus
Rgp
Msbus


प्युठान। जंगलभरी ढकमक्क राष्ट्रीय फुल लालिगुराँस फुलेका छन् । राताम्मे गुरासले बनै मनमोहक बनाएको छ । शरद ऋतुको अन्तिमपछि फूलेर बसन्त ऋतुसम्म वनभरि सौन्दर्य छरिरहेका छन लालीगुराँस। तर, अहिले कोरोनाको विश्वव्यापी महामारी छ। त्यसैले हिजोआज अबलोकन गर्ने कोही छैनन्। लकडाउनका कारण हिँडडुल बन्द छ।
ओठमा लिपिस्टिक लगाएका जस्ता देखिन्छन् लालिगुराँसका बोटहरू। उनीहरूको ओठमा चुम्नलाई कोहि भेटिदैन , नत सुम्सुम्याउने र हात मिलाउनेहरू।
हुनपनि कसरी जाउन , चुम्बन गर्दा कोरोना सर्ने डर छ र हात मिलाउदा पनि। उनीहरूलाई हेरिदिने र अर्को वर्ष अझै वैसालु बन्न अभिप्रेरित गर्ने प्युठानीहरु कोही जादैनन्। जाउन पनि कसरी नेपालमा अहिले लकडाउन छ। एक ठाउँबाट अर्को ठाउँमा जान दिदैन प्रहरीहरुले ,। आफुहरु त डिउटीमा बाहाना बनाइ बनाइ आउछन। गाउँमा ठुला भनाउदाहरु के छ भनेर गाउँ आएका वेला लुकी लुकी सुटुक्क आउछन। पत्रकारहरु समाचार बनाउने बाहानामा आउछन, लुकेर चुमेर जान्छन् ।तर अरुलाई आउन दिदैनन। यस्तै लाग्छ उनीहरुलाई। पाखाभरि नै ढकमक्क फुलेका गुराँसले जो कोहिको पनि मन लोभ्याउने गर्दछ । तर उनीहरू हेरिदिने कोही पनि छैन। उनिहरूलाई लाग्दो हो, यसपालि प्यूठानीले माया मारेछन। यस बर्षको मेरो लाली जोवन ओइलाएर जाने भयो।लाग्छ, गुराँसका थुँगाहरु कोही आउने प्रतीक्षामा छन्।प्युठानको स्वर्गद्धारी,गौमुखी र नौबहिनी भेगका जंगलहरुमा गुरास फुलेका हुन।
