
Pbu
Rbs
Gmk
Ksm
Gisld
Anm
Mbdvs
Sds
mbd

Vor
Sbs
Ggd
Rgu
Gst
Ssm
Sls
Bbu
Ksm
Hal
Tsm
Bbbpu
Pvg
Asm
nsb
Rgs
Wsp
Rgu
Rsb

Mks
sab
Rpp
Syp
Rmb
Ptm
Jmb
Pls
bbt
Gsb
Abd
Bml
Jmb
सुदुरपश्चिम् । सुदूरपश्चिमका ७ पहाडी जिल्लाका बासिन्दाको उपचारको केन्द्र समेत मानिएको डडेल्धुरा अस्पतालले भने सरकारी निर्देशनको अवज्ञा गर्दै कोरोना परीक्षण गर्दा सबैको शुल्क लिन थालेको छ । अस्पतालले लक्षण भएका र कन्ट्याक्ट ट्रेसिङङमा परेका व्यक्ति मात्र होइन संक्रमितले फलोअप गराउँदा समेत शुल्क लिने गरेको पाइएको हो ।
त्यस्तै अमरगढी नगरपलिका-५ का गणेश मगरले कन्ट्याक्ट ट्रेसिङङ र कोरोनासँग मिल्दाजुल्दा लक्षण हुँदाहुँदै पनि अस्पतालले जबरजस्ती शुल्क लिएको गुनासो गरे । मगरका घरका ४ जना सदस्यलाई संक्रमण पुष्टि भएको केही दिनपछि स्वाद र गन्ध हराउने लक्षण देखिएपछि वैशाख ३१ गते परीक्षणका लागि स्वाब दिन अस्पताल पुगेका थिए ।
कन्ट्याक्ट ट्रेसिङङ र कोरोनासँग मिल्दाजुल्दा लक्षण भएका व्यक्तिको निःशुल्क परीक्षण हुने गरेको सुनेका मगरले अस्पताललाई एक हजार रुपैयाँ तिर्नुपर्यो । ‘सरकारले जारी गरेको निर्देशनबारे जानकारी गराउँदा समेत प्रयोगशालाले निःशुल्क गर्न मानेन,’ मगरले गुनासो गर्दै अनलाइनखबरसँग भने, ‘अस्पताल व्यवस्थापन समिति र प्रशासनसँग बुझ्दा अनावश्यक रुपमा मानिसहरु परीक्षण गर्न आउने गरेकाले शुल्क लिने गरेको जवाफ आयो । मैले त शुल्क तिरे तर आर्थिक रुपले विपन्न नागरिकले कहाँबाट तिर्छ होला ? महामारीमा अस्पताल किन ज्यादती गर्दैछ ? ’
अमरगढी नगरपालिकाकै ईश्वरी सिजापती दम्पत्तीलाई झण्डै दुई साता अघि कोरोना भाइरसको संक्रमण पुष्टि भयो । त्यतिबेला निःशुल्क परीक्षण गराएका सिजापती दम्पत्ती फलोअपका लागि पुनः परीक्षण गर्न अस्पताल पुगे तर अस्पतालले शुल्क लाग्ने भन्दै उनीहरुलाई फर्काइदियो । फलस्वरुप उनीहरु संक्रमण मुक्त भए वा अझै शरीरमा कोरोना भाइरस छ भन्ने कुरा थाहा पाउनबाट बञ्चित भए । सरकारी निर्देशन विपरीत कोरोना परीक्षणको शुल्क लिएको विषयमा प्रतिक्रिया माग्न अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डाक्टर जगदिश बिष्टलाई सम्पर्क गर्दा उनको फोन उठेन ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष करुणाकर ओझाले भने अनावश्यक रुपमा परीक्षण गर्न आउने क्रम बढेकाले शुल्क लिन थालिएको बताए । ‘अस्पतालमा भर्ना हुने बिरामीको हकमा हामीले शुल्क लिएका छैनौँ,’ ओझाले अनलाइनखबरसँग भने, ‘तर कन्ट्याक्ट ट्रेसिङङमा परेर स्वऐच्छिक रुपले परीक्षण गराउन आउनेहरुबाट प्रति व्यक्ति एक हजार रुपैयाँ लिइरहेका छौँ । निःशुल्क हुँदा अनावश्यक रुपमा परीक्षण गर्न आउने क्रम बढेकाले शुल्क निर्धारण गरेका हौँ ।’
सरकारले कन्ट्याक्ट ट्रेसिङङमा परेका व्यक्तिलाई निःशुल्क परीक्षण गर्न निर्देशन दिएको छ नि ? भन्ने प्रश्नमा ओझा त्यस्ता व्यक्ति पहिचान गर्न गाह्रो हुने बताउँछन् । ‘कोही कन्ट्याक्ट ट्रेसिङङमा परेको छ की छैन ? कसरी पत्ता लगाउने ? संक्रमितको सम्पर्कमा भए/नभएको प्रमाण के हुन्छ ?’ ओझाले भने । साभार अनलाइन खबर
