Sidha Patra बुधबार, जेठ ०५, २०७८

सुदुरपश्चिम् । सुदूरपश्चिमका ७ पहाडी जिल्लाका बासिन्दाको उपचारको केन्द्र समेत मानिएको डडेल्धुरा अस्पतालले भने सरकारी निर्देशनको अवज्ञा गर्दै कोरोना परीक्षण गर्दा सबैको शुल्क लिन थालेको छ । अस्पतालले लक्षण भएका र कन्ट्याक्ट ट्रेसिङङमा परेका व्यक्ति मात्र होइन संक्रमितले फलोअप गराउँदा समेत शुल्क लिने गरेको पाइएको हो ।

त्यस्तै अमरगढी नगरपलिका-५ का गणेश मगरले कन्ट्याक्ट ट्रेसिङङ र कोरोनासँग मिल्दाजुल्दा लक्षण हुँदाहुँदै पनि अस्पतालले जबरजस्ती शुल्क लिएको गुनासो गरे । मगरका घरका ४ जना सदस्यलाई संक्रमण पुष्टि भएको केही दिनपछि स्वाद र गन्ध हराउने लक्षण देखिएपछि वैशाख ३१ गते परीक्षणका लागि स्वाब दिन अस्पताल पुगेका थिए ।

कन्ट्याक्ट ट्रेसिङङ र कोरोनासँग मिल्दाजुल्दा लक्षण भएका व्यक्तिको निःशुल्क परीक्षण हुने गरेको सुनेका मगरले अस्पताललाई एक हजार रुपैयाँ तिर्नुपर्‍यो । ‘सरकारले जारी गरेको निर्देशनबारे जानकारी गराउँदा समेत प्रयोगशालाले निःशुल्क गर्न मानेन,’ मगरले गुनासो गर्दै अनलाइनखबरसँग भने, ‘अस्पताल व्यवस्थापन समिति र प्रशासनसँग बुझ्दा अनावश्यक रुपमा मानिसहरु परीक्षण गर्न आउने गरेकाले शुल्क लिने गरेको जवाफ आयो । मैले त शुल्क तिरे तर आर्थिक रुपले विपन्न नागरिकले कहाँबाट तिर्छ होला ? महामारीमा अस्पताल किन ज्यादती गर्दैछ ? ’

अमरगढी नगरपालिकाकै ईश्वरी सिजापती दम्पत्तीलाई झण्डै दुई साता अघि कोरोना भाइरसको संक्रमण पुष्टि भयो । त्यतिबेला निःशुल्क परीक्षण गराएका सिजापती दम्पत्ती फलोअपका लागि पुनः परीक्षण गर्न अस्पताल पुगे तर अस्पतालले शुल्क लाग्ने भन्दै उनीहरुलाई फर्काइदियो । फलस्वरुप उनीहरु संक्रमण मुक्त भए वा अझै शरीरमा कोरोना भाइरस छ भन्ने कुरा थाहा पाउनबाट बञ्चित भए । सरकारी निर्देशन विपरीत कोरोना परीक्षणको शुल्क लिएको विषयमा प्रतिक्रिया माग्न अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डाक्टर जगदिश बिष्टलाई सम्पर्क गर्दा उनको फोन उठेन ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष करुणाकर ओझाले भने अनावश्यक रुपमा परीक्षण गर्न आउने क्रम बढेकाले शुल्क लिन थालिएको बताए । ‘अस्पतालमा भर्ना हुने बिरामीको हकमा हामीले शुल्क लिएका छैनौँ,’ ओझाले अनलाइनखबरसँग भने, ‘तर कन्ट्याक्ट ट्रेसिङङमा परेर स्वऐच्छिक रुपले परीक्षण गराउन आउनेहरुबाट प्रति व्यक्ति एक हजार रुपैयाँ लिइरहेका छौँ । निःशुल्क हुँदा अनावश्यक रुपमा परीक्षण गर्न आउने क्रम बढेकाले शुल्क निर्धारण गरेका हौँ ।’

सरकारले कन्ट्याक्ट ट्रेसिङङमा परेका व्यक्तिलाई निःशुल्क परीक्षण गर्न निर्देशन दिएको छ नि ? भन्ने प्रश्नमा ओझा त्यस्ता व्यक्ति पहिचान गर्न गाह्रो हुने बताउँछन् । ‘कोही कन्ट्याक्ट ट्रेसिङङमा परेको छ की छैन ? कसरी पत्ता लगाउने ? संक्रमितको सम्पर्कमा भए/नभएको प्रमाण के हुन्छ ?’ ओझाले भने । साभार अनलाइन खबर

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]