
ksbus
Amb
Sdc


दाङ । दाङको कालाकाटे–सिक्टा हुलाकी सडक निर्माणस्थलमा काम गर्ने क्रममा बालुवामा पुरिएर एक मजदुरको मृत्यु भएको छ।
गढवा गाउँपालिका–२ निवासी ४५ वर्षीय लालमणि यादवको शनिबार बिहान करिब साढे ९ बजे मृत्यु भएको प्रहरीले जनाएको छ। यादव बज्रगुरु कान्छाराम जेभी कन्ट्रक्सन प्रालिले सञ्चालन गरेको अलकत्रा (बिटुमिन) बनाउने प्लान्टमा मजदुरका रूपमा कार्यरत रहेका थिए।
प्रहरीका अनुसार यादवले काम गरिरहेको थाहा नपाई जेसीबी चालकले प्लान्ट क्षेत्रमा बालुवा फालेका थिए। सोही क्रममा बालुवाले पुरिएर यादव गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि लमही अस्पताल लगिए पनि उपचारकै क्रममा मृत्यु भएको छ।
घटनापछि इलाका प्रहरी कार्यालय गढवाले बालुवा फाल्ने जेसीबी र चालकलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।
