Sidha Patra बुधबार, जेठ ०५, २०७८

नवलपरासी । पश्चिम नवलपरासीको दक्षिणी सीमामा सशस्त्र प्रहरीले चलाएको गोली लागेर घाइते भएका स्थानीय युवकको मृत्यु भएको छ ।

त्यस्तै गोली लागेर मृत्यु हुनेमा प्रतापपुर गाउँपालिका वडा नम्बर ६ का २३ वर्षीय अविनाश राजभर छन् । उनको स्थानीय सहिद स्मृति अस्पताल चौपातामा उपचार हुन नसकेपछि बुटवल सिटी अस्पतालमा लैजादै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै भारतीय सीमा क्षेत्रको सुस्ता गाउँपालिका–५ स्थित नथुई नाका (वनकट्टी)बाट भारततर्फ जान लागेका स्थानीय केहि युवालाई नाकामा खटिएका सशस्त्र प्रहरीले कोभिड-१९ को जोखिमका कारण रोकेको थियो ।आफुहरुलाई सशस्त्रले रोकेर जान नदिएको भन्दै उनीहरुले गाउँमा पुगेर अरू स्थानीयलाई खबर गरेको र खबर पाउने बित्तिकै ५०/६० जनाको समूहमा आएका स्थानीयहरुले सशस्त्रमाथि ढुंगा मुढा प्रहार गरेपछि झडप भएको सशस्त्र प्रहरी बल नेपाल नं २६ गण हेडक्वाटर पश्चिम नवलपरासीका उपरीक्षक महेश अधिकारीले बताए ।

त्यस्तै अधिकारीका अनुसार भीडलाई नियन्त्रण गर्न सुरुमा अश्रु ग्याँस प्रहार गरेको भएतापनि भीड असमान्य तरिकाबाट आक्रामक भएपछि बाध्य भएर सशस्त्र प्रहरीले एक राउन्ड गोली चलाएको हो ।

सो भीडले आक्रमण गर्दा नाकामा खटिएका सशस्त्र प्रहरी नायब निरक्षक शंकर बुढाथोकी सहित अन्य ६ जना सशस्त्र प्रहरी घाइते भएका छन् । घाइते बुढाथोकीको टाउकोमा चोट लागेको सशस्त्र प्रहरीले जनाएको छ ।

यस्तै भारतीय सिमा नाकामा सिमा नाका सुरक्षार्थ बोडर आउट पोष्टहरुमा १ जना सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा ३५ जना सशस्त्र प्रहरीको दरबन्दी भएको भएतापनि ति पोष्टहरुमा जम्मा ५/६ जना मात्र सशस्त्र प्रहरी ड्युटीमा खटिने हुँदा बेला बेलामा ति सुरक्षाकर्मी माथि स्थानीयहरुले आक्रमण गर्ने गरेका छन् ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]