बिमल प्रसाद पाेख्रेल, प्युठान। शुक्रबार, चैत्र २८, २०७६

जिल्लाकाे झिमरुक गाउपालिका वडा नंवर १ बडाचाैरका युबाहरु खानेपानिकाे जाेहाे गर्न जुटेका छन। सरकारद्धारा जारी गरिएको ‘लकडाउन’को समयलाई सदुपयोग गर्दै गाउका युवाहरुले खानेपानी मुहान ब्यबस्थित गर्न जुटेका हुन। गाउमा जनसंख्या थपिदै गएपछी खानेपानी मर्मत र संरक्षणमा जुटेको युवाहरुको भनाई छ । स्थानीय यूवा रामप्रसाद पोख्रेलले लकडाउनको समयलाई सदुपयोग गर्दै युवाहरु गाउंमा रहेका खानेपानीका मुहानहरु सरसफाइ गर्न लागिएको जानकारी गराए । पहाडका खोचहरुमा रसाएका पानीका थोपाहरु संग्रह गरि गाउँमा सरसफाई र बस्तुभाउलाई पानीको व्यवस्थ ागर्ने गरिएको स्थानीय समाजसेवी ६८ वर्षिय ठाकुर प्रसाद पोख्रेलले बताए । यूवाहरु गाउँ फर्किएर विकास निर्माणका काममा जुटेको देख्दा आफूलाई हर्षित बनाएको उनी प्रतिक्रिया दिन्छन् । गाउँका युवा गाउमै रहेर काम गर्दा लकडाउनको कुनै प्रभाव नपरेको उनको भनाई छ । मकैँ छर्ने, मल बोक्ने, बर्षभरि बाल्ने दाउराको जोहो गर्ने काममा यूवाहरुले सघाउँदा बृद्ध बुवाआमाहरु खुसीले गदगद छन् । यूवाहरु घर छाडेर जाँदा गाउँमा बृद्धबृद्धा, महिला र बालवालिका मात्रै थिए । लकडाउनले सवै घर आएपछि गाउँ गुल्जार बनेको छ । विभिन्न पेशा, व्यवसायले घर बाहिर भएकाहरु अहिले गाउँ खोज्दै आएका छन् । उनीहरु सँधै गाउँमै बसीरहने व्यवस्था भएमा बृद्धबृद्धाहरु खुसी हुने स्थानीयबासी बताउँछन् । लकडाउनभरी गाउलेहरु गाउँबाहिर नजाने निर्णय यूवाहरुले गरेको वडा सदस्य शंकर पोख्रेलले बताए ।समुन्द्री सतहदेखि १ हजार ६ सय मिटर उचाईमा रहेको बस्ती पहाडको काखमा भएकाले गाउँमा खानेपानी लैजान समस्या छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]