टेकबहादुर पुन सोमबार, जेठ ०३, २०७८

दाङ । देउखुरी स्थित लमही अस्पतालमा कार्यरत स्वास्थ्यकर्मि हरुका लागि पौष्टिक आहार (अण्डा) सहयोग गरिएको छ ।

नेपाल पशु स्वास्थ्य सेवा प्राबिधिक संघ दाङ जिल्ला अध्यक्ष मोहन केसीले आईतबार अस्पतालमै पुगेर २ कार्टुन अण्डा हस्तान्तरण गरेका हुन् । लमही खानेपानी सँस्थाका सचिब सनम पौडेलको विशेष आग्रहमा अग्रपँक्तिमा खट्नुहुने स्वास्थ्यकर्मीको स्वास्थ्यलाई ध्यानमा राखी पौष्टिक आहार बितरण गरिएको केसीले बताउनु भयो ।

त्यस्तै ‘स्वास्थ्यकर्मी बाँचे हामी बच्छौ,पहिला उहाँहरुलाई बचाउन आबस्यक छ अध्यक्ष केसीले भने-मेरो यो सानो सहयोग अरुका लागि सिकाई हुन सक्छ ।’ उनले आबस्यक्ता अनुसार स्वास्थ्यकर्मिका लागि अझै अण्डा सहयोग गर्ने प्रतिबद्दता समेत ब्यक्त गरेका छन् । सधै जोखिम मोलेर उपचारमा तैनाथ हुने स्वास्थ्यकर्मि हरुको लागि सबैले सक्दो सहयोग गर्नुहुन अध्यक्ष केसीले सबैमा अनुरोध गरेका छन् ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]