Sidha Patra शनिबार, जेठ ०१, २०७८

दाङ । कोरोना संक्रमण भई युनिभर्सल मेडिकल कलेज भैरहवाको आइसियू कक्षमा लामो समयदेखि उपचाररत नेपाल पत्रकार महासंघ दाङका साधारण सदस्य रेडियो हापुरेमा कार्यरत पत्रकार लक्ष्मण बस्नेतको उपचारका लागि नेपाल पत्रकार महासंघ दाङ शाखाले आर्थिक सहयोग गरेको छ ।त्यस्तै पत्रकार बस्नेतको उपचारमा आर्थिक समस्या भएकोले पत्रकार महासंघ दाङ शाखाको पत्रकार सहायता कोषबाट तत्काल १५ हजार रुपयाँ सहयोग गरिएको पत्रका महासंघका अध्यक्ष दुर्गालाल केसीले जानकारी दिनु भयो । यस्तै पत्रकार बस्नेतको उपचारमा अझै समस्या भएकाले सम्पूर्ण सञ्चार संस्था, पत्रकार लगाएत अन्य सहयोगी हरुलाई आर्थिक सहयोग गरी जीवन बचाउने एक मानवीय कर्ममा सरिक भैदिन संघका सचिव आर के शितलले सम्पुर्णमा अनुरोध गर्नु भएको छ ।त्यस्तै हालसम्म पत्रकार बस्नेतको उपचार खर्चको लागि सरस्वती जनता मावी गङटेका बिज्ञान शिक्षक अरुन कुमाइले रु ३ हजार सहयोग गर्नुभएको छ । यस्तै प्रेस चौतारी नेपाल दाङका साधारण सदस्य हिमाल खड्काले नगद १ हजार सहयोग गर्नु भएको छ भने प्रेस चौतारी नेपाल दाङ शाखाले १० हजार सहयोग गर्ने निर्णय गरेको म्यानेजर राम्जाले जानकारी दिनु भयो ।

त्यसैगरी सहयोग रकम रेडियो हापुरेका स्टेशन म्यानेजर प्रेमबहादुर राम्जाको नाममा रहेको नेपाल बङ्गलादेश बैंक लिमिटेड हापुरे शाखाको बचत खाता नम्बर ०६४००२१५२ i (शुन्य छ चार शुन्य शुन्य दुई एक पाँच दुई आई) मा जम्मा गरिदिन हुन सम्पुर्ण सहयोगी मनलाई हार्दिक अपिल स्टेसन म्यानेजर राम्जाले गर्नु भएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]