
Gisld
Pbu
Rbs
mbd
Mbdvs
Sds

Sls
Bbu
Pvg
Ssm
Asm
Rgu
Gst
Rgu
Hal
nsb
Vor
Bbbpu
Tsm
Ksm
Ggd
Rgs
Wsp
Rsb
Sbs

Ptm
Mks
bbt
Jmb
Gsb
Pls
sab
Bml
Abd
Rmb
Rpp
Syp
Jmb
दाङ । नेपाल कम्युनिस्ट पार्टी एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य एवं दाङ क्षेत्र नम्बर-१का इन्चार्ज,युवा नेता तथा सफल व्यावसायि नारायण डिसी छम्पालीले (कोभिड-19) रोकथामको लागि आफ्नो गोदाम घर निशुलकरुपमा सम्बन्धित सरोकारवाला निकायलाई उपलब्ध गराउने जानकारी दिनु भएको छ ।
यस्तै डिसी छम्पालीले स्थानीय स्तरमा यतिबेला महामारीको रुप लिएर फैलिएको कोरोना भाइरस (कोभिड-19) ले गर्दा दिनप्रतिदिन मानिसले अकालमा ज्यान गुमाइरहेको समयलाई मध्यनजर गरि यस प्रस्थितिलाई रोकथाम गर्नको लागि स्थानीय सरकारलाई सहयोग स्वरुप लमही नगरपालिका वडा नम्बर-२ श्रीगाउँमा रहेको विद्युत सुबिधा सम्पन्न गोदाम घर आफुले उपलब्ध गराउने बताउनु भयो ।
त्यस्तै सो गोदाम घरको ९० फिट चाैडाई भएको र १३५ फिट लम्बाई तथा ३५ फिट उचाइ गरि जम्मा१२,१५० बर्ग फिट रहेको औधाेगिक विद्युतको लागि १०० केभीवाटको ट्रान्समिटर समेत जडान गरि विद्युत सुचारु रहेकाे र कम्पाउण्ड वालले घेरिएकाे उद्योग परिसर प्राबिधिक रुपमा उपयुुक्त रहेको हुँदा महामारी अवधिभर आफुले निशुल्क रुपमा उपलब्ध गराउने घोषणा गर्नु भएको छ ।
यसैगरी छम्पालीले सम्बन्धित सरोकारवाला निकायलाई भवन आवश्यक परेमा आफुलाई सम्पर्क गर्नको लागि आफ्नो सम्पर्क नम्बर उपलब्ध गराउनु भएको छ । सरोकारवाला निकायको सम्बन्धित व्यक्तिले निम्न मोबाइल नम्बरमा सम्पर्क गर्न सक्नु हुने छ । ९८४७८२०६८८
