टेकबहादुर पुन सोमबार, बैशाख २७, २०७८

दाङ । गढवामा धारिलो हतियार प्रहार गरि आफ्नै श्रिमानले श्रिमतीको हत्या गरेका छन् ।

आईतबार बिहान १० बजे गढवा गाउँपालिका वडा नम्बर २ महादेबा निवासी ३८ बर्षिय धनिराम चौधरीले घरेलु हतियार प्रहार गरि श्रीमतीको हत्या गरेका हुन् ।

हतियारबाट घाटीँमा गहिरो चोट लागेर श्रीमती शिला चौधरीको घटना स्थलमै मृत्यु भएको प्रहरीले बताएको छ । उनिहरु दुबैजना बिहान सँगै मकै छरेर फर्किएका थिए । खाना खाने भनेर भात पस्किदै गर्दा श्रिमानले एक्कासी पछाडीबाट हतियार प्रहार गरेको बुझिएको छ । छोराले यस्तो हर्कत गर्ला भनेर सोच्नै नसकेको उनकि आमा रामबेलासी चौधरीले गुणासो गरीन् ।

बाबा आमा आपसमा अहिले सम्म झगडा गरेको थाहा नपाएको छोरा अञ्जितले बताए । धनिरामले बिगत केही बर्ष पहिले देखि डिप्रेशनको औषधी प्रयोग गरिरहन्थे । पछिल्लो समय लकडाउनका कारण औषधी थप गर्न पाएका थिएनन् । औषधी लकडाउन अगाबै सकिएको छोरा अञ्जितले बताए । उनको बाबा आमा श्रीमती र २ छोराछोरी गरि ६ जनाको परिवार थियो ।

त्यस्तै हतियार प्रहार गर्ने धनिरामलाई पक्राउ गरि अनुसन्धान थालिएको ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी प्रमुख राजकुमार भट्टले जानकारी दिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]