
Pbu
Gmk
Rbs
Mbdvs
Ksm
Sds
mbd
Anm
Gisld

Rsb
Ksm
Wsp
Hal
Bbbpu
Ssm
Gst
Rgs
nsb
Ggd
Vor
Tsm
Bbu
Rgu
Sls
Rgu
Pvg
Sbs
Asm

Rmb
Abd
Bml
Mks
Jmb
Rpp
sab
Gsb
Ptm
bbt
Syp
Pls
Jmb
दाङ । गढवामा धारिलो हतियार प्रहार गरि आफ्नै श्रिमानले श्रिमतीको हत्या गरेका छन् ।
आईतबार बिहान १० बजे गढवा गाउँपालिका वडा नम्बर २ महादेबा निवासी ३८ बर्षिय धनिराम चौधरीले घरेलु हतियार प्रहार गरि श्रीमतीको हत्या गरेका हुन् ।
हतियारबाट घाटीँमा गहिरो चोट लागेर श्रीमती शिला चौधरीको घटना स्थलमै मृत्यु भएको प्रहरीले बताएको छ । उनिहरु दुबैजना बिहान सँगै मकै छरेर फर्किएका थिए । खाना खाने भनेर भात पस्किदै गर्दा श्रिमानले एक्कासी पछाडीबाट हतियार प्रहार गरेको बुझिएको छ । छोराले यस्तो हर्कत गर्ला भनेर सोच्नै नसकेको उनकि आमा रामबेलासी चौधरीले गुणासो गरीन् ।
बाबा आमा आपसमा अहिले सम्म झगडा गरेको थाहा नपाएको छोरा अञ्जितले बताए । धनिरामले बिगत केही बर्ष पहिले देखि डिप्रेशनको औषधी प्रयोग गरिरहन्थे । पछिल्लो समय लकडाउनका कारण औषधी थप गर्न पाएका थिएनन् । औषधी लकडाउन अगाबै सकिएको छोरा अञ्जितले बताए । उनको बाबा आमा श्रीमती र २ छोराछोरी गरि ६ जनाको परिवार थियो ।
त्यस्तै हतियार प्रहार गर्ने धनिरामलाई पक्राउ गरि अनुसन्धान थालिएको ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी प्रमुख राजकुमार भट्टले जानकारी दिए ।
