Sidha Patra बुधबार, बैशाख २२, २०७८

दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ स्याली बजारमा पार्किङ गरेर राखेको गाडीमा मृत भेटिएका तीन बच्चाको पोष्टमार्टम रिपोर्ट सार्वजनिक भएको छ । हिजो साँझ सार्वजनिक रिपोर्ट अनुसार ति बच्चाको शरीरमा कुनै चोटपटक लागगेको छैन ।

शव गलिसकेकाले गाडी भित्र निसासिएर मृत्यु भएको वा कसैले हत्या गरेको भनि भन्न नसकिने पोष्टमार्टममा खुलाईएको छ । त्यसकालागि भिसेरा परीक्षण गर्नुपर्ने रिपोर्टमा छ । मृतक भेटिएको भन्दा २४ घण्टा अगाडी नै तीनै जनाको एकै समयमा मृत्यु भएको पोष्टमार्टमा रिपोर्टमा खुलाईएको छ, भने मृत्यु हुनुको कारण खुल्न सकेको छैन ।

त्यस्तै अब भिसेरा रिपोर्ट गर्नुपर्ने भन्दै त्यसकालागि आबश्यक पर्ने सामग्री काठमाडौं पठाउने तयारी रहेको छ । अहिले गाडी धनी यादव गैरे र चालक पदमबहादुर बस्नेतलाई म्याद थप गरेर अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।माघ १ गतेदेखि घर अगाडी पार्किङ गरेर राखेको भारतीय नम्बर प्लेटको आरजे सीसी ०८८५ नम्बरको गाडीमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ गाइडहर बस्ने भीमबहादुर परियारका १० बर्षीय छोरा सन्देश परियार, सन्तोष परियारका ७ बर्षीय छोरा सुवर्ण परियार र किरण परियारका ७ बर्षीय छोरा करण परियार मृत भेटिएका थिए । यता उनीहरुका परिवारले सत्यतथ्य छानविन नहुँदासम्म ती बच्चाका शव नबुझ्ने अडान राखेका छन् ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]