शिबराज पन्थी आइतबार, बैशाख १९, २०७८

दाङ । कोभिड महामारीबाट उच्च सतर्कता अपनाउन गढवा उद्योग बाणिज्य संघ र इलाका प्रहरी कार्यालय गढवाले सबैमा आग्रह गरेको छ । आइतवार गढवा बजारमा प्रहरी र संघको टोलीले बजार अनुगमन गरी कोभिड सतर्कता अपनाएर अति आवश्यकीय सामाग्री बिक्रि वितरण गर्न ब्यवसायीहरुलाई आग्रह गरेको हो ।

त्यस्तै कोभिड महामारीको समयमा सरकारले बन्दाबन्दी आव्हान गरेको बेला स्वास्थ्य सुरक्षा अपनाएर मात्र बिहान ७ देखि ८ बजेसम्म अति आवश्यकीय सामानहरुको खरिद–बिक्री गर्ने भन्दै गढवा बजारका पसलहरुमा सामाजिक दुरी कायम गरेर खरिद–बिक्री गर्न गोलघेरा लगाएको छ ।

त्यसैगरी खाद्याान्न, किराना, फलफूल तरकारी, मेडीकल, एग्रोभेट र दुधडेरी लगायतका पसलहरुमा गोलो घेरा लगाई सामाजिक दुरीका लागि आग्रह गरिएको र मास्क तथा सेनीटाइजरको प्रयोग गरि स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउन प्रहरी र संघले सबैमा आग्रह गरेको संघका अध्यक्ष खिमबहादुर बुढा मगरले बताए ।

यस्तै स्वास्थ्य सुरक्षा मापदण्ड पालना नगरेको पाइएमा त्यस्ता पसलहरु वा नागरिकहरुलाई सुझाव दिने र सुझाव पालना पनि नगरेको खण्डमा नियमानुसार कार्बाही समेत हुने बताइएको छ ।

सरकारले जारी गरेको निशेधाज्ञाको समयमा अति आवश्यक परेको बाहेक मोटरसाइकिल तथा अन्य सवारी साधन चलाउन नपाइने, जथाभावी हिड्डुल गर्न नपाइने र अति आवश्यक परेर कतै जानुपर्ने भएमा कामको प्रकृति बारे प्रहरीको संचारलाई जानकारी गराएर मात्र जानुपर्ने इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ । बन्दाबन्दीको अटेरीगरी बेला सवारी साधन चलाएको पाइएमा नियमानुसार कार्बाही हुने पनि सुरक्षा निकाएले बताएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]