
Sds
mbd
Pbu
Anm
Ksm
Rbs
Gmk
Gisld
Mbdvs

Bbbpu
Ssm
Pvg
Gst
Rgu
Sls
Rgs
Asm
Rgu
Ggd
nsb
Vor
Hal
Sbs
Wsp
Ksm
Rsb
Tsm
Bbu

Rpp
Abd
Jmb
Pls
Mks
Bml
Syp
Gsb
Ptm
bbt
sab
Rmb
Jmb
दाङ । दाङको तुलसीपुरमा पार्किङ गरेर राखेको एउटा कारभित्र तीन वटा शव फेला परेको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ स्थित स्याउली बजारमा पार्किङ गरिराखेको भारतीय नम्बर प्लेट जे ०१६६०८८५ नम्बरको कारभित्र तीन वटा शव फेला परेको हो ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिवबहादुर सिंहले तीन महिनादेखि पार्किङ गरेर राखेको गाडीभित्र शव फेला परेको जानकारी सेतोपाटीलाई दिए।
‘यो केस अलि जटिल जस्तो देखिएको छ, गत माघदेखि पार्किङ गरी राखेको गाडीभित्र तीन वटा शव फेला परेको छ,’ उनले भने, ‘घटना गम्भीर जस्तो देखिन्छ, हामी सूक्ष्म अध्ययन गरी बाहिरी सुराक खोज्ने प्रयास गरिरहेका छौं।’ डिएसपी सिंहले उक्त गाडी स्याउली बजारमा पछिल्लो तीन महिनादेखि पार्किङमा रहेको जानकारीमा आएको बताए।
‘मृतक को हुन् र कसरी उनीहरू पार्किङको गाडीभित्र पुगे भनेर अनुसन्धान सुरू नभएसम्म केही भन्न सक्ने अवस्था छैन,’ डिएसपी सिंहले भने, ‘अहिले हामीले गाडीभित्र तीन वटा शव मात्रै देखेका छौं, शव निकालिसकेका छैनौं।’
उक्त गाडी कसको हो र कसले यहाँ पार्किङ गरेको हो भन्ने अहिले खुल्न बाँकी सिंहले बताए। अर्का एक प्रहरी अधिकारीका अनुसार शनिबार बेलुका एउटा बस पार्किङका लागि त्यो कार नजिकै जाँदा कारको बत्ती बल्यो। त्यसपछि गएर हेर्दा शव देखिएको थियो। उनका अनुसार मृतक तिनै जना बालक जस्ता देखिन्छन्। तर शव सडेगलेको देखिएकाले बालक हुन् वा के हुन् भन्ने यकिन भइनसकेको उनले बताए।
‘लामो समयदेखि पार्किङ गरिराखेको कारनजिकै जाँदा गन्ध आएपछि बसका स्टाफले के को गन्ध हो? भनी हेरेछन्,’ उनले भने, ‘गएर कारभित्र हेर्दा शव देखेपछि उनीहरूले प्रहरीलाई खबर गरे।’प्रहरीले अहिले घटनास्थललाई सुरक्षित गरी मुचुल्का उठाउने काम गरिरहेको डिएसपी सिंहले बताए। साभार सेतो पाटीबाट
