
Sdc
Ksbus
Rgp
Ggp
Ggp
Ksbus
Msbus
Asbus
Lnp

प्युठान । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि प्युठानमा एकसाता सम्म लकडाउन हुने भएको छ ।
शुक्रबार बिहान बसेको जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्रकोे बैठकले शनिबार बिहान ६ बजेदेखि लागू हुने गरी एक सातासम्म लकडाउन गर्ने निर्णय भएको प्युठानका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जानकारी दिनु भएको हो ।
त्यस्तै कोरोना संक्रमणको फैलावट तोड्न र कोरोना रोकथाम तथा नियन्त्रणका लागि लकडाउन गर्नु परेको प्रजिअ भुसालले बताउनु भयो ।
यसैगरी लकडाउनमा अत्यावश्यक सवारी साधन बाहेक अन्य सबै प्रकारका सेवा सञ्चालनमा रोक लगाइएको छ। अत्यावश्यक काम बाहेकको हिँड्डुलमा समेत निषेध गरिएको छ । बैठकले फलफूल ,तरकारी दूध,इन्धन र मासु पसल, खाद्यान्नको सवारी भने संचालन गर्न पाउने निर्णय गरेको छ ।
त्यस्तै, बिबाह ,पार्टी गर्न परेमा जिल्ला प्रशासनको स्वीकृति लिएर मात्र बढिमा १५ जना उपस्थित हुन पाउने, लघु बित्तका गाउँ गाउँ गएर समुह जम्मा गर्ने काम नगर्ने,अति आबश्यक बस्तु बाहेकका सबै पसल बन्द गर्ने, बैंक तथा बित्तीय सस्थाका कर्मचारीलाई अफिसियलि कार्ड देखाएर मात्र दुई पाङ्ग्रे सवारि चल्न दिने,औसधि पसल २४ घन्टा खुल्न पाउने निर्णय भएको छ । साभार कामना दैनिक
