
Mbdvs
Rbs
Anm
Ksm
Sds
mbd
Gmk
Gisld
Pbu

Tsm
Rgu
Hal
Rgu
Vor
Gst
Sbs
Bbu
Ksm
nsb
Ggd
Sls
Ssm
Pvg
Bbbpu
Asm
Rgs
Wsp
Rsb

Pls
Jmb
Mks
sab
Abd
Rpp
Rmb
bbt
Jmb
Bml
Gsb
Ptm
Syp
दाङ । स्वास्थ्य सामाग्री बितरण गरेर काँग्रेसका युवा नेताले आफ्नो जन्मदिन मनाएका छन् ।
आफ्नो जीवनको ३४ वसन्त पार गरि ३५ बर्षमा प्रबेश गरेको सुखद उपलक्ष्यमा काँग्रेसका युवा नेता एगराज वलीले स्वास्थ्य सामाग्री बितरण गर्दै आफ्नो जन्मदिन मनाएका हुन ।
उनले मास्क, स्यानीटाईजर लगायतका अति आबस्यक स्वास्थ्य सामाग्रीहरु वडा कार्यालयमै पुगेर हस्तान्तरण गरेका छन् । तुलसीपुर उप महानगर पालिका वडा नम्बर ८ को वडा कार्यालयमा पुगेर वडाध्यक्ष बेद बहादुर केसी र स्वास्थ्य शाखा प्रबन्धक प्रभात धिताललाई सँयुक्त रुपमा स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन ।
स्वास्थ्य सामाग्री बुझ्दै वडाध्यक्ष केसीले जन्मदिनमा गरिने फजुल खर्चलाई सदुपयोग गर्दै स्वास्थ्य जस्तो सँबेदनशिल क्षेत्रमा लगानी गरेको प्रती खुसी ब्यक्त गरे । अहिलेको अबस्थामा अति आबस्यक स्वास्थ्य सामाग्री बितरण गरेर युवा नेता वलीले उदाहरणिय काम गरेको उनको तर्क छ । वडाध्यक्ष केसीले उपलब्ध स्वास्थ्य सामाग्री एकद्वार प्रणाली मार्फत बितरण गरिने बताउँदै नेता वलीलाई जन्मदिनको शुभकामना ब्यक्त गरे ।
स्वास्थ्य सामाग्री बितरण गर्ने नेता एगराज वली नेपाल तरुणदल क्षेत्र नम्बर २ सल्यानका क्षेत्रिय सभापती हुन । उनी सामाजिक काममा निकै सक्रिय नेताका रुपमा परिचित छन् ।
