
Sds
Ksm
Pbu
Anm
Rbs
Gmk
Gisld
Mbdvs
mbd

Pvg
Bbbpu
Rgs
Sls
Rgu
Rgu
Gst
Ksm
Vor
Ggd
Tsm
Sbs
Ssm
nsb
Asm
Rsb
Bbu
Hal
Wsp

Jmb
Gsb
bbt
Bml
Mks
Rpp
sab
Abd
Syp
Jmb
Ptm
Rmb
Pls
काठमाडौं । कोरोना भाइरस बढ्दो संक्रमण गतिलाई ‘चेनब्रेक’ गर्न भन्दै सरकारले बिनाकाम घर बाहिर ननिस्कन आग्रह गरेको छ । संक्रमण गति बढ्दै गएपछि सरकारले स्थिति नियन्त्रणमा राख्न भन्दै संघीय राजधानी काठमाडौंसहित १५ जिल्लामा निषेधाज्ञा आदेश जारी गरेको हो ।
यस्तै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कोरोना संक्रमण गति बढ्दै गएपछि बाध्यतावस निषेधाज्ञा जारी गरेको जानकारी दिए । बिनाकाम घर बाहिर ननिस्कन र जरुरी परे स्वास्थ्य मापदण्ड पूर्णपालना गरेर मात्र निस्कनसमेत उनले आग्रह गरे ।
‘संक्रमण गति बढ्दै गएपछि सरकारले बाध्यतावस निषेधाज्ञा जारी गरेको हो, संक्रमण गतिलाई चेनब्रेक गर्न हाम्रा गतिविधि नियन्त्रण गर्नुको विकल्प छैन,’ परराष्ट्रमन्त्री ज्ञवालीले राजधानीसँग भने, ‘जीवन रक्षाको यो लडाइ“मा सफलता प्राप्त गर्न स्वास्थ्य मापदण्ड पालना र बिनाकाम घरबाहिर ननिस्कन सरकारको आग्रह छ ।’
मन्त्री ज्ञवालीले अति आवश्यक काम परेर घरबाहिर निस्कनैपर्ने अवस्थामा स्वास्थ्य मापदण्ड पूर्ण पालना गर्न र प्रशासनको आदेशानुसार गर्न आग्रह गरे । संक्रमण गति दिनदिनै तीव्र बन्दै गएपछि सरकारले स्थिति नियन्त्रणमा राख्न भन्दै बुधबार राति अबेरसम्म १५ जिल्लामा निषेधाज्ञा आदेश जारी गरेको हो । यो खबर आजको राजधानी दैनिकमा रहेकोे छ ।
