Sidha Patra बुधबार, बैशाख १५, २०७८

रोल्पा । रोल्पामा आगलागीबाट एउटा गाउँ नै सखाप भएको छ । त्रिवेणी गाउँपालिका वडा नम्बर दुईको पिराले भन्ने गाउँमा गएराती आगलागीबाट ४६ घरगोठ जलेर नस्ट भएका छन् ।

बनको बिचमा रहेको गाउँमा बनबाट फैलिएको आगोले गाउँमा २४ घर, ४ वटा भान्सा घर र १८ वटा गोठ जलेको त्रिवेणी गाउँपालिकाका अध्यक्ष शान्तकुमार वलीले जानकारी दिनुभयो ।

सामुदायिक बनमा फैलिएको आगो अझै नियन्त्रणमा आउन सकेको छैन् । आगो नियनन्त्रणमा लिनका लागि स्थानीय, प्रहरी, जनप्रतिनिधि निरन्तर लागेपनि बनको ठुलो क्षेत्रफलमा आगो लागेका कारण आगो नियन्त्रण गर्न चुनौति रहेको अध्यक्ष वलीले जानकारी दिनुभयो ।

क्षतिको एकिन विवरण आउन अझै बाँकी रहेको छ । आगोबाट अरु घर पनि जोखिममा रहेको उहाँले बताउनुभयो । आगोले १० बाख्रा, सात वटा गाइ गोरु, सुंगुर १ वटा जलेर नष्ट भएको वडा नम्बर २ का वडा अध्यक्ष कबिराज बुढामगरले जानकारी दिनुभयो ।

आगो साविक नुवागाउँ गाविसको वडा नम्बर १, २, ३ र ४ मा फैलिएको उहाँको भनाई छ । आगो अझै नियन्त्रणमा आउन नसकेको र रामपुर, दहबन लगायतका गाउँ जोखिममा रहेको उहाँले बताउनुभयो । सोमबारदेखि फैलिएको आगा टुनिखोला सामुदायिक बन, मुलाबारी सामुदायिक बन, रामपुर सामुादायिक बन, सल्लेरीडाँडा सामुदायिक बन र ठाडो लेख सामुदायिक बनक्षेत्र फैलिएको छ ।

आगोले घरगोठ जलेपछि ४५ बढी घरपरिवार खुल्ला आकासमुनि बस्न बाध्य भएका छन् । गएराती आगलागी पिडितलाई चाउचाउ वितरण गरिएको र आज चामल, लत्ताकपडा वितरण गरिने वडा अध्यक्ष बुढामगरले जानकारी दिनुभएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]