
Pbu
Rbs
Mbdvs
Sds
Anm
mbd
Ksm
Gisld
Gmk

Ssm
Gst
Rgu
Rgs
Rsb
Wsp
Vor
Sls
Hal
Sbs
nsb
Ksm
Ggd
Rgu
Bbbpu
Pvg
Tsm
Asm
Bbu

sab
Rpp
Rmb
Abd
Jmb
Pls
Gsb
Bml
Ptm
Mks
bbt
Jmb
Syp
दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर तीन भैसहवाका ४० वर्षिय आशाराम यादवले विगत ३० वर्षदेखि डुङ्गगा चलाउँदै आएका छन् । उनले सोहि वडाको कालि परुवा घाटको राप्ती नदिमा ३० वर्षदेखी डुङ्गगा चलाउँदै आएका हुन् ।
यस नदी मार्फत अझै पनि डुङ्गगाको साहेयता मार्फत आम नागरिकहरु आउँजाउ गर्छन् । डुङ्गगा व्यवसायले गर्दा आशारामाको परिवारमा आर्यआर्जनको पाटो बलियो बन्दै गएको छ । यस नदीबाट दैनिक एक सय देखि एक सय ५० जनासम्म वारपार गर्ने गर्छन् ।
जम्मा ३० जनाको क्षमता रहेको डुङ्गगाले आशारामलाई रोजगारको गतिलो माध्यम बनेको छ । विहान ७ बजे देखि बेलुका ७ बजेसम्म नदीमै बसेर उनले धेरै नागरिकहरुलाई सेवा पदान गर्दै आएका छन् । सुरुवाति अवस्थामा यस नदीमा डुङ्गगाको आवस्यकता हुँदा नेपालगंज मार्फत आएका एक व्यक्ति मार्फत डुङ्गगा चलाउँन सिक्न आफु सफल भएको उनको भनाई रहेको छ । लामो समयसम्म यहि व्यवसायमा आवद्ध हुँदा आफु संग डुङ्गगा चलाउँने रामो अनुभव समेत भएको उनले बताए ।
आशाराम मात्रै नभई उनका १८ वर्षिय छोरा मुकेश यादव पनि बुवाको सिको गर्दै विगत ४ वर्षदेखी डुङ्गगा चलाउँदै आएका छन् । दिनभरी स्कुल पढ्न जाने र साझ विहानको सयमा बुवालाई सहयोग गर्दै आएको उनले बताए । सुरुवाति समयमा बुवाले चलाएको देख्दा रहर लाग्ने हुँदा बुवाबाट सिकेको उनको भनाई रहेको छ । यसरी बुवा संगै डुङ्गगा चलाउँदै जाँदा घरको आर्थिक पाटोमा समेत थप टेवा पुगेको उनले बताए । आफुहरु बेलुका ७ बजेसम्म नदीमै बस्ने गरेको र त्यसपश्चात पनि कोहि व्यक्ति आएर फोन गरेमा फेरी नदि वारपार गराईदिन आउने गरेको मुकेशले बताए ।
डुङ्गगा व्यवसाय यादव परिवारमा एउटा गतिलो आयआर्जनको माध्यम बनेको छ । दैनिक घर परिवारमा आउने समस्या यसैबाट टर्ने गरेको मुकेशका बुवा आशारामले बताए । आफुमा भएको जुनसुकै सिप सानो ठुलो नहुँने भन्दै यस व्यवसाय मार्फत आफु सन्तुष्ट रहेको उनले बताए । डुङ्गगा चलाउन पनि नजानेको भए अन्य पेशा व्यवसाय अपनाउनु पर्ने बाध्यता शिर्जना हुने हुँदा यो व्यवसाय सजिलो र सहज भएको भन्दै उनले खुसि व्यक्त गरे । यसरी नदी सम्म आएर नदी वारपार गर्नका लागि समस्यामा परेका नागरिकहरुलाई नदी पार गर्न पाउँदा खुसि हुने गरेको उनको भनाई छ । डुङ्गगामा चढे बापत प्रति व्यक्ति २० रुपैँया र मोटरसाइकलको ५० रुपैँया लिने गरेको उनले बताए । यसरी दैनिक करिब १ हजार,५ सय सम्म आम्दानी हुने गरेको आशारामले जानकारी दिए ।
