
mbd
Gmk
Anm
Rbs
Mbdvs
Ksm
Sds
Pbu
Gisld

Rsb
Tsm
Ksm
Vor
Ggd
Bbu
Hal
Rgu
Bbbpu
Asm
Gst
Sls
nsb
Ssm
Sbs
Rgs
Pvg
Wsp
Rgu

Ptm
Gsb
Abd
Rmb
Jmb
Rpp
Pls
Bml
Syp
bbt
sab
Mks
Jmb
काठमाडौ । उज्यालो नेटवर्क अनलाइनका सम्पादक अनिश तामाङलाई कार्यालयबाटै र उज्यालो नेटवर्कका महाप्रबन्धक दुर्गालाल तामाङलाई बसुन्धाराबाट आइतबार नेपाल प्रहरीले गिरफ्तार गरेको घटनाप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण जनाउदै निशर्त रिहाइ गर्न माग गरेको छ ।
आइतबार आफ्नो कार्यालयको न्युज डेक्समा काम गरिरहेका उज्यालो नेटवर्कका डेक्स सम्पादक विवेक लाेप्चनकाे मोबाइल र क्यामेरा समेत प्रहरीले जफत गरेकाे छ। उज्यालो नेटवर्कले केही समय अगाडि भारतीय रअ प्रमुख सामन्तकुमार गोयल र प्रधानमन्त्री केपी शर्मा ओलीबिच भएको ४ बुँदे सहमति बारे समाचार प्रकाशन गरेको थियो । त्यहि समाचारलाई आधार बनाएर प्रहरीले उज्यालो कर्मिलाई पक्राउ गरेकाे हाे। तर प्रेस काउन्सिल नेपालले मागेकाे स्पष्टीकरणमा उज्यालो नेटवर्कले असावधानी बस समाचार प्रकाशन भएको भनी क्षमा मागिसकेको छ भने उच्च अदालतले सरकारलाई समाचार लेखेको भरमा पत्रकारलाई पक्राउ नगर्नु भन्ने आदेश दिइसकेको छ ।
नेपाल पत्रकार महासंघका महासचिव राेशन पुरीद्वारा हस्ताक्षर विज्ञप्तिमा भनिएकाे छ। `उज्यालो नेटवर्क अनलाइनका सम्पादक अनिश तामाङलाई कार्यालयबाटै र उज्यालो नेटवर्कका महाप्रबन्धक दुर्गालाल तामाङलाई बसुन्धाराबाट आज मिति २०७८ वैशाख १२ गते आइतबार नेपाल प्रहरीले गिरफ्तार गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।
पाटन उच्च अदालतले शुक्रबार ‘समाचारको विषयमा टुंगो नलागेसम्म निवेदकलाई पक्राउ नगर्नु–नगराउनु’ भनि पत्रकार तामाङ सहितका निवेदकको मुद्दामा आदेश दिइसकेको छ । साथै, त्यस अनलाइनमा प्रकाशित समाचारको विषयलाई प्रेस काउन्सिल नेपालले आफ्नो क्षेत्राधिकारभित्र रही निरुपण गरिसकेको छ । यस्तो अवस्थामा अनामनगरस्थित कार्यालयमै पुगेर पत्रकारलाई गिरफ्तार गर्नुले लोकतान्त्रिक विधि र प्रक्रिया मात्र होइन संबैधानीक व्यवस्थामाथिकै ठाडो हस्तक्षेप भएको महासंघको ठहर छ । त्यतिमात्र होइन, यो घटनाले अदालतको आदेशलाई पनि सरकारले अटेर गरेको प्रष्ट भएको छ ।
समाचारका विषयमा चित्त नबुझे त्यसप्रति असन्तुष्टी जनाउने त्यसका निश्चित विधि र प्रक्रिया छन् । त्यसलाई बेवास्ता गर्दै सञ्चारगृहमै प्रहरी प्रवेश गरेर पत्रकारलाई गिरफ्तार गर्ने कार्य प्रेस स्वतन्त्रता माथिकै प्रहार हो भन्ने महासंघको ठम्याइ छ । तसर्थ, प्रेस स्वतन्त्रताको पूर्णरुपमा सम्मान गर्दै पक्राउ परेका पत्रकार अनिश तामाङ र दुर्गालाल तामाङलाई तत्काल निःशर्त रिहाइ गर्न र यस्ता कार्य तत्काल बन्द गर्न नेपाल पत्रकार महासंघ नेपाल सरकार र त्यस मातहतका सबै निकायको ध्यानाकर्षण गराउँदछ । अन्यथा महासंघ आन्दोलनमा जान बाध्य हुनेसमेत चेतावनी दिन चाहन्छ । श्रोत जनसहारा
