
Gmk
Gisld
Mbdvs
Ksm
Pbu
mbd
Rbs
Anm
Sds

Pvg
Rgs
Ggd
Gst
Asm
Sbs
nsb
Bbbpu
Hal
Ssm
Bbu
Wsp
Ksm
Vor
Tsm
Rgu
Sls
Rgu
Rsb

Jmb
Bml
Gsb
Ptm
Abd
Jmb
Syp
Pls
sab
Rmb
bbt
Mks
Rpp
दाङ । देउखुरीमा मृत चित्तल फेला परेको छ । लमही नगरपालिका वडा नम्बर ७ बनगैँ जँगलमा चित्तल मृत फेला परेको हो । स्वर्गद्वारी हरियाली सामुदायिक बन समितिको क्षेत्राधिकार भित्र पर्ने जँगलमा स्थानिय गोबिन्द देबकोटाले मृत चित्तल देखेपछि जनप्रतिनिधि,प्रहरी र बन कर्मचारीलाई खबर गरेका थिए ।
लमही नगरपालिका वडा नम्बर ७ का वडा सदस्य कुल बहादुर बुढा मगरको रोहबरमा मुचुल्का उठाई डिभिजन बन कार्यालय देउखुरीलाई जिम्मा लगाईएको छ । मृत चित्तलको पोष्टमार्टम गरि जँगलमा गाडिने डिभिजन बन कार्यालय देउखुरीका सहायक बन अधिकृत पुरन चौधरीले बताए ।
जनप्रतिनिधि बुढा सहित प्रहरी चौकि बनगैँका प्रमुख कमल पौडेल, बन कर्मचारी मुरारी शर्मा, डिभिजन बन कार्यालयका प्रतिनिधि हरु, स्थानिय, सामुदायिक बनका प्रतिनिधि उद्दार कार्यमा खटिएका हुन ।
मासुका लागि चित्तललाई निशाना बनाएको हुनसक्ने अनुमान गरिएको छ । चित्तलको पछाडी खुट्टा र ढाडमा गोली लागेको छ । पछिल्लो समय देउखुरी लगायत दाङमा चोरी सिकारी बढिरहेको स्थानिय बताउँछन ।
