सागर थापा शनिबार, बैशाख ११, २०७८

दाङ । लुम्बिनी प्रदेशको राजधानी राप्ती गाउँपालिका वडा नंवर ५ को कार्यालय परीसर भित्र बियरका बोत्तल यत्रतत्र भेटिन्छन । कार्यालयको भवन परिसरमा यत्र तत्र छरिएको अवस्थामा बियरका बोतल भेटिएका छन ।सरकारी कार्यालयमा सुर्तिजन्य पदार्थ समेत मुखमा हाल्न नपाइने ठाउँमा मादक पदार्थका बोत्तल भेटिनुले सेवा ग्राहीहरु अचम्मित परेका छन । सरकारी कार्यालयले पालना गर्नु पर्ने आचारसंहितानै पालना नभएपछी उक्त कार्यालयले जनतालाई कस्तो सन्देश प्रवाह गरिरहेको छ भन्ने प्रश्न उठेको छ । यस्तै सरकारी कार्यालयमा बसेर कतै जनप्रतिनिधि र कर्मचारीलेनै मादक पदार्थ सेवन गरेका त होइन भन्ने गम्भीर प्रश्न उब्जेको छ जस्को जवाफ उक्त कार्यालयले जनतालाई दिनै पर्छ । यस विषयमा कुरा राख्दा राप्ती गाउँपालिका ५ का वडा अध्यक्ष गोबर्धन रावतले वडा कार्यालय निर्माण हुँदै छ लेबर मिस्टरीले खाएको हुन सक्छ कार्यालयको चाबी मिस्त्रीहरु संघ हुन्छ पानी पियुने त फुर्सद हुन्न बियर का बाट खाने प्रतिक्रिया दिए। यता लेबर र मिस्त्रीलाई प्रशन गर्दा हामीले खाएको होइन कार्यालयको मान्छे हुन् सक्छ बताए ।

टीम

संचालक: मेगमन बुढा
संपादक:कृष्णे घर्ती
निर्देशक:भानु जोशी
जिल्ला ब्युरो:टेकबहादुर पुन
प्रमुख सम्बाददाताहरु:शिवराज पन्थी,जयप्रकाश पौडेल
सम्बाददाताहरु: शिवराज खनाल,टोपेन्द्र खनाल,श्रबण बस्नेत

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लि.
# दर्ता नं. :– २४५९/०७७-०७८
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८४९८८७५१४
# बिज्ञापन : – ९८४९८८७५१४
# इमेल :- [email protected]