
Gmk
Ksm
Pbu
Mbdvs
Rbs
Gisld
Anm
Sds
mbd

Rgu
Bbbpu
nsb
Gst
Wsp
Pvg
Vor
Tsm
Sbs
Rsb
Hal
Rgs
Ggd
Ksm
Bbu
Rgu
Asm
Ssm
Sls

Jmb
Gsb
bbt
sab
Abd
Jmb
Pls
Bml
Mks
Ptm
Rpp
Rmb
Syp
काठमाडौं । नेपाल भेटेरिनरी एशोसिएसनले नवलपरासीको रामग्राम नगरपालिका ४ जितपुरमा ठूलो संख्यामा गिद्धको मृत्यु भएको घटनामा संलग्नलाई हदैसम्म कारबाही गर्न प्रशासनसँग माग गरेको छ ।
अमानवीय तरिकाबाट विष खुवाएर केही कुकुर मारेको र सो कुकुरहरुको शव खाएपछि गिद्ध मरेको प्रारम्भिक अनुमान गरिएको भन्दै एशोसिएसनले उच्चस्तरीय समितिबाट जाँचबुझ गरी संलग्न व्यक्तिहरुलाई कारबाही गर्न माग गरेको हो ।
त्यस्तै एशोसिएसनका अध्यक्ष डा. शितलकाजी श्रेष्ठले विज्ञप्ति जारी गरी नवलपरासीमा गिद्ध र काभ्रेमा कुकुरलाई अमानवीय ढंगले मारिएको घटनाप्रति खेद व्यक्त गरेका छन् । उनले पशु कल्याणको आधारभूत पक्षमा ध्यान पुर्याउन समेत सबै सरोकारवालामा अपील गरेका छन् । साभार अनलाइन खबर ।
