Sidha Patra बुधबार, बैशाख ०८, २०७८

दाङ । दाङ घोराही निवासी पत्रकार दामोदर अधिकारीको कोरोना भाइरस संक्रमनका कारण निधन भएको छ ।घोराही उपमहानगरपालिका वडा नं.१७ बेलभार निवासी ४० बर्षीय पत्रकार अधिकारीको मंगलवार राति काठमान्डौंमा उपचारका क्रममा मृत्यु भएको पारिवारीक स्रोतले जानकारी दिएको छ ।

अधिकारी चैत २५ गते सम्पन्न नेपाल पत्रकार महासंघको निर्वाचनमा घोराहीस्थित नेपाल पत्रकार महासंघमा भएको निर्वाचनमा मतदान गरेका थिए ।

चैत २६ गते पिसिआर परीक्षणका क्रममा उनलाई कोरोना भाइरसको संक्रमन पुष्टि भएको थियो । स्वास्थ्य अवस्थामा बिग्रदै गएपछि वैशाख ३ गते अधिकारीलाई हेलिकोप्टर चार्टर गरि थप उपचारका लागि काठमाडौं लगिएको थियो ।

उनको उपचारका क्रममा मंगलवार राति काठमाडौंमा निधन भएको पारिवारीक स्रोतले जानकारी दिएको छ । पत्रकार अधिकारीले गोरक्ष राष्ट्रिय दैनिकमा चार बर्ष ब्यवस्थापकका साथै समाचार लेख्ने काम गरेका थिए । उनी एक निडर र निर्भिक पत्रकारका थिए ।

जो बिगतका कठिन परिस्थितिका बाबजुद समाचार सम्प्रेशनका लागि एक्लै साईकलबाट लमही पुगेका थिए । २०६२ साल फागुन २६ गते सुरक्षाकर्मीको गोली लागेर घोराहीमा उमेशचन्द्रको थापाले साहादत प्राप्त गरेपछि र ज्यूँदा शहिद कृष्ण गिरीमाथि गोली लागेको खवर सम्प्रेशसनका लागि एटलस साईकल चढेर अधिकारी एक्लै लमही पुगेका व्यक्ति हुन ।

त्यो कामका लागि अधिकारीलाई नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेल र महासंघ दाङ शाखाका पूर्व अध्यक्ष सुदिप गौतमले समाचार लेखेर काठमाडौंमा फ्याक्स गर्नका लागि पठाएका थिए । तत्कालिन समयमा कफ्र्यू लगाइएको थियो ।

सेनाले यातायात ठप्प पारेको थियो । तुलसीपुर र घोराहीमा टेलिफोनहरु काटेको थियो । त्यही भएर उनी समाचार फ्याक्स गर्नका लागि २४ किलो मिटर टाढा साईकल चलाएर पुगेका थिए । अधिकारी परिवारका एक्ला छोरा हुन । उनका श्रीमती एक छोरा र छोरी छन् । साभार फरक कोण

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]