
Ksm
Pbu
Sds
Gisld
Rbs
Gmk
Mbdvs
Anm
mbd

Vor
Tsm
Pvg
Hal
Ksm
Bbbpu
Rgu
Bbu
Rgs
Asm
Sls
nsb
Rgu
Ggd
Sbs
Ssm
Wsp
Gst
Rsb

Abd
Rpp
Syp
bbt
Pls
Ptm
sab
Rmb
Jmb
Gsb
Bml
Jmb
Mks
दाङ । दाङ घोराही निवासी पत्रकार दामोदर अधिकारीको कोरोना भाइरस संक्रमनका कारण निधन भएको छ ।घोराही उपमहानगरपालिका वडा नं.१७ बेलभार निवासी ४० बर्षीय पत्रकार अधिकारीको मंगलवार राति काठमान्डौंमा उपचारका क्रममा मृत्यु भएको पारिवारीक स्रोतले जानकारी दिएको छ ।
अधिकारी चैत २५ गते सम्पन्न नेपाल पत्रकार महासंघको निर्वाचनमा घोराहीस्थित नेपाल पत्रकार महासंघमा भएको निर्वाचनमा मतदान गरेका थिए ।
चैत २६ गते पिसिआर परीक्षणका क्रममा उनलाई कोरोना भाइरसको संक्रमन पुष्टि भएको थियो । स्वास्थ्य अवस्थामा बिग्रदै गएपछि वैशाख ३ गते अधिकारीलाई हेलिकोप्टर चार्टर गरि थप उपचारका लागि काठमाडौं लगिएको थियो ।
उनको उपचारका क्रममा मंगलवार राति काठमाडौंमा निधन भएको पारिवारीक स्रोतले जानकारी दिएको छ । पत्रकार अधिकारीले गोरक्ष राष्ट्रिय दैनिकमा चार बर्ष ब्यवस्थापकका साथै समाचार लेख्ने काम गरेका थिए । उनी एक निडर र निर्भिक पत्रकारका थिए ।
जो बिगतका कठिन परिस्थितिका बाबजुद समाचार सम्प्रेशनका लागि एक्लै साईकलबाट लमही पुगेका थिए । २०६२ साल फागुन २६ गते सुरक्षाकर्मीको गोली लागेर घोराहीमा उमेशचन्द्रको थापाले साहादत प्राप्त गरेपछि र ज्यूँदा शहिद कृष्ण गिरीमाथि गोली लागेको खवर सम्प्रेशसनका लागि एटलस साईकल चढेर अधिकारी एक्लै लमही पुगेका व्यक्ति हुन ।
त्यो कामका लागि अधिकारीलाई नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेल र महासंघ दाङ शाखाका पूर्व अध्यक्ष सुदिप गौतमले समाचार लेखेर काठमाडौंमा फ्याक्स गर्नका लागि पठाएका थिए । तत्कालिन समयमा कफ्र्यू लगाइएको थियो ।
सेनाले यातायात ठप्प पारेको थियो । तुलसीपुर र घोराहीमा टेलिफोनहरु काटेको थियो । त्यही भएर उनी समाचार फ्याक्स गर्नका लागि २४ किलो मिटर टाढा साईकल चलाएर पुगेका थिए । अधिकारी परिवारका एक्ला छोरा हुन । उनका श्रीमती एक छोरा र छोरी छन् । साभार फरक कोण
