शिबराज पन्थी मंगलबार, बैशाख ०७, २०७८

दाङ । गढवा गाउँपालिका वडा नम्बर ६ मनिका पुरका अग्निी पिडितहरुलाई मंगलबार नेपाल कम्युनिष्ट पार्टी (एमाले) गढवा गाउँपालिका संगठन कमिटीले राहात सहयोग गरेको छ ।

पार्टीका जिल्ला सदस्य एवं गढवाका अध्यक्ष बाबुराम अधिकारी,जिल्ला सदस्यहरु मधा न्यौपाने, खिमबहादुर बुढामगर, मोहन बुढा, मक्बुल अलिमिया,युवा संघ नेपालका सन्दिप अधिकारी, नसिम अहमद र रमेश बाँठा लगायतको टोलीले पीडितको घरमा पुगी १३ हजार नगद राहात प्रदान गरेको हो ।त्यस्तै पार्टीले बुधवार २२ हजार बराबरका लत्ता कपडा प्रदान गर्ने तयारी गरेको जिल्ला सदस्य खिमबहादुर बुढा मगरले जानकारी दिएका छन् । सोमवार गढवा ६ मनिकापुरमा आगलागी हुँदा २ घर र २ गोठ जलेर पुर्ण क्षति भएका थिए । स्थानीय शोभाराम घर्तीमगर, हेमबहादुर घर्तीमगर, खिमबहादुर घर्ती मगर र कमल घर्ती मगरको घर तथा गोठमा आगलागी भएको थियो ।यस्तै आगलागी भएपछि तत्काल इलाका प्रहरी, गढवा गाउँपालिकाको दमकल र स्थानीय बासिन्दाहरुद्धारा आगो नियन्त्रणमा लिइएको थियो । आगलागीबाट निजहरुको घरमा रहेको खाद्यान्न, लत्ता कपडा, फर्निचर, गरगहना र नगद सहित ९ लाख बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ ।

हाम्रो टीम

संचालक: मेगमन बुढा
संपादक:कृष्ण जि.एम
निर्देशक:भानु जोशी
क्राईमबिट प्रमुख:सागर थापा
जिल्ला ब्युरो:टेकबहादुर पुन
प्रमुख सम्बाददाताहरु:शिवराज पन्थी,सुशीला (ओली)गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु:टोपेन्द्र खनाल,इराधा झाक्री मगर,शिव बस्नेत,प्राविधिक: मिना थापा,सल्लाहकारहरु:बिपुल पोख्रेल,उदय जि.एम

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधापत्र डटकम
# दर्ता नं. :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८४९८८७५१४
# इमेल :- [email protected]