
jsb
Usb
Ksb
Nsb
Rsb
Gsb
Ksb
Ssb
Ksb
Ssb
Csb
Rks
Bsn
Tgp
Ppu
Fmb

Gsb
Tsb
Hl1
Usb
Ssb

Nps
ptl
Rgu
बाँके । बाँके जिल्लाको राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ खोकरी निवासी बलिराम खुनाको घर गोठमा गएराति आगलागी भएको छ ।
रातिको करिब १०:३० बजेतिर खुनाको घरमा एक्कासी लागेको आगोले धनमाल र गोठमा रहेका बाख्रा,अन्न बाली तथा काठहरु जलेर पुर्ण रुपमा क्षति भएको त्यहाँबाट स्थानीय समाजसेवी कृष्ण चौधरीले जानकारी गराउनु भएको हो ।
आगो कसरी लागेको हो भन्ने बारेमा अझै केही खुल्न सकेको छैन । उक्त आगलागीबाट खुनाको नगद ६४,००० हजार गरि ५ लाख बराबरको क्षति भएको चौधरीले जानकारी दिनु भयो ।
त्यस्तै चौधरीले आगलागीबाट खुनाको घर,गोठ पुरै जलेर नष्ट भएको हुँदा स्थानीय सरकार एवं राजनीतिक दलका ब्याक्तित्वहरुलाई राहतको ब्यबस्थापन मिलाइ दिन आग्रह गर्नु भएको छ ।
