शिबराज पन्थी आइतबार, बैशाख ०५, २०७८

दाङ । होटल व्यवसायीलाई आधुनिक र नयाँ ढंगले सञ्चालन गर्न आवश्यक छ: अध्यक्ष यादव देउखुरी ५ बैशाख । गढवा होटल व्यवसायी संघको तेश्रो बार्षिकोत्सव शनिवार लुम्बिनी प्रबेशको प्रबेशद्धार धानखोलामा सम्पन्न भएको छ । संघका अध्यक्ष दयाराम थापाको अध्यक्षता र गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।

त्यस्तै बार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवले पर्यटन बिकासको आधार होटल ब्यवसाय भएको भन्दै जमानाको आवश्यकतालाई पहिचान गर्दै होटल ब्यवसायलाई आधुनिक र नयाँ ढंगले संचालन गर्नेतर्फ ध्यान दिन आवश्यक रहेको बताए ।

यसैगरी होटल ब्यवसाय आन्तरिक र बाह्य पर्यटन प्रबर्धन गर्ने माध्यम भएकोले ग्राहकको माग बमोजिम परिष्कृत गर्दै लैजानुपर्ने उनले बताए । कार्यक्रममा गढवा गाउँपालिकाका प्रबक्ता एवं वडा नं. १ का वडा अध्यक्ष बाबुराम अधिकारी, गढवा उद्योग बाणिज्य संघका अध्यक्ष खिमबहादुर बुढामगर, निवर्तमान अध्यक्ष रविलाल आचार्य, संस्थापक अध्यक्ष युवराज पाेख्रेल र देउखुरी सामुदायिक पुस्तकालयका अध्यक्ष गिरिराज भट्ट लगायतले बार्षिकोत्सव सफलताको शुभकामना दिएका थिए ।

उक्त बार्षिकोत्सव समारोहलाई हाइलेण्डर कम्पनीले प्रायोजन गरेको संघका अध्यक्ष दयाराम थापाले जानकारी दिए । संघका सदस्य टोपलाल सुवेदी (सागर) को स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव तिलकबहादुर पुनले गरेका थिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]