
mbd
Gisld
Sds
Ksm
Anm
Pbu
Mbdvs
Gmk
Rbs

Rgu
Ssm
Bbbpu
Vor
Tsm
Rgu
Pvg
Wsp
Rsb
Hal
Rgs
nsb
Ggd
Asm
Ksm
Sbs
Gst
Bbu
Sls

Jmb
Rmb
sab
Abd
Mks
Ptm
Gsb
Bml
bbt
Pls
Rpp
Jmb
Syp
दाङ । नेपाल पत्रकार महासंघ दाङ शाखाका नव निर्वाचित पदाधिकारीहरुले पदभार तथा सपथ ग्रहण गरेका छन् । शनिबार महासंघकै भवनमा एक कार्यक्रमका विच निर्वाचन समितिका संयोजक सुदिप गौतमले सपथ ग्रहण गराए भने भने निवर्तमान अध्यक्ष सविन प्रियासनले नवनिर्वाचित अध्यक्ष दुर्गालाल केसीलाई पदहस्तान्तरण र पदभार गराएका हुन् ।
त्यस्तै कार्यक्रममा पदभार ग्रहण पछि बोल्दै नवनिर्बाचित अध्यक्ष केसीले १५ बुँदे कार्य योजना प्रस्तुत गरे । पत्रकारहरुको क्षमता अभिबृद्धीका तालिम देखी ज्येष्ठ पत्रकारलाई निर्वाह भत्ताको व्यवस्था गर्ने सम्मको कार्य योजना प्रस्तुत गरेका हुन् ।
यस्तै पत्रकारहरुको क्षमता अभिबृद्धिका लागि तालिमहरु सञ्चालन गर्ने, लेखन बृत्तिमार्फत फिचर सेवा प्रकाशन गरि पत्रकारितामा निरन्तरता र निखारता ल्याउने, लेखनबृत्तीसँग जोडेर वैज्ञानिक मापदण्डका आधारमा मात्रै पुरस्कार वितरण गर्ने योजना सुनाए ।
त्यसैगरी,सदस्यता शुद्धिकरण गर्दै व्यवस्थित र जवाफदेही पत्रकारिताको विकास गर्ने, पत्रकार सुरक्षा कोष स्थापना गरी समस्यामा परेका पत्रकारलाई आपतकालिन सहायता उपलब्ध गराउने, ज्येष्ठ पत्रकार कोष स्थापना गरी पत्रकारिता मै जीवन व्यतीत गरेका ज्येष्ठ पत्रकारलाई निर्वाह भत्ताको व्यवस्था गर्ने केसीले बताएका छन् ।
त्यस्तै पत्रकार महिलाहरुको क्षमता विकास, सशक्तिकरण र पेशागत सुरक्षामार्फत पत्रकारितामा निरन्तरताको वातावरण निर्माण गर्ने, पत्रकारलाई श्रमजीवी पत्रकार ऐन अनुसारका सेवा सुबिधा उपलब्ध गराउन पहलकदमी गर्ने, अनलाईन पत्रकारितालाई विश्वसनीय र जवाफदेही बनाउने योजनाका साथ काम गर्ने उनको भनाई छ ।
साथै,विधागत पत्रकारिताको अभ्यासलाई प्रोत्साहन गर्दै पत्रकारितालाई खोजमुलक र गुणस्तरीय बनाउने र सूचनाको हक कार्यान्वयन गराउन सरोकारवाला निकायहरुसँग समन्वय र सहजिकरण गर्ने योजना रहेको अध्यक्ष केसीले बताए ।
उक्त कार्यक्रममा बोल्ने पत्रकारहरुले दाङको पत्रकारीतालाई नमूना बनाउने विषयमा सामुहिक प्रयासबाटै अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।
कार्यक्रममा प्रेस काउन्सील नेपालका सदस्य सरद अधिकारी,नेपाल पत्रकार महासंघका पूर्ब केन्द्रिय सदस्य मधुसुदन बैद्य,दाङ शाखा पूर्ब अध्यक्ष केवी मसाल, महासंघका सल्लाहकार लक्ष्मी आचार्य, निर्वाचन समितिका संयोजक सुदिप गौतम, समिति सदस्य अधिबक्ता मौसम आचार्य, प्रेस चौतारीका पूर्ब केन्द्रीय सदस्य सुदर्शन रिजाल, प्रेस युनियनका केन्द्रीय सदस्य शुलोचना गौतम, प्रेस संगठनका संयोजक प्रकाश चौधरी र प्रगतिशिल पत्रकार संघका अध्यक्ष महेश रिजालले आ आफ्नो धारणा राखेका थिए । कार्यक्रमको सहजिकरण सचिब आरके सितलले गरेका थिए ।
नव निर्वाचित अध्यक्ष केसीका तीन बर्षे योजनाहरु
१. पहिलो बर्षलाई तालिम बर्षका रुपमा सञ्चालन गरी पत्रकारहरुको क्षमता अभिबृद्धि गर्ने र क्षमता विकासलाई प्राथमिकता साथ निरन्तरता दिने ।
२. लेखनबृत्तिमार्फत फिचर सेवा प्रकाशन गरी मिडियामा कार्यरत पत्रकार र मिडियामा आवद्ध नभएका पत्रकारलाई सक्रिय बनाउँदै पत्रकारितामा निरन्तरता र निखारता ल्याउने ।
३. न्यूज फेष्टिवेल आयोजना गरी समाचार र पत्रकारिताका पछिल्ला प्रवृत्तिबारे बहस सञ्चालन गर्ने ।
४. पत्रकार महासंघमा स्थापना भएका पुरस्कारहरुलाई लेखनबृत्तीसँग जोडेर वैज्ञानिक मापदण्डका आधारमा मात्रै पुरस्कार वितरणको व्यवस्था मिलाउने ।
५. पत्रकारिताका मूल्य मान्यता र आचारसंहिताबारे अभिमुखिकरण गराउँदै पत्रकार र पत्रकारितालाई थप मर्यादित र नैतिकवान बनाउने ।
६. सदस्यता शुद्धिकरण गर्दै व्यवस्थित र जवाफदेही पत्रकारिताको विकास गर्ने ।
७. पत्रकार सुरक्षा कोष स्थापना गरी समस्यामा परेका पत्रकारलाई आपतकालिन सहायता उपलब्ध गराउने ।
८. ज्येष्ठ पत्रकार कोष स्थापना गरी पत्रकारितामै जीवन व्यतीत गरेका ज्येष्ठ पत्रकारलाई निर्वाह भत्ताको व्यवस्था गर्ने ।
९. पत्रकार महिलाहरुको क्षमता विकास, सशक्तिकरण र पेशागत सुरक्षामार्फत पत्रकारितामा निरन्तरताको वातावरण निर्माण गर्ने ।
१०. पत्रकारलाई श्रमजीवी पत्रकार ऐन अनुसारका सेवा सुबिधा उपलब्ध गराउन पहलकदमी गर्ने ।
११. जिल्लाका विज्ञापन जिल्लाकै मिडियालाई उपलब्ध गराउन पहलकदमी गरी मिडियाको सवलिकरण गर्ने ।
१२. अनलाईन पत्रकारितालाई मर्यादित, व्यवस्थित, विश्वसनीय र जवाफदेही बनाउन पहल गर्ने ।
१३. विधागत पत्रकारिताको अभ्यासलाई प्रोत्साहन गर्दै पत्रकारितालाई खोजमुलक र गुणस्तरीय बनाउने ।
१४. सार्वजनिक चासो र महत्वका बिषयमा संस्थागतरुपमै स्थलगत रिपोर्टिङको व्यवस्था गर्ने ।
१५. सूचनाको हक कार्यान्वयन गराउन सरोकारवाला निकायहरुसँग समन्वय र सहजिकरण गर्ने ।
त्यस्तै अध्यक्ष केसीले आफ्नो यो ३ वर्षे कार्यकालको लागि बनाएको योजनाको अभियानमा सम्पुर्ण पत्रकार सम्बन्धित सरोकारवाला निकायलाई साथ र सहयोग गर्न अनुरोध गरेका छन् ।
