
Ksm
Sds
mbd
Mbdvs
Gmk
Rbs
Gisld
Anm
Pbu

Rsb
Gst
Hal
Ggd
Rgs
Asm
Ssm
Vor
Tsm
Sbs
Bbbpu
nsb
Rgu
Ksm
Bbu
Pvg
Wsp
Rgu
Sls

Rpp
Pls
Jmb
Gsb
Bml
Rmb
sab
Syp
bbt
Mks
Abd
Jmb
Ptm
काठमाडौँ । अनअफिसियल ट्रान्सलेसन’ उल्लेख भएको डकुमेन्टलाई आधार बनाएर ‘रअ र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भएको सहमति’ भनी सामग्री सम्प्रेषण भएको भन्दै विभिन्न सात अनलाईन सञ्चारमाध्यमलाई प्रेस काउन्सिल नेपालले २४ घण्टे स्पष्टीकरण माग गरेको छ ।
त्यस्तै बिहिबारदेखि विना आधिकारिक डकुमेन्ट ‘अनअफिसियल ट्रान्सलेसन’ हवला दिँदै सञ्चारमाध्यमको जिम्मेवारीबोधसमेतको ख्याल नगरी तथ्यहिन पुष्टि नभएका सामग्री सम्प्रेषण गरेको भन्दै उज्यालो नेटवर्क डटकम, सुर्दशन खबर डटकम, पर्दाफास डटकम, समाचार दैनिक डटकम, नेपाली गाथा डटकम, पल खबर डटकम र कान्तिपथ डटकमलाई स्पष्टीकरण माग गरिएको हो ।
त्यसैगरी काउन्सिलले सूचीकरण नभएका सन्देश प्रवाह डटकम र न्यूज ८८ पोष्ट डटकमलाई नेपालभित्र सम्प्रेषण हुन नसक्ने व्यवस्थाका लागि नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्राचारसमेत गरेको छ । ‘काउन्सिल पत्रकारिताको मूल्य–मान्यता, सैवेदनशीलताको ख्याल गरी जवाफदेहीपूर्ण ढंगबाट सत्यको अन्वेशण, तथ्यको सम्प्रेषणको मार्गअनुरुप सामग्री सम्प्रेषण गर्नरगराउन र पत्रकार आचारसंहिताको पूर्णपालनामा प्रतिबद्ध रहन आमसञ्चारमाध्यम, सम्पूर्ण पत्रकार, सञ्चारकर्मी तथा सरोकारवाला पक्षको ध्यानाकर्षण गराउँदछ’, काउन्सिलद्वारा शुक्रवार जारी एक विज्ञप्तीमा भनिएको छ ।
