Sidha Patra शनिबार, बैशाख ०४, २०७८

दाङ । देउखुरीको राजपुर गाउँपालिका – ७ भैसाही नाका र खिड्की नाकामा गत चैत २२ गते आइतबार दिउँसो ३:०० बजेको समयमा भिमबहादुर खड्का त्यस्तै २९ गते सनिवार दिउँसो १:०० बजेको समयमा शसराम राना मगरको घरमा सामुदायिक वनबाट आएको आगोले घर गोठ पुरै जलाएर क्षती पुराएको थियो ।

त्यस्तै सो समाचार सामाजिक संजाल मार्फत प्रकाशन भएपछि,उक्त अग्नीपीडितको पीडा अनि समस्यालाई बुझेर लुम्बिनी प्रदेशसभा सदस्य इन्द्रजित थारु,नेपाल कम्युनिस्ट पार्टी नेकपा केन्द्र राजपुरका अध्यक्ष चक्रबहादुर खड्का (शिखर) राजपुर गाउँपालिका नम्बर ६ का वडा अध्यक्ष श्यामबहादुर रोका लगायतका टोलि खाद्यान्न र लत्ताकपडा बोकेर शुक्रबार राहत स्वरुप १६ कुन्ट्ल चामल एक कुन्ट्ल गहुँ भाडाकुडा र त्रिपाल बोकेर अग्नीपीडितको घरमा पुगेर संयुक्तरुपमा राहत वितरण गर्नु भएको छ ।

यसैगरी सो गाउँको गौरीशंकर मावि भैसाहीँनाकाका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्ण रोकाले अग्निपिडितलाई राहात स्वरुप दश हजार नगद सहयोग प्रदान गर्नुभएको छ । शुक्रवार रोकाले भैसाहीँनाका र खिड्कीनाकाका दुई घर अग्नि पिडितलाई पाँच पाँच हजारको दरले राहात स्वरुप नगद दशहजार सहयोग प्रदान गर्नुभएको हो ।

त्यस्तै अग्नि पीडितको लागि अन्य विभिन्न संघ संस्थाका प्रमुख तथा कर्मचारीलाई मानवीय एक धर्म अनुसार पिडामा परेका पीडितलाई सक्दो सहयोग गर्न सांसद चौधरीले अनुरोध गर्नु भएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]