
Ggp
Msbus
Sdc
Ggp
Ksbus
Asbus
Rgp
Lnp
Ksbus

दाङ । राप्ती अञ्चल संयुक्त ट्रक व्यावसायिक समितिको अध्यक्षमा रत्न प्रसाद श्रेष्ठ निर्विरोध चयन भएका छन् । बैशाख ३ गते गते दाङको घोराहीमा सम्पन्न अठारौ साधारण सभा तथा १३ औ अधिवेशनले श्रेष्ठलाई अध्यक्षमा र उमेश चन्द्र मजगैयालाई प्रसासनिक सचिबमा निर्विरोध चयन गरेको हो ।
त्यस्तै महाधिवेशनबाट संयुक्त ट्रक व्यावसायिक समितिको वरिष्ठ उपाध्यक्षमा प्रेम नाथ योगि,उपाध्यक्षमा बदर उद्दिन राइन,सुबास श्रेष्ठ,बिरेन्द्र खडका,कोषाध्यक्षमा मनोज बस्नेत,कल्याणकारी सचिबमा हेमन्त रेग्मी,सह प्रसासनिक सचिबमा गौरब आचार्य,सह कल्याणकारी सचिबमा सागर रेग्मी,सह कोषाध्यक्षमा ईश्वरि प्रसाद पान्डे चयन भएका छन तेस्तै सदस्य हरुमा प्रकाश वलि,बसन्त भुसाल,दिपेन्द्र न्यौपाने,राज गौतम, गोबिन्द बुढाथोकी,सुरज बुढाथोकी,दिपक बुढाथोकी,रामु नेपाली,टोप बहादुर खडका,कल्याण भन्डारी,बिपिन श्रेष्ठ,रमेश कार्की र सुर्य सुवेदी निर्विरोध निर्वाचित भएका छन् ।
यस्तै नव निर्वाचित अध्यक्ष श्रेष्ठले व्यवसायीले भोग्दै आएका कानूनसम्मत भारवहन कार्यान्वयन,विमा,ढुवानी व्यवस्थापन,भाडा व्यवस्थापन लगायतका विषयमा केही प्रगति भएपनि अझै पार्किङ तथा भारतीय सवारीको ओभरलोडको समस्या यथावत रहेको भन्दै आफू यसप्रति जिम्मेवार भएर लाग्ने बताएका छन् ।
त्यस्तै नवनिर्वाचित प्रसासनिक सचिब मजगैयाले भने, व्यवसायी,मजदुर र सरकारबीचको त्रिपक्षीय सम्बन्ध धुमिल भइरहेको सन्दर्भमा नयाँ नेतृत्वले यसप्रति गम्भिर भएर लाग्ने प्रतिक्रिया दिएका छन् ।’निर्बाचित पदाधिकारीको कार्यकाल ३ बर्षको हुने छ ।
