
Anm
Ksm
Gmk
Rbs
Pbu
Sds
Gisld
mbd
Mbdvs

Pvg
Rgu
Bbbpu
Vor
nsb
Rgs
Gst
Ssm
Tsm
Ksm
Rsb
Ggd
Wsp
Sls
Asm
Hal
Sbs
Bbu
Rgu

Abd
sab
Bml
Rmb
Rpp
Syp
bbt
Pls
Jmb
Gsb
Ptm
Jmb
Mks
गुल्मी । जिल्ला प्रशासन कार्यालय गुल्मी ५ दिन अत्याबश्यक बाहेकका सेवा बन्द गर्ने भएको छ । बुधवार सवारी दुर्घटनामा जिल्ला प्रशासन कार्यालय गुल्मीका ४ जना कर्मचारीको मृत्यु भएको शोकका ५ दिन कार्यालयका सेवाहरु बन्द गर्न लागेको हो ।
बैशाख १ गते गुल्मीबाट नयाँ वर्ष मनाउन जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारी सहितको टोली धार्मिक तीर्थस्थल प्युठानको स्वर्गद्वारी जाने क्रममा प्यूठानको स्वर्गद्वारी नगरपालिका–३ रुमालेमा दुर्घटनामा मृत्यु भएकाहरुको शोकमा कार्यालयका अत्याबश्यक बाहेक सबै सेवा बन्द गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत उद्धव पन्थीले बताउनु भयो ।
त्यस्तै प्रशासनले एक सूचना जारी गर्दै आज १ दिन प्रशासनका सम्पूर्ण कार्य बन्द गर्ने भएको छ । शोकमा बैशाख ३ गतेदेखि बैशाख ६ गते सोमवारसम्म शान्ति सुरक्षा र मुद्दा सम्बन्धी काम कारवाही हुने र अन्य सेवा प्रवाह नहुने प्रशासकीय अधिकृत पन्थीले बताउनु भयो । प्यूठानको स्वर्गद्वारी नगरपालिका–३ रुमालेमा लु १ ज १६५५ नम्बरको जीप दुर्घटना भएको हो ।
उक्त दुर्घटनामा परेर मृत्यु हुनेहरुमा जिल्ला गुल्मी मुसिकोट नगरपालिका वडानम्बर–३ बस्ने चालक २२ वर्षका केशव कार्की, रेसुङ्गा नगरपालिका वडानम्बर–७ का ३५ वर्षका कम्प्युटर अपरेटर सूर्य पन्थी, मुद्दा शाखाका धुर्कोट–७ निवासी ३६ वर्षका ईश्वर भण्डारी, प्रशासकीय अधिकृत स्याङजा निवासी ३८ वर्षका श्याम न्यौपाने, खरिदार मालिका गाउँपालिका वडानम्बर–७ निवासी ३५ निवासी यमलाल पन्थी रहेका छन् । जीपमा सवार १७ मध्ये १२ जना घाइते भएका थिए । घाइते ७ जनालाई लाई बुधवार नै नेपाली सेनाको हेलिकप्टर मार्फत काठमाडौं लगेर उचार भइरहेको छ ।
त्यस्तै दुर्घटनामा गम्भीर घाइते सन्दिप परियार, मुना पाण्डे, कमला पन्थी, सुनिता कँडेल, सार्थक ज्ञवाली, गीता मुखिया,अनिश बोहरा हेलिकप्टर मार्फत काठमाडौं पठाइएको हो । दुर्घटनामा परेर घाइते ५ जना सामान्य उपचारपछि घर फर्किएका छन् । जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारी सहितको टोली दुर्घटनामा परेपछि जिल्लाकी प्रमुख जिल्ला अधिकारी रुद्रादवी शर्मा सहितको टोली प्युठान पुगेका थिए । जिल्लाका सुरक्षा निकायका प्रमुख सहितको टोली दुर्घटना स्थल र घाइतेहरुको अबस्था बुझेर गुल्मी फर्किएका छन् ।
यस्तै सामान्य घाइतेहरुलाई घर फर्काएर शव लिएर गुल्मी आएका हुन् । मृतक ५ जनामध्ये १ जना स्याङजा निवासी ३८ वर्षका श्याम न्यौपानेको शव आफन्तले बुझेका छन् । अन्य ५ जनाको शव प्रशासनमा श्रद्धाञ्जली शभा राखेर आफन्तलाई बुझाइने भएको छ । नव वर्षको सुरुवाती दिनमै जिल्लामा भएका दुर्घटनाले जिल्ला वासी शोक मग्न भएका छन् ।
