
Rbs
Sds
Gisld
Ksm
Pbu
mbd
Mbdvs
Gmk
Anm

Rgs
Asm
Gst
Rsb
nsb
Bbu
Rgu
Rgu
Wsp
Ssm
Tsm
Pvg
Bbbpu
Vor
Sbs
Ggd
Hal
Ksm
Sls

Syp
Rpp
Jmb
sab
Jmb
Bml
Gsb
Rmb
Pls
Abd
bbt
Mks
Ptm
काठमाडौं । मुलुकमा कोरोना संक्रमणको दर बढ्दै गए पनि शिक्षण संस्थाहरु तत्काल बन्द नगरिने भएको छ । शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयलाई सरोकारवाला हरुले स्वास्थ्य मापदण्ड पालना गरेर शिक्षण संस्था सुचारु राख्न सुझाव दिएका हुन् ।
त्यस्तै सोमबार मन्त्रालयमा आयोजित छलफलमा सरोकारवालाहरुले विद्यालयहरुमा स्वास्थ्य मापदण्ड तथा कोभिड प्रोटोकल पालना भए–नभएकोबारे बेला बेलामा स्थानीय तहबाट अनुगमन गर्नुपर्ने, शिक्षक तथा विद्यार्थीले आवश्यक स्वास्थ्य सुरक्षा अपनाएर शैक्षिक गतिविधिलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका हुन् । मन्त्रालयका सचिव रामप्रसाद थपलियाका अनुसार कोरोना संक्रमण बढ्दै गएको परिस्थितिमा शिक्षण संस्था कसरी सञ्चालन गर्ने भन्नेबारे सरोकारवाला हरुसँग छलफल आयोजना गरिएको हो ।
यस्तै छलफलमा मन्त्री कृष्णगोपाल श्रेष्ठ भने अनुपस्थित थिए । मन्त्रीकै अध्यक्षतामा छलफल हुने भनिए पनि उनको एक आफन्तको निधन भएका कारण उपस्थित हुन नसकेको मन्त्रालय स्रोतले जनायो । छलफलमा सहभागी एन प्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाका अनुसार विद्यालयहरुमा स्वास्थ्य सुरक्षाका सबै प्रावधानलाई कडाइका साथ लागू गरेर शिक्षण संस्था सुचारु राख्न सबै पक्ष सहमत भएका छन् ।
‘कोरोना संक्रमण फेरि बढ्न लागेको छ, तर अब यससँग जुध्दै अघि बढ्नुको विकल्प छैन,’ उनले भने, ‘त्यसैले स्वास्थ्य सुरक्षा अपनाएर शिक्षण संस्था सुचारु राख्न सबै पक्ष सहमत भएका छौं ।’स्थानीय तहका प्रतिनिधिले पनि शिक्षण संस्थामा बेलाबखत निगरानी गर्ने, कुनै शिक्षण संस्थामा संक्रमण प्रकाशमा आएको खण्डमा सोही शिक्षण संस्थालाई निश्चित अवधिका लागि बन्द गर्न सकिने लगायतका विषयमा सुझाव दिँदै समग्र शैक्षिक गतिविधिलाई निरन्तरता दिनुपर्ने सुझाव राखेका थिए ।
आजै बस्ने मन्त्रिपरिषद बैठकले कोरोना संक्रमण बढ्दै गएको सन्दर्भमा केही महत्वपूर्ण निर्णय गर्नसक्ने स्रोत बताउँछ । शिक्षा मन्त्रालयले भने सरोकारवालाहरुसँगको छलफलबाट निस्किएको निष्कर्षलाई मन्त्रीसमक्ष ब्रिफिङ गरेर मन्त्रिपरिषदमा आवश्यक प्रस्ताव लैजाने तयारी गरेको छ ।
